Sunday, July 28, 2019

हरिराम पौडेलको ‘मेरो खुसी मेरो चाह’ लोकार्पण

‘धेरै भयो निष्ठुरीको छैन केही खबर, छातीभरि उर्लिदिन्छ उनलाई भेट्ने रहर ।’

चर्चित रेडियो प्रस्तोता, पत्रकार तथा गीतकार हरिराम पौडेलको उल्लिखित गीत समेटिएको गीतसंग्रह ‘मेरो खुसी, मेरो चाह’ काठमाडौंमा लोकार्पण गरिएको छ ।

अग्रज गीतकारहरू प्रा.डा. कृष्णहरि बराल, एसपी कोइराला, चूडामणि देवकोटा, गजलगो घनश्याम न्यौपाने परिश्रमी, महाकाव्यकार डा. नवराज लम्साल, सााहित्यकार युवराज नयाँघरे, पत्रकार जानुका ढकाल, योगगुरु गणापति मण्डललगायतले संग्रह लोकार्पण गरे ।

समारोहमा अतिथि वक्ताहरूले कतिपय मानिसहरूले गीत–संगीतलाई हल्काफुल्का मनोरञ्जनको साधनका रूपमा लिने गरे पनि एउटै गीत–संगीत सिर्जनाले संसार हल्लाइदिने परिवर्तनकारी क्षमता राख्ने टिप्पणी गरेका थिए ।

कार्यक्रममा गायक तथा संगीतकारहरू सन्तोष खरेल, राजेश थापा, राजु सिंह, गोपाल अधिकारीलगायतले गीतकार पौडेलका केही गीतलाई सांगीतिक रूपमा प्रस्तुत गरेका थिए ।

‘मेरो खुसी, मेरो चाह’ संग्रहमा गीतकार पौडेलले दुई दशकयता सिर्जना गरेका ६४ वटा गीत सञ्चयन गरिएका छन् । पौडेलका अधिकतर गीतहरू प्रेम र पीडा–भावको सेरोफेरोमा रचना गरिएका छन् ।

लिस्नर्स क्लब नेपालको आयोजनामा आयोजित उक्त कृति लोकार्पण कार्यक्रममा नेपाली गीत–संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । पौडेल नवनारी मासिक पत्रिका र इनवनारी डटकमका कार्यकारी सम्पादक हुन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog