Sunday, July 14, 2019

आगमी २४ घण्टा होसियार रहन मौसम पूर्वानुमान महाशाखाको चेतावनी, हवाई र सडक यात्रा नगर्नु

काठमाडौं । भारी बर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा सतर्क रहन आग्रह गरेको छ । सोमबार विहान सूचना जारी गर्दै महाशाखाले देशभरका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सवैले सर्तक रहन आग्रह गरेको छ ।

सोमबार विहान ६ बजे नै महाशाखाले २४ घण्टे सूचना जारी गरेको हो । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी बर्षाबाट जनधनको क्षति हुनसक्ने भन्दै महाशाखाले हाई अलट रहन चेतावनी दिएको छ । वर्षाले पहाडमा ठुलो पहिरो र तराईमा बाढी आउन सक्ने बताएको छ । आगामी २४ घन्टासम्म प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन महाशाखाले शिषेष आग्रह गरेको छ।

सडक र हवाईयात्रमा पनि नगर्न आग्रह गरेको छ । बर्षाले सडक अबरुद्ध र कम भिजिबिलिटीका कारण हवाई सेवा प्रभावित हुनेभन्दै २४ घण्टा यात्रा नगर्न आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा अहिले नेपालको तराई भूभागमा अवस्थित छ । जसका कारण मनसुनी गतिविधि देशभर सक्रिय अवस्थामा छ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog