Wednesday, July 10, 2019

विदेशमा पढेका इन्जिनियरलाई लाइसेन्स परीक्षाको तयारी

काठमाडौं । एकोन इन्जिनियरिङ एडु फेयर २०१९ प्रज्ञा भवन कमलादीमा जारी छ । नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्लीरमण निरौलाले बुधबार एडु फेयरको उद्घाटन गरे । इन्जिनियरिङ शिक्षा नेपालमै अब्बल रहेको र विभिन्न इन्जिनियरिङ विधामा १० हजारभन्दा बढी सिट रहेको जानकारी उनले दिए। उनका अनुसर विदेशको शिक्षा गुणस्तरीय नभएकोले अब प्रोफेसनल इन्जिनियरिङमा प्रवेश गर्नुअघि लाइसेन्स परीक्षा लिन लागिएको छ । त्यसका लागि ऐन संशोधन प्रक्रियामा रहेको उनले बताए ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले नेपालका इन्जिनियरहरु समृद्व मुलुक निर्माणमा सक्षम रहे पनि सरकारले वातावरण बनाउनुपर्ने बताए । रिसर्च गराएर मात्र निर्माण गरे लागत पनि कम हुने र गुणस्तर पनि राम्रो हुने उनले बताए ।

कार्यक्रममा डा. राजीव सुब्बा, प्रा.डा. सूर्यराज आचार्यले प्रस्तुतीकरण दिएका थिए । मोटिभेटर रमण नेपालीले अष्ट्रेलिया, भारतलगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावक ठगिने गरेका अनेकन उदाहरण दिए । उनले नेपालमै अध्ययन गर्न आग्रह गरे । एकोन अध्यक्ष इ. लक्ष्मण पोखरेलले प्राबिधिक इन्जिनियरिङ शिक्षा लिन विदेश जाने विद्यार्थी लाई शिक्षा मन्त्रालयले नो अब्जेक्सन लेटर नेपालका विश्वविद्यालयबाट प्रबेश परीक्षा पास गरेको निस्सा हेरेर मात्र दिनुपर्ने ब्यबस्था मिलाउन माग गरे । उनले आगामी बर्षदेखी सेन्ट्रल इन्ट्रान्स गर्न एकोनले पहल गर्ने जानकारी दिए । पहिलो दिन तीन सिफ्टमा भएको सेमिनार र ३७ वटा इन्जिनियरिङ कलेजका स्टल भिजिट गर्न ९ हजारभन्दा बढी विद्यार्थीले भाग लिएका थिए ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog