Monday, July 8, 2019

सिंहदरबारमा विहानैदेखि मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मंगलबार बिहानैदेखि सिंहदवारमा आकस्मिक मन्त्रीपरिषद् बैठक जारी छ । सिंहदवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बैठक बसिरहेको छ।

भारतबाट नेपालमा आयात हुने तरकारीको विषादी परीक्षणबारे सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको आह्वानमा आज बिहान ७ बजेदेखि नै मन्त्रिपषिद् बैठक बसिरहेको हो।

प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकका एजेण्डाहरु गोप्य राखिएको भए पनि भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणबारे उठेका विषयमा छलफल गर्न लागिएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् बैठक हिजो सोमबार साँझ पनि बसेको थियो। तर त्यही बीचमा प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न जानुपर्ने कार्यक्रम बनेपछि छलफलका विषय बाँकी बसेका थिए।

तिनै बाँकी विषय र विषादीबारे आजको बैठकमा छलफल भइरहेको स्रोतको भनाइ छ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog