Wednesday, July 17, 2019

रोपाइँ गर्न गोरुले खेत सम्याउदै किसान

तनहुँ । यो तस्विर तनहुँको भीमाद नगरपालिका–६ मालेबगरफाँटमा रोपाइँ गर्नका लागिकृषकहरु गोरुले खेत सम्याउँदै गर्दाको हो । वर्षा ढिला भएका कारण देशका सबैजसो भेगमा किसान मारमा परेका छन् । बर्षा ढिला भएकै कारण तनहुँ जिल्लाको ६० प्रतिशत भूभागमा मात्रै रोपाई सकिएको छ ।

Continue Reading…

परीक्षाको पूर्वसन्ध्यामा लोक सेवा अगाडि प्रदर्शन

२ साउन, काठमाडौं । स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन भएको छ ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेकाले केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । प्रहरीका अनुसार, अहिले अवस्था सामान्य छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

यो मामला सर्वोच्च अदालतमा समेत पुगेको थियो । सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ । यसअन्तर्गत शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।

Continue Reading…

हजका लागि मक्कामदिना जाँदै नेपाली मुस्लीम, गृहमन्त्रीले गरे विदाई(तस्विर)

काठमाडौँ । साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुस्लीम धर्मालम्वीलाई बिहीवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गिरएकाे छ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।

आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए ।

उनले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताउँदै हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राखे ।हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईलगायतका आफन्तजनहरु सहभागी थिए ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताए । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।  

Continue Reading…

कमैया मुक्ति दिवस : १९ वर्षसम्म पनि बासकै चिन्ता

२ साउन, काठमाडौं । सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज १९ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो ।

वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।

खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा कमैया प्रथा थियो । ती जिल्लाका मुक्त कमैयाहरुले अझैसम्म पनि पुनःस्थापना र व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् ।

कैलाली क्षेत्र नम्बर ३ का सांसद गौरी शंकर चौधरीले विगतको तुलनामा मुक्त कमैयाहरुको अवस्थामा धेरै सुधार भए पनि पूर्णरुपमा पुनःस्थापन हुन नसकेको बताए । उनले भने, ‘अझै पनि हजार–बाह्र सय मुक्त कमैया पूर्णरुपमा पुनःस्थापना हुन सकेका छैनन् । तर पहिलेको तुलनामा सुधार चाहिँ भएको छ ।’

मुक्तिको घोषणासँगै जिल्लामा मुक्त कमैया पुनःस्थापना जिल्ला समिति गठन गरी सरकारले पूर्वकमैयाको पुनःस्थापना कार्य अघि बढाएको थियो । यस क्रममा समितिले पूर्वकमैयालाई बसोबासका लागि जग्गा र घर बनाउन आवश्यक काठ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, त्यो पनि सबैले नपाएको चौधरी बताउँछन् ।

‘कतिपयको हातमा लालपूर्जा छ, तर जग्गा छैन, कतिपयसँग लालपूर्जा छैन, तर जग्गा प्रयोग गरिरहेका छन्,’ सांसद चौधरी भन्छन्, ‘सरकारले लालपूर्जा दिएको जग्गा बगरमा छ । बगरमा गएर बस्न मिलेन । सामुदायिक वनबाट काठ दिने भने पनि वनले स्वीकृति नदिएका घटनाहरु पनि छन् ।’

सरकारले मुक्त कमैयालाई घर बासको लागि जग्गा र घर बनाउनका लागि ३५ क्विफिट काठ दिने निर्णय गरेको थियो । पुनःस्थापनाका क्रममा उपलब्ध गराइएको जग्गामा बस्न सक्ने वातावरण विभिन्न कारणले नदेखिएपछि सट्टाभर्नावाफत २ लाख नगद दिने निर्णय गरेको छ । काठ दिन नसकिए थप १ लाख नगद दिने भनिएको थियो ।

तर, महंगी बढिरहेको बेला यो रकम अपुग रहेको सांसद चौधरी बताउँछन् । उनले भने ‘सरकारले दुई लाख दिने भन्छ, अहिलेको सन्दर्भमा दुई लाखले एक कठ्ठा पनि जग्गा आउँदैन । घर बनाउनका लागि ३५ क्विफिट काठ दिने वा काठ दिन नसकेमा थप एक लाख नगद दिने भनियो । त्यो पनि लागू हुन सकिरहेको छैन । किनभने काठ वनले स्वीकृति नदिएको अवस्था पनि छ ।’

त्यसैले मुक्त कमैयाहरुको पुनःस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Continue Reading…

मोरङमा बस र तरकारी बोकेको गाडी ठोक्किए, एकको मृत्यु, १८ घाइते

२ साउन, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइतेहरुको परिचय नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

Continue Reading…

कंगोमा इबोला महामारी, स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगोमा फैलिएको इबोला महामारीलाई ‘स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल’ भनि घोषणा गरेको छ। डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न विकसित देशहरुलाई आह्वानसमेत गरेको छ।

स्वास्थ्यमा संकटकाल घोषणा गरिएको भएपनि कंगोका इबोलाग्रस्त क्षेत्रभन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाइ छ। इबोला महामारीका कारण कंगोमा हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यहि हप्ता १० लाखभन्दा बढि मानसको बसोबास रहदै आएको गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो। इबोला विरुद्धको खोप हालसम्म १ लाख ६१ हजारलाई लगाइसकेको डब्लुएचओले उल्लेख गरेको छ।

कंगोका नर्थ किभू र इतुरी प्रान्तमा अहिले इबोलाको महामारी छ । हालसम्म २५ सयभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा १६ सय भन्दा बढीको मृत्यु भइसकेको छ। हाल दैनिक १२ जनामा इबोलाको नयाँ संक्रमण पुष्टि हुने गरेको छ।

Continue Reading…

अफ्रिका कप अफ नेसनमा नाइजेरिया तेस्रो

२ साउन, काठमाडौं । अफ्रिका कप अफ नेसन प्रतियोगितामा नाइजेरिया तेस्रो भएको छ ।

इजिप्टको अल सलाम रंगशालामा तेस्रो स्थानका लागि आज भएको खेलमा टयुनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै नाइजेरिया तेस्रो बनेको हो ।

नाइजेरियालाई जिताउन ओडिओन घालोले गोल गरे । खेलको तेस्रो मिनेटमा नै घालोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेल अवधिभर नाइजेरिया दबावमा खेलेको थियो । रक्षात्मक खेल खेलेको नाइजेरियाले पहिलो हाफमा लिएको १–० गोलको अग्रतालाई दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

अफ्रिका कप अफ नेशनको फाइनल खेल यही २० तारिखमा हुदैछ । उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दैछन् ।

Continue Reading…

गायक प्रमोद खरेल सदभावना दूत नियुक्त

२ साउन, झापा । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सदभावना दूत नियुक्त गरेको छ ।

नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सदभावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि रु ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गाैला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न एक करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

Continue Reading…

किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा दोस्रोपटक अनुबन्धित

२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा अनुबन्धित भएका छन् ।

आइलिग क्लब पन्जाबले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरणलाई अनुबन्ध गरेको जनाएको छ । किरणलाई दोस्रोपटक आफ्नो क्लबमा अनुबन्ध गर्दा खुसी लागेको पञ्जाबले लेखेको छ ।

यसअघि पनि किरणले पञ्जाबबाट खेल्दै आइलिग जिताएका थिए । किरणले २०१७–०१८ को सिजन पञ्जाबबाट खेलेका थिए । यो सिजनको लागि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा किरणले आफ्नो अनुबन्धन नवीकरण गरेका थिए । तर, नेपाली फुटबल टिमको मैत्रीपूर्ण खेल मलेसिया र चाइनिज ताइपेसँग भएपछि किरणले खेल्नैपर्ने भएको थियो ।

उता, टिसी स्पोर्ट्स क्लबको पनि त्यही समयमा खेल जुधेपछि किरण र क्लबबीचको सम्झौता तोडिएको थियो । त्यसयता, उनी कुनै क्लबमा अनुबन्धित भएका थिएनन् ।

Continue Reading…

हज गर्न जाने पहिलो टोलीलाई बिदाइ

२ साउन, काठमाडौं । साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई विदाइ गरिएको छ । बिहान १५६ सदस्यीय पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको हो ।

टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरे ।  बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए । त्यसैगरी, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।
यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जानेछन् । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो ।

बिदाइ कार्यक्रममा गृहमन्त्री थापाले नेपाली हज टोलीको ३ सय कोटा बढाउन सरकार सफल भएको बताए । उनले सबै धर्मको संरक्षण संबर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

Continue Reading…

माधव नेपाललाई किन बोलाइएन बालुवाटार ?

काठमाडौं । नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल श्रीलंका भ्रमणमा जानुअघि पुरानालाई नै जिल्ला इन्चार्ज बनाउने मौखिक सहमति बन्यो । श्रीलंका फर्केपछि तीन शीर्ष नेता बसेर पार्टी एकताका सवै काम टुंग्याउने बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच सहमति भएको थियो ।

तर नेपाललाई बालुवाटारमा नबोलाई दुई अध्यक्षले नेकपा एकताको काम पूर्णरुपमा टुंग्याएका छन् । दुई अध्यक्ष, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा पार्टी एकताका सवै काम टुंग्याउने छलफल गरिरहेका बेला नेपाल काठमाडौंमै थिए । तर अध्यक्ष ओलीले नेपाललाई बालुवाटारमा बोलाएनन् । नेपाल विना नै जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभाग प्रमुखको टुंग्याएका छन् । के मापदण्डमा जिल्ला इन्चार्जदेखि विभाग प्रमुख टुंग्याइयो त्यसको जानकारी नेपालले पाएका छैनन् ।

५ साउन दिउँसो १ बजे नेकपा सचिवालय बैठक डाकिएको छ । बैठकभन्दा अघि नेपालसँग कुनैपनि अनौपचारिक छलफल नभएको उनको सचिवालयले जनाएको छ । नेपालसँग दाहालको टेलिफोन सम्वाद भएपनि ओलीसँग भने कुनै सम्वाद भएको छैन । नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने बालुवाटारमा सहमति भएको छ । त्यही कुरा जानकारी गराउन दाहालले नेपाललाई टेलिफोन गरेका थिए ।

नेपालमात्र नभएर सचिवालयका अन्य सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग पनि कुनै छलफल गरिएको छैन । ती नेताहरुसँग सचिवालय बैठकमै छलफल गर्नेगरी अध्यक्ष ओलीले तयारी गरेका छन् ।

Continue Reading…

वीपी राजमार्ग एकतर्फी खुल्यो

२ साउन, काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका-५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको थियो ।

डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाटो बन्द हुँदा काठमाडौंतर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो ।

एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् । क्रसरको लेदो माटो खस्दा बाटो बन्द हुने र डोजरको सहायताले खुलाउने गरिएको प्रहरीले जनाएको छ ।

Continue Reading…

आफ्नो कर्तुत लुकाउन अर्थमन्त्रालयद्धारा महालेखाको बेभसाइडमा धावा, आय ब्यय नै गायव

काठमाडौं । कानुन विपरित आर्थिक बर्षको अन्तिममा भएको भूक्तानी विवरण लुकाउन अर्थमन्त्रालयले महालेखा परीक्षक कार्यालयको बेभसाइड नै अबरुद्ध पारिदिएको छ । महालेखा परीक्षणको कार्यालयले दैनिक सरकारको खर्च राजश्व आम्दानीको विवरण सार्वजनिक गर्दै आएको थियो । तर सोमबारदेखि महालेखा परीक्षण कार्यालयको बेभसाइडमा सरकारी खर्च र आम्दानी हेर्न नमिल्ने भएको छ । वेभसाइड खुलेपनि खर्च र आम्दानी विवरण शिर्षक खुल्दैन ।

असार २५ पछि सरकारी खाता बन्द हुने कानुनी प्रावधान छ । तर झण्डै एक खर्व रकम असार २५ पछिका तीन दिनमा खर्च भएको छ । त्यही विवरण लुकाउन अर्थमन्त्रालयले महालेखा परीक्षक कार्यालयको बेभसाइडमाथी धावा बोलेको छ । अर्थमन्त्रालयका कर्मचारीले मात्र हेर्न मिल्ने गरी बेभसाइड अबरुद्ध पारिएको स्रोतले बताएको छ ।

आर्थिक बर्षको अन्तिममा ठुलो रकम खर्च भएपछि त्यसलाई कानुनी मान्यता दिलाउन अर्थमन्त्रालयलाई यतिबेला हम्मेहम्मे परेको छ । आफ्नो कर्तुत लुकाउन मन्त्रालयले स्वचालित विधिमाथी नै धावा बोलेको छ भने सुचना लुकाएको छ । आर्थिक बर्षको एक महिना असारमा मात्र झण्डै ३ खर्ब विकास बजेट खर्च भएको छ । असारे भेलमा बगेको विकासे बजेट लुकाउन अर्थमन्त्रालयले सूचनाको अधिकारमाथी नै धावा बोलेको छ ।

दुई तिहाईको सरकारले पनि बजेटको लक्ष्य भेटाउन नसकेपछि सरकार र अर्थमन्त्रालयको चौतर्फी विरोध भइरहेको छ । चौतर्फी विरोध भइरहेका बेला बजेट खर्च गर्न सरकारी खाता बन्द भएपछि पनि हजारौ थान चेक काटिएको छ ।

Continue Reading…

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

२ साउन, काठमाडौं । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब निकासा गरेको छ ।

बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।

विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुटयाएको थियो ।

संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ ।

गत महिना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैंले साढे दुई करोड गरेर ४५ करोडमा बस खरीद गर्ने सम्झौता भएको थियो ।

Continue Reading…

छापामा आज : खारेज हुन लागेको कम्पनीको पक्षमा रातारात सर्वोच्च

२ साउन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले खारेज हुन लागेका कम्पनीको पक्षमा सर्वोच्च उभिएको लेखेको छ भने केहीले सरकार र विप्लव समूहबीच वार्ताका लागि भइरहेकाे प्रयासदेखि मन्त्रीसहितको टोलीले वार्ता प्रभावित क्षेत्रमा गरेको निरीक्षणलगायत विषयबारे चर्चा गरेका छन् ।

मन्त्री र नेताहरूले बाढी प्रभावित क्षेत्रमा बुधबार गरेको निरीक्षणमाथि कान्तिपुरले मुख्य समाचार बनाएको छ । ‘आकाशबाटै निरीक्षण’ शीर्षक दिएर लेखिएको समाचार अनुसार, ६ दिनपछि रित्तो हात बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री तथा नेताहरू पीडितलाई नभेटी फर्केका छन् ।

कान्तिपुरले लेखेको छ– बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाएका छन् । उनीहरू सरकारी अधिकारीसित मात्र ब्रिफिङ सुनेर संघीय राजधानी फर्केका छन्

खारेज हुन लागेको कम्पनीका पक्षमा रातारात सर्वोच्च उभिएकोलाई पनि आजको कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ । कान्तिपुरका अनुसार बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियामा जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अन्तरिम आदेश जारी गरेको हो । यूटीएलले प्राधिकरणलाई करिब ९० करोड रुपैयाँ बुझाउन बाँकी छ ।

समाचार अनुसार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मंगलबार गरेको आदेशबो पत्र बुधबार दूरसञ्चार प्राधिकरणमा पुगिसकेको छ । प्राधिकरण सञ्चालक समितिको चैत ११ को बैठकले यूटीएललाई बक्यौता तिर्न असार मसान्तसम्मको म्याद दिएको थियो । प्राधिकरणले असार २२ गते चैतको उक्त निर्णय स्मरण गराउँदै रकम नतिरे ऐनअनुसार खारेजी प्रक्रियामा जाने भन्दै पत्र पठाएको थियो । तर, सर्वोच्चले यूटीएलले दायर मुद्दामा अन्तरिम आदेश दिँदै खारेज नगर्न भनेको छ ।

अन्नपूर्णले ‘अनौपचारिक संवाद तीव्र’ शीर्षक दिएर सरकार–विप्लव समूहबीच वार्ताको प्रयत्न भइरहेकोबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ताका लागि अनौपचारिक छलफल चलेको छ । तर, औपचारिक वार्ताका लागि दुवै पक्ष अझै तयार देखिएका छैनन् । दुवै पक्षले अनौपचारिक रूपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि औपचारिक पत्रमा गएर अड्किएको छ ।

समाचार अनुसार नेकपा महासचिव विष्णु पौडेल, सभामुख कृष्णबहादुर महरा, नेकपा नेता जनार्दन शर्मा र सोमप्रसाद पाण्डे यो समूहलाई संवादमा ल्याउन प्रयत्नरत छ । त्यस्तै विप्लव समूहका नेता अनील शर्मा, गुणराज लोहनी, हेमन्तप्रकाश ओली खड्गप्रसाद विक, माइला लामालगायत नेता सम्पर्क सूत्र बनेका छन् ।

प्रतिबन्ध फुकाउने र बन्दी नेता कार्यकर्ता रिहा गर्नुपर्ने विप्लव समूहको अडान छ । त्यस्तै वार्ताका लागि औपचारिक पत्र पनि यो समूहले खोजेको छ । तर सरकारले शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धतापछि मात्र पत्र दिने अडान लिएको छ ।

तीन करोडको हुलाक टिकट बेकम्मा भएकोदेखि विद्युतीय बस किन्न सरकारले तीन अर्ब दिइएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

Continue Reading…

गजल

मेरो मन-मुटु माझ मौलाएका मन्दिरहरु
तिमी ताक्छौ तेर्स्याएर तिरस्कृत तीरहरु

कालो किताब कुरा काट्छ कलमले कत्ति
समयको संदेश सोची सकिन्छन् शरीरहरु

रहर रै’छ रंगीन रात रगत रस रोइरहेछ
पिठ्यु पछि पराइले पस्किएका पिरहरु

अँध्यारोको अधरमा अप्ठ्यारो अठ्याएर
भण्डार भरि भएर भात भोकाएका भिरहरु

लाज लाग्ने लस्कर लौ लुकेर लम्किँदैछ
बौलाएको बर्बर बजार बचाउने वीरहरु

दानव दिल दिक्क दिमाग देख्दा देशमा
नीच नगर नग्न नयन नबोलेका नजिरहरु

हार हराइ हासौँ हामी हजारलाई हसाउँदै
जित्न जुटौँ जलाएर जीवनका जन्जिरहरु

–खोटाङ, नेपाल
हाल: टोकियो, जापान

Continue Reading…

सुटुक्क अर्धभूमिगत नेता मोहनविक्रम सिंह र भारतीय राजदूत पुरीबीच गोप्य भेटवार्ता

काठमाडौं । दशकौदेखि कम्यूनिष्ट पार्टीको अर्धभूमिगत राजनीति गर्दै आएका एकता केन्द्र मसालका महामन्त्री मोहनविक्रम सिंह सुटुक्क भारतीय राजदूतसँग गोप्य भेटवार्ता गरेका छन् । भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग मोहनविक्रम सिंहले एक साताअघि ललिपुरको सानेपास्थित पार्टी प्यालेसमा भेटर्वार्ता गरेको स्रोतले बताएको छ । पत्नी तथा सांसद दुर्गा पौडेलसँगै उनीले भारतीय राजदूत पुरीसँग भेटावर्ता गरेका हुन् ।

अर्धभूमिगत राजनीति थालेदेखि उनी र उनको पार्टी मसालले भारतको रवैयाप्रति तिखो विरोध गर्दै आएको छ । सुगौली, महाकाली सन्धीदेखि पछिल्लो समयको बिषादी परीक्षण प्रकरणसम्म मसालले विरोध गरेको छ । एकातिर विरोध अर्काेतिर भारतीय प्रतिनिधिसँग गोप्य भेटघाटले मोहनबिक्रम सिंहको राजनीति चरित्रमाथी प्रश्न उठाएको छ । सिंह र पुरीबीच झण्डै दुई घण्टा सम्वाद भएको थियो । सम्वाद के बिषयमा भएको थियो त्यो भने अझै सार्वजनिक भइसकेको छैन ।

एकातिर अर्धभूमिगत अर्काेतिर संसद उपभोग गरेका मोहनबिक्रम सिहले यसअघि कुनैपनि राजदूतसँग भेटवार्ता गरेका थिएनन् । तर भारतीय राजदूतसँग उनको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Continue Reading…

डेढ करोड लगानीमा डा. सीके राउतमाथी फिल्म, नासादेखि पृथकताबादीसम्म

काठमाडौँ । अमेरिकी बैज्ञानिक संस्था नासाको जागिरदेखि नेपालको मधेस क्षेत्रमा पृथकताबादी अभियानसम्म थालेका डा. सीके राउतको जीवनमा आधारित तीन भाषाको फिल्म बन्ने भएको छ । उनको जीवनीमा आधारित ‘डा. सिके राउत’ को टिजर सार्वजनिक भएको छ। ‘डा. सिके राउत – द प्यासन’ नामको चलचित्र बन्ने भएको छ ।

राधिका इन्टरनेशलन मुभिजले निर्माण गर्न लागेको फिल्मा नासादेखि पृथकताबादी अभियान र त्यसपछि नेपाल सरकारसँगको सफल बार्ता समेटिने भएको छ । भदौबाट छायांकन सुरु गर्न लागिएको फिल्म छठमा प्रदर्शन गर्ने तयारी गरिएको छ । सीके राउतको जीवनीमा आधारित फिल्मको कहानी सन्तोष साहले लेखन तथा निर्देशन गरेका छन् भने परदेशी शाहले राउतको भूमिका निर्वाह गर्ने भएका छन् । उनले अभिनित पछिल्लो चर्चित चलचित्र ‘एसपी खरेल’ हो।

चलचित्र तीन भाषामा बन्ने भएको छ । भोजपुरी, नेपालीसँग तीन भाषामा चलचित्र निर्माण हुने निर्माताले बताएका छन् । डेढ करोड लागतमा निर्माण गर्न लागिएको फिल्ममा महिला कलाकारहरुलाई भने अहिले गोप्य राखिएको छ ।

बुधवार टिजर सार्वजनिक कार्यक्रममा डा. सीके राउत पनि पुगेका थिए । उनले आफ्नो जीवनमा बन्न लागेको फिल्म इतिहास बन्ने बताएका छन् । केही विवाद भएपछि आफ्नो जीवनका बारेमा धेरै नेपालीले बुझन पाउने उनले बताए । प्रतिबन्धित भएका बेला आफुले गरेको काम, राजनीतिक भाषण गर्दा प्रहरी हस्तक्षेप जस्ता बिषयमा नागरिकले जान्न पाउने बताए । फिल्मले किन मानिस विद्रोहमा उत्रन्छ ? कोही मान्छे किन आफ्नो ज्यान दिन तयार हुन्छ। कोही मान्छे किन आफ्नो सुख सुविधा, घर परिवार छोड्न तयार हुन्छ ? यस्ता बिषय चलचित्रका समावेश हुने उनले बताए ।

Continue Reading…

आमा छोरीको अपराध धन्दा : नशालु पदार्थ खुवाउने, ३ हजारमै बलात्कार गराउने ?

वीरगञ्ज । दुई छाक टार्नदेखि सम्पन्न बन्न मानिसहरुले के के नै गर्न छोडेका छन् र ? कर्मदेखि कुकर्म, धर्मदेखि अपराधसम्म धनी बन्नकै लागि मानिसहरु दिनरात लागिरहेका छन् । धनी बन्नकै लागी सिमरा जितपुरका एक आमा छोरीले गरेको अपराध निकै दर्दनाक छ ।


सिमराकी २१ वर्षीया सीनाराय कुर्मी र उनकी आमा पूर्णिमा राय कुर्मीले जीतपुर सिमरा उपमहानगर–१, पथलैयामा होटल संगालो एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् । गेष्ट हाउस खाना र बस्न मात्र हैन, यौन पिपासुको अखडा पनि बनेको तथ्य फेला परेको छ । दुई साताअघि पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन् । परिवारले खोजखवरका लागि प्रहरीमा खवर गरे । इलाका प्रहरी कार्यालय, सिमराले किशोरीको खोज तल्लास गरयो । तर किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् । बेहोस अबस्थामा । लामो चिकित्सक उपचारपछि उनको होस खुल्यो तर कर्मी आमाछोरीको होस गुम्यो ।

कुर्मी आमाछोरीले किशोरीलाई ललाइफकाई आफ्नो होटलमा लगेछन् । त्यहाँ किशोरीलाई नसालु पेय पर्दाथ सेवन गराएर तीन हजारमा बलात्कार गराएको रहस्य खुल्यो । तीन हजार रुपैयामा युवतीलाई बलात्कार गराउने अपराध कुर्मी आमा छोरीले गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सिमराका डीएसपी गोविन्द पुरीले भने, नशालु पदार्थ सेवन गराएर, तीन हजारमा बलात्कार गराइएको तथ्य खुलेको छ ।

पीडितको बयानअनुसार पूर्णिमाले उनलाई आर्थिक प्रलोभन देखाउनुका साथै नशालु पेय पदार्थ खुवाएका थिइन् । त्यसपछि ढोका थुनेर राखिएको उनको भनाइ छ । भोलिपल्ट साँझ केही युवालाई पठाएर आफूमाथि जबरजस्तीकरणी गरिएको किशोरीले प्रहरीलाई बयान दिएकी छिन् ।

किशोरीलाई आर्थिक लाभसँगै कपडा र मोबाइल किनिदिने प्रलोभन देखाएर कर्मी आमा छोरीले आफ्नो होटलमा पुरयाएका थिए । ‘लठ्याउने कुरा खुवाएर पुरुषलाई खुशी पार्नुपर्ने बताएका थिए’, किशोरीले आफ्नो बयानमा भनेकी छिन् ।

Continue Reading…

Tuesday, July 16, 2019

आज साउने संक्रान्ति, आराध्यदेव शिवबाट के सिक्ने ?

१ साउन, काठमाडौं । आजबाट साउन महिना सुरु भएको छ । साउनलाई ‘श्रावण’ महिना पनि भनिन्छ । श्रावणको अर्थ हो श्रवण गर्ने अर्थात सुन्ने । चतुर्मास, जसमा हरिको कथा श्रवण गरिन्छ । तर चतुर्मासको पहिलो महिना ‘हर’ अर्थात शिवको उपासनाको महिना हो ।

साउन शिवको पि्रय महिना हो । किनभने यसले शीतलता प्रदान गर्दछ । हर चिज, जसले शीतलता प्रदान गर्दछ, त्यो शिवको प्रिय हो ।

भागवत महापुराणमा समुद्र मन्थनको एक कथा छ । देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष निस्किन्छ । सारा सृष्टि नै समाप्त पार्नसक्ने विष निस्किएपछि हाहाकार मच्चिन्छ । त्यसपछि भगवान विष्णुले देवताहरुलाई सल्लाह दिन्छन्- जाऊ भोलेनाथसँग पुकार गर । उनले मात्र यो विष पिउन सक्छन् ।

देवताहरुको अनुनय विनयपछि शिवले त्यो विष पिइदिन्छन् र घाँटीमा अड्काएर राख्छन् । कालकुट भनिने त्यही विष घाँटीमा रहेका कारण शिवको घाँटी निलो हुन्छ । त्यसैले शिवलाई अर्को नाम ‘निकलण्ठ’ भनेर पुकार्न थालियो ।

त्यो विषको असर यति भयानक थियो कि शिवको शरीरमा असर देखिन थाल्यो । पीडा शान्त पार्नका लागि उनको शरीरमा जल -पानी) चढाउन थालियो । उनले शीतल महसुस गर्न थाले अनि प्रसन्न पनि भए । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताइन्छ । साउन महिना यस कारणले पनि शिवको पि्रय छ कि यस महिनामा आकाशबाट पानी बर्सिन्छ ।

यस्तो कथा आजको युवा पिँढीलाई काल्पनिक लाग्न सक्छ । तर यसमा सन्देश छ । संसारमा जब कुसंस्कार, अत्याचार र व्यभिचारको विष फैलिन्छ, त्यसलाई मानिसले नै रोक्न सक्छ । जो गृहस्थ भएर पनि सन्यासी जस्तो बन्दछ, सृष्टिको स्वामी भएर पनि पहाडको गुफामा बसेर सन्तुष्ट हुन्छ, जो अघोर अर्थात यस्तो चरित्र जसका लागि कुनै पनि नकारात्मक छैन, सबै समान छ । शिवलाई अघोरवादको प्रवर्तक पनि मानिन्छ ।

त्यसैले साउन महिना शिवप्रति आस्था व्यक्त गर्ने र विष पिइदिएर संसारलाई बचाएकोमा धन्यवाद दिने प्रतीक महिनाको पनि हो ।

साउन महिना सुरु हुनुभन्दा एक दिन अगाडि गुरु पूर्णिमा मनाइन्छ । यो केवल संयोगमात्र होइन । वास्तवमा शिव नै आदि गुरु हुन् । व्रह्मा सृष्टिको पिता हुन् भने शिव पहिलो गुरु । शान्ति, सन्तुष्टि र सहयोगको जुन पाठ शिवले संसारलाई पढाए त्यो अन्य कुनै देवताले पढाएनन् । देवताहरुको गुरु बृहस्पति र दानवको गुरु शुक्राचार्य हुन् । यी दुवै दुई संस्कृतिका जनक हुन् तर यिनका पनि गुरु शिव हुन् ।

शिव समानताको प्रतीक हुन् भन्ने कुरालाई बुझ्न फेरि पनि समुद्र मन्थनको प्रसंगसम्म पुग्नुपर्छ । समुद्र मन्थन देवता र दानव दुवै मिलेर गरे । मन्थनको क्रममा अमृत पनि निस्कियो । विष्णुले मोहिनी रुप धारण दानवलाई छल गरे र देवतालाई मात्र अमृत पिलाए ।

आफूहरुमाथि अन्याय भएको भन्दै दानवहरु शिवको शरणमा पुगे । शिवले भने- अमृतमा दुवैको अधिकार हुन्छ भन्ने सहमति हुँदाहुँदै देवताहरुले छल गर्नु हुँदैनथ्यो ।

त्यसपछि शिवले तत्काल दानवहरुका गुरु शुक्राचार्यलाई मृत-संजीवनीको विद्या दिए । मृत-संजिवनी यस्तो चिकित्सा पद्दती हो, जसबाट मृत्यु भएकालाई पनि तुरुन्तै जिवित गराउन सकिन्छ । यसबाट थाहा हुन्छ शिवले दानवहरुलाई पनि विभेद गरेनन् ।

शिवले हिउँ नै हिउँ भएको कैलाश पर्वतलाई घर बनाए । रुखका बोक्रा र पशुका छालाले शरीर ढाके, खरानीले शरीरको श्रृंगार गरे । यसरी पनि उनी सन्तुष्ट र प्रशन्न थिए । यही नै शिवबाट लिन सकिने शिक्षा हो । जे उपलब्ध छ, जस्तो उपलब्ध छ, त्यसमै सन्तुष्ट हुनुपर्छ भन्ने सन्देश उनले दिए । यदि हामीले पनि यसबाट प्रेरणा लिँदै अगाडि बढ्ने हो भने हामी पनि महानताको मार्गमा धेरै अगाडि पुग्न सक्छौं ।

Continue Reading…

Nepal’s ‘parkour king’ made two world records in one year. Now, he wants to leave the country

Jumping around the terraces of farmlands in his village in Khotang district of eastern Nepal, Dinesh Sunar didn’t know that one day the skill he picked up as a child would help him set not one, but two world records.

“I recall people telling me to stop jumping around like a monkey. They said that I’d hurt myself, but look at me now! I have two world records to my name and am now on the verge of getting the third,” he says.

Sunar, arguably, is the ‘king’ of a jumping sport called parkour in the country.

When the child’s play turns into profession

He grew up in Kathmandu. As his parents would work for a garment factory, he could go to sand mines nearby, and spend time jumping around with his friends, somersaulting and rolling around.

“I didn’t have a clue that I was doing parkour. I was just having fun. For the most part of my life, I thought I was doing gymnastics,” he shares.

But at the age of seven, he had to go back to his village in Khotang after his father left for Qatar. But that didn’t stop him from doing what he loved.

“Going back to my village gave me a chance to polish my skills. The terraces of paddy fields and the hills were perfect to develop my skill and that is exactly what happened. People did question me then, but I never paid much attention to them anyway.”

Slowly, people in his village started to enjoy the things that Sunar did. People felt that the young boy had the talent and gave him the opportunity to showcase that talent in various events. It started with school events and slowly moved to districts where he wowed everyone.

“People come to Kathmandu for opportunities but I got mine in the village.”

He says his main break came in 2010 where he caught the eye of then IGP of Armed Police Force Sanat Kumar Basnet. Basnet was in Khotang to attend a volleyball competition. That is where he saw Sunar jumping from the first floor of a school building and around the rice field. After seeing potential in the young kid, Banset asked Sunar to call him after he completed his grade 10 (SLC) examination.

After completing his SLC, Sunar didn’t think twice and boarded a bus to come to Kathmandu. He then joined the APF’s gymnastic team and started to take part in various competitions.

Into parkour without knowing it

“It was like a dream come true. I was an athlete and was also paid. It was huge for me.”

Being a part of the APF, Sunar has won gold in various competitions. He says he enjoyed taking part in those events, but his true passion was parkour.

“I didn’t know I was doing parkour until it saw a YouTube video some years back. Even though the two sports, gymnastics and parkour, seem similar, they are completely different. I then decided to take both gymnastics and parkour hand in hand. YouTube taught me a lot about this parkour.”

Sunar then saw many parkour athletes creating world records. That made him want to create one himself. He says he wanted to make a name for himself and also wanted to put Nepal’s name in the record books.

Two world records in one year

In 2018, Sunar set a world record for the most backward somersaults against a wall in 30 seconds, managing a staggering 16 somersaults record. He also did 18 backflips to set another world record for the most twisting backflips off a wall in one minute.

After his second world record, World Freerunning Parkour Federation invited him to take part in the 2018 Parkour World Cup. Surprising everyone, he came in the 10th position there.

“Everyone was amazed that a Nepali was taking part in the World Cup. Other athletes were shocked by what I had achieved with limited resources. I was extremely proud and happy.”

He adds that even though Nepal has limited resources, the athletes here have a lot of heart and determination. After spending three months in the US, Sunar says he learnt a lot. Having never had proper training, Sunar says his time in the US was invaluable.

Sunar recently broke his own record of ‘most twisting backflips off a wall in 30 seconds’ and is awaiting confirmation from Guinness Book of World Records.

However, he feels that he needs to get away from Nepal to get better. He says living in Nepal puts him in a difficult position as most competitions take place in either Europe or the US.

“Athletes have to travel with their own money. And for me, that is not possible. It is hard to make ends meet here. Parents also complain that I don’t make enough money. So it is hard. Sometimes I feel I should just leave Nepal.”

Sunar says that his mother often questions his decision to come back from the US. But for Sunar, this is more than just money. He says he does understand that he has to help his family, but for now he has one goal – getting to perform at America’s Got Talent.

“I know hard work will pay off. But how? I have no idea.”

Continue Reading…

कामकाजी भर्सेस गृहिणीः कस्ता महिला चाहन्छन् पुरुष ?

केही दशक अघिसम्म महिलाहरु केवल गृहिणीको रुपमा मात्र परिचित थिए । उनीहरुलाई  घरको चार कुना बाहेक संसारको बारेमा कुनै ज्ञान तथा जानकारी हुँदैन थियो । उनीहरुको काम भनेको नै खाना बनाउने, घर सफा गर्ने, आफ्नो घर-परिवारको ध्यान दिने बाहेक अरु केही काम नै हुँदैन थियो

तर, आज समय परिर्वतन भएको छ । आज महिलाहरु पुरुषको दाँजोमा कुनै पनि कुरामा कम छैनन् । महिलाहरु नपुगेका ठाउँ र महिलाहरुले नगरेका त्यस्ता कुनै काम नै छैनन् । अझ कति कुरामा त महिलाले पुरुषलाई पछि पनि पारीसकेका छन् ।

तर आज पनि कतिपय पुरुषहरु महिला घरको चार कुनामा सिमित भएको हेर्न चाहान्छन् । यस्ता पुरुषहरु महिलाले घरको नै काम गरेर बस्नु पर्छ भन्ने सोचाईले ग्रस्त हुन्छन् । त्यस्तै यहि समाजमा महिला पनि बाहिरको काम गर्न योग्य छन्, उनीहरुले पनि बाहिरी काम गर्नु पर्छ भन्ने मानसिकता भएका पुरुषहरु पनि छन् ।

एउटी महिला जो घरको चुल्हो सम्हाल्ने कि अफिसको फाइल, घरमा छोराछोरीको  रेखदेख गर्ने कि कम्पनीको मिटिङमा व्यस्त रहने ? आजका पुरुषहरु कस्तो प्रकारको श्रीमती चाहान्छन् ? यो कुरा अहिले चर्चाको बिषय बनेको छ ।

दुबैले काम गर्न आवश्यक

अहिले केहि पुरुषहरुको सोचाइमा आर्थिक बोझका कारण एक जनाको कमाइले मात्र पुरा परिवारको खर्च उठाउन गाहो छ । जसका कारण महिलाले पनि पुरुषलाई आर्थिक रुपले सहयोग गर्नु आवश्यक भएको छ । तर महिलाले आफ्नो घर परिवारलाई समय दिन पनि उत्तिकै आवश्यक छ । यी दुबै कुरालई मिलाएर अघि बढाउन महिलालाई धेरै नै गाह्रो हुन्छ । आर्थिक हिसाबले हेर्ने हो भने महिलाले कामकाजी हुनु आवश्यक छ तर घरपरिवारलाई मिलाएर राख्नका लागि महिला घरमा नै भएको राम्रँ हो ।

त्यस्तै कति पुरुषहरु आफ्नी श्रीमती कामकाजी हुँदा आफै चिया पकाउनु परेको दुःखेसो पनि गर्छन् । जब पुुरुष अफिसबाट घर पुग्छन्, घरमा हँसिलो मुहार लिएर ढोकामा श्रीमतीको मायालु स्वागत होस् भन्ने चाहान्छन् । श्रीमतीले बनाएको मिठो चियाको चुस्किमा दिनभरको थकान मेटाउन खोज्छन् । तर अफिसबाट घर पुग्दा घरको ढोका पनि आफैले खोल्न पर्ने र चिया पनि आफैंले बनाउन पर्ने समस्याका कारण महिला घरमा नै ठिक छ भन्ने पुरुषको पनि कमि छैन ।

त्यसो त आवश्यक छैन भने महिलाहरु घरमा नै भएको राम्रँे भन्ने पुरुषहरु पनि नभएका होइनन्, जसको नजरमा महिलाहरु गृहिणिमात्र हुनु पनि सम्मानको कुरा हो भन्ने रहेको छ । त्यस्ता पुरुषहरुको विचारमा यदि महिलालाई आवश्यक छैन भने बाहिरी कामकाजमा व्यस्त नभएको राम्रो भन्ने छ ।

सबैभन्दा महत्वपुर्ण कुरा के हो भने पुरुष र महिलाबीच सन्तुलन हुनुपर्छ । यसका लागि महिला समझदार हुनु आवश्यक छ । जुन महिला घरको कामकाजमा व्यस्त रहन्छिन्, उसले बाहिरको काम नपाएर अथवा गर्न अयोग्य भएर होइन भन्ने कुरा महिलाले बुझ्न आवश्यक छ । त्यस्ता महिलाले आफुमा गर्व गर्नु पर्छ, जसले बाहिरी कामकाज गर्न योग्य हुँदाहुँदै पनि घर परिवारको रेखदेखमा आफुलाई व्यस्त राख्छिन्  । यस्ता पुरुषहरु गृहिणिले गरेको कामप्रति सम्मान गर्छन् ।

पुरुषहरुको महिलाप्रति आ-आफ्नै विचारहरु हुन्छन् । धेरैजसो पुरुषहरुलाई महिलाले घरपरिवारको रेखदेख गरोस् भन्ने चाहाना हुन्छ ।

प्रायः पुरुषको विचारमा महिला घरबाट बाहिर निस्किएपछि घरको सबै व्यवस्था बिग्रन थाल्छ भन्ने रहेको छ । एउटी महिलाले घरको रेखदेख जुन तरिकाले गर्छिन्, त्यो अरु कसैले गर्न सक्दैन भन्ने सोचाइका पुरुष पनि छन् । समाज र घरमा एउटा महिलाको भुमिका महत्वपुर्ण हुन्छ ।

त्यस्तै समाजमा त्यस्ता पुरुष पनि छन्, जसले महिलाको इच्छालाई पनि महत्व दिएका छन् । ती पुरुषहरु महिलामा आएको परिवर्तनलाई नकारात्मक रुपमा लिनु हुँदैन भन्ने सोच राख्दछन् ।

उनीहरुको विचारमा यो एउटा राम्रो सोच हो । हाम्रो सामाजिक व्यवस्था शुरु देखि नै पुरुष प्रधान रहिआएको छ । जसलाई परिर्वतन गर्न आवश्यक छ । समयसंगै आफ्नो सोच परिर्वतन गर्नु आवश्यक छ । महिलाको पनि आफ्नो जिन्दगी छ, उनीहरुको आफ्नो करियर, आफ्ना सपना छन् । केवल आफने खुशी र सुखका लागि लागि महिलाहरुको सपनालाई बेवास्ता गर्नु राम्रो होइन । महिला बाहिर निस्कनु पर्छ, बाहिरी दुनियाँमा रमाउनु पर्छ भन्ने धारणा पनि कति पुरुषको छ । महिलाले आफ्नो  योग्यताको उपयोग गर्न पाउनु पर्छ भनेर आफ्ना घरका महिलालाई बाहिरी दुनियाँमा लैजाने पुरुषहरु पनि यो समाजमा छन् ।

महिलामा आएको परिवर्तनलाई स्वागत गर्नु पर्छ भन्ने धारणा भएका पुरुषहरु पनि छन् । तपाई दिन भर बाहिरी कामले व्यस्त रहनु हुन्छ । यदि त्यस्तो स्थितीमा तपाईको श्रीमतीलाई बैंक, इन्टरनेट आदि बाहिरी कामको बारेमा ज्ञान छ भने यसले तपाईको पनि धेरै काममा सहयोग हन्छ । महिला बाहिरि दुनियामा घुलमिल हुँदा उनलाई पनि हरेक प्रकारका व्यवहारिक ज्ञान बढ्न थाल्छ । आजको दुनियामा महिला पनि पुरुष सरह नै शिक्षँ प्राप्त गरेका हुन्छन् । महिलालाई घरको काममा मात्र व्यस्त राख्नु मुर्खता हुन्छ । समाजमा आएको यस परिवर्तनलाई स्वागत गर्नु पर्छ भन्ने धारणा पनि पुरुषको रहेको छ ।

कति पुरुषको धारणा महिलाले रचनात्मक कार्य गरोस् भन्ने रहेको छ । घरमा बसेर अनावश्यक कुरामा समय खेर फाल्नु भन्दा केहि राम्रो कामको लागि घर बाहिर निस्कनु र केहि रचनात्मक काम गर्नु महिलाहरुका लागि उत्तम हुन्छ । यसका लागि पुरुषले पनि महिलाको घरको काममा सहयोग गर्नु पर्छ भन्ने सहयोगी भावानाका पुरुष पनि समाजमा रहेका छन् ।

समाजको प्रगतिमा महिलाको भुमिका महत्वपुुर्ण रहेको छ । यो कुरालाई नकार्न सकिँदैन कि महिला पुरुष एक-अर्काको पुरक हुन । महिलाको जीवनमा आएको परिर्वतनले समाजमा परिर्वतन ल्याउछ । पछिल्लो केही समयमा महिलामा आएको परिर्वतनले समाजमा धेरै परिर्वतन आएको छ । हाम्रो संयुक्त परिवार एकल भएको छ । जसका कारण परिवारको सदस्य पनि कम भएका छन् । साथै पुरुषमा आर्थिक भार बढेको छ भने महिलामा बालबाच्चाको रेखदेख, श्रीमान् र घरको जिम्मेबारीहरु पनि बढेका छन् । इच्छा नहुँदा नहुँदै पनि कति महिलाले बाहिर काम गर्न जानु पर्ने बाध्यता हुन्छ । घरको र बाहिरी जिम्मबारीका कारण महिलाहरुमा चिडचिडापन आउन सक्छ । जसले घर र समाजको सन्तुलन बिग्रन सक्छ । यस्तो स्थितीमा पुरुषले महिलालाई सहयोग गर्ने साथ दिने हुँदा महिलाको केहि भार कम हुन्छ ।

तर जब कुनै महिला फेशन, अरुको देखासिखि र झुठो प्रतिस्पर्धा अथवा मान-सम्मानको लागि घार बाहिर काम गर्न जान्छन् । त्यो क्षण महिलाको व्यक्तित्वको लागि अति नै हानिकारक हुन सक्छ । समाज महिला र पुरुष दुवैको काँधमा टिकेको छ । त्यसैले महिला पुरुषले नै समझदारीका साथ अगाडी बढ्नु राम्रो हुन्छ ।

Continue Reading…

तस्वीरमा मंगलबार रातिको खण्डग्रास चन्द्र ग्रहण

 

काठमाडौं । मध्यपुर थिमिबाट मंगलबार राति करिब २ः४५ बजे देखिएको खण्डग्रास चन्द्रग्रहणको दृश्य ।

Continue Reading…

भरतपुर महानगरले फिर्ता गर्‍यो व्यवसायीलाई ४० लाख

१ साउन, चितवन । भरतपुर महानगरपालिकाले व्यवसाय दर्ताबापत उठाएको ४० लाख रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गरेको छ । व्यवसाय दर्ताबाट गत आर्थिक वर्ष २०७५–७६ मा ५ करोड ७६ लाख ७९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको महानगरपालिकाले ४० रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गरेको हो ।

व्यवसाय दर्ता दस्तुरबापत उठेको कूल रकमको पाँच प्रतिशत उद्योग वाणिज्य संघ चितवन र तीन प्रतिशत चितवन उद्योग संघलाई दिइएको महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई पाँच प्रतिशतले हुन आउने २३ लाख ७३ हजार नौ सय ७० रुपैयाँको चेक हस्तान्तरण गरिन् । त्यसैगरी, दाहालले चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई तीन प्रतिशतले हुन आउने १४ लाख ३० हजार तीन सय ८२ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत संकलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी, भरतपुर महानगरले चितवन उद्योग संघलाई व्यवसाय दर्ता दस्तुरबापत संकलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।

रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताइन् । भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताइन् ।

उद्योग वाणिज्य संघ तथा उद्योग संघलाई हस्तान्तरण गरिएको रकम संघ र महानगरको सहकार्यमा करदाता शिक्षा र महानगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने छ ।

Continue Reading…

Woman kills sexagenarian mother-in-law in Kavre

Dhulikhel, July 17

A woman allegedly murdered her sexagenarian mother-in-law in Devitar, Dhulikhel municipality-1 of Kavrepalanchok district.

Suntali Tamang killed 63-year-old Maili Maya at around 10 pm on Tuesday, claim police.

Inspector Niranjan Bhattarai, in-charge of Banepa Area Police Post, says Suntali pushed the victim’s head against a wall to kill her.

Seriously injured in the attack, the victim was taken to Scheer Memorial Adventist Hospital in Banepa for treatment. She breathed her last at around 1 am this morning.

Meanwhile, police arrested 24-year-old Suntali and her husband Dhawa, 35, for further investigation.

Continue Reading…

अस्थायी शिक्षकका लागि एउटा जरुरी सूचना ( सुचनासहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अस्थायी शिक्षकहरुका लागि एउटा जरुरी सुचना जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अस्थायी शिक्षकबाट अवकास पाएका ब्यक्तिलाई सेवा र सुविधा लिन अन्तिम ताकेता पत्र जारी गरेको छ ।

अस्थायी शिक्षकहरुलाई अवकास दिएर सरकारले स्थायी दरवन्दीका लागि बिज्ञापन गरेको थियो । स्थायीका लागि सवै तहको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक भइसकेको छ । अस्थायीबाट अवकास पाएका शिक्षकलाई साउन १५ भित्र सेवा र सुविधाका लागि सम्बन्धित जिल्ला शिक्षा इकाई कार्यालय आबेदन दिन अन्तिम सूचना जारी गरिएको छ ।
यस्तो छ अन्तिम सूचना

Continue Reading…

काभ्रेको देवीटारमा बुहारीद्वारा सासूको हत्या

१ साउन, धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो ।

राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू-बुहारी हुन् ।

टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे मृत्यु भएको थियो ।

प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको श्रीमान उनका श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ ।

Continue Reading…

तपाईंको कार्यथलोमा सम्बन्ध छ ?

घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले तपाइर्ं आफ्नो अफिसका सहकर्मीहरुसँग पनि सकारात्मक हुनु आवश्यक छ ।

तपाई कुनै अफिसमा काम गर्न थालेपछि त्यहाँ तपाईको कोहि न कोहिसंग राम्रो मित्रता हुन्छ  । उसलाई तपाई आफ्ना सबै कुराहरु शेयर गर्न थाल्नुहुन्छ । उसलाई घर र अफिस दुबैको समस्याहरु शेयर गर्न थाल्नुहुन्छ । उ संग चिया पिउन जाने, खाजा खान जाने र हरेक कुरा गर्न तपाईलाई रमाइलो लाग्न थाल्छ । उ तपाईको अफिसको सबैभन्दा राम्रो साथी बन्छ । तपाई उसंग रमाईलो पलहरु बिताउन थाल्नुहुन्छ । तर तपाईंलाई थाहा छ, तपाईहरुको त्यस्तो मित्रता अरुलाई मन नपर्न सक्छ ।

मानिस तपाईहरुको यस्तो सम्बन्धमा शंका गर्न थाल्छन् । यिनिहरुबीच चक्कर चलेको छ कि भन्ने जस्ता प्रस्न उठाउन थाल्छन् । जहिले पनि संगै हुने, केहि न केहि त पक्कै छ भनेर सोच्न थाल्छन् । अझ तपाईको बोस र तपाईबीच राम्रो सम्बन्ध छ र यहि क्रममा तपाईको प्रमोसन पनि भयो भने महिलालाई बोससँग सम्बन्ध छ भन्छन् र पुरुषलाई यसले भनसुन गरेछ भन्न थाल्छन् ।

अफिसमा तपाइर्ंले काम राम्रो गर्नु भएको कसैलाई मतलब हुँदैन तर तपाईको बोसलाई तपाई बिरुद्ध कुरा लगाउने, भड्काउने कामहरु तिब्र गतिमा हुन्छ । तर तपाईले यस्ता कुरामा पटक्कै ध्यान दिनु हुँदैन । आफ्नो काममा ध्यान दिनुहोस् र अफिसमा त्यस्ता कुरा हुँदै गर्छन् भन्दै आफु अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

अरुले भन्यो भन्दैमा आफ्नो साथीको साथ छोड्ने अथवा बोससंग टाढा हुने जस्ता काम गर्नु हुँदैन । किनभने तपाई आफुलाई थाहा छ, तपाई सहि हुनुहुन्छ । आफु सहि भएपछि अरुको अनावश्यक कुरामा ध्यान दिनु आवश्यक हुँदैन । तपाईले अफिसमा आफ्नो  जिम्मवारी राम्रोसँग निभाउनु पर्छ, काममा सधैं ध्यान दिनु पर्छ । यदि कोहि तपाईंसँग राम्रो व्यवहार गर्छ, मित्रताके हात अगाडि बढाउछ भने उसंग साथी बन्नु पर्छ ।

अफिसमा पनि त्यस्ता धेरै व्यक्ति हुन्छन्, जसलाई आफ्नो कामभन्दा अरुको बढि चियो गर्ने बानी हुन्छ । अरुलाई बोलीले घोचपेच गर्ने, उडाउने र जिस्काउने गरेर आफु मनोरन्जन लिने गर्छन् । तर यी सब कुराका कारण तपाइर्ंले आफ्ना साथीभाईसँग सम्बन्ध टुक्राउनु हँुदैन । तपाइर्ंले उनीहरुलाई शालीन भएर सम्झाउने कोशिश गर्नुपर्छ । उनीहरुसंग अनावश्यक कुरा नगर्नुहोस्, काम पर्दा मात्र बोल्नुहोस ्साथै उनीहरु र उनीहरुको कुरालाई सम्मान दिनुहोस् ।

यदि तपाईंलाई केही समस्या परेको छ भने उनीहरुबाट सहयोग पनि लिन सक्नु हुन्छ , जसले तपाईको सम्बन्ध राम्रो बनाउन सहयोग गर्छ । कहिलेकाहि कुनै व्यक्तिलाई धेरै सम्मान दियो भने उसले गलत अर्थ बुझ्न सक्छ, त्यसैले यस्तो स्थिती आउन दिनु हुँदैन । साथै अरुको सहायताको लागि सधै तयार रहनु पर्छ ।

यस्ता कुराहरुमा ध्यान दिनाले तपाईको अपिसमा पनि राम्रो छवि बनाउन सक्नु हुन्छ ।

Continue Reading…

एउटा एक्सन सिनलाई करिब एक अर्ब खर्च !

हामीकहाँ फिल्मको कुल बजेट हो, औसत डेढ करोड । कसैले दुई वा तीन करोडसम्म पनि खर्च गर्न सक्छन् । त्यसो त ५० लाखदेखि ८० लाखसम्म गजबकै फिल्म बनिरहेको छ । हाम्रो फिल्म बजार, दर्शकको आयतन अनुसार यो लगानी नै काफी छ ।

दक्षिणी छिमेकी भारतको कुरा बेग्लै । त्यहाँ अर्बैं खर्चमा फिल्म निर्माण हुन्छ । पत्यानै गाह्रो त के भने, एउटा एक मिनेटको सिन खिच्न एक अर्ब रुपैयाँ नै खर्च गरिन्छ । प्रंसग, बहुचर्चित र प्रतिक्षित फिल्म साहोको हो ।

प्रदर्शनको तयारीमा रहेको बलिउडको नयाँ फिल्म ‘साहो’ लाई यो वर्षकै सबैभन्दा उत्कृष्ट फिल्मको रुपमा हेरिएको छ । प्रभासद्वारा अभिनित उक्त फिलमलाई वर्षकै सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि निर्माताहरुले खुलेर खर्च गरेका छन् । पछिल्लो पटक समार्वाजनिक भएको एउटा खबर अनुसार ८ मिनेट लामो एक्सन सिक्वेन्सका लागि निर्माताले ७० करोड भारु -करिव एक अर्ब १२ लाख रुपैयाँ) खर्च गरेका छन् ।

प्रभासको एक्सन तथा डरलाग्दो स्टन्टले भरिएको फिल्म साहो निमाण्र्ँको क्रममदेखि नै चर्चामा छ । उक्त फिल्मको टीजर, पोस्टर तथा पहिलो गीत साइको सैयाँ सार्वजनिक भसकेको छ ।

एउटा समाचार संस्थासँग कुराकानी गर्दै फिल्मका छायांकार माधीले भनेका छन्-‘आबूधाबीमा छायांकन गरिएको ८ मिनेटको एक्सन सिक्वेन्सका लागि निर्माताहरुले ७० करोड भारु खर्च गर्नु पर्‍यो । छायांकनको दृष्टिकोणले पनि फिल्म उत्कृष्ट बनेको छ । चलचित्रका केही दृष्यहरु हेरेरै यसले ईतिहास रच्ने छ भन्ने कुरामा आशावादी हुन सकिन्छ । एउटा सिंगल सिक्वेन्सका लागि निर्माताले करोडौं रुपैयाँ खर्च गर्ने हिम्मत कमै गर्छन् ।’

साहोका एक्सन दृष्यहरुलाई केनी बेट्सले निर्देश्ँन गरेका हुन् । फिल्मका ९० प्रतिशत फाइटका दृष्यहरु वास्तविक भएको बताइन्छ । फिल्ममा अभिनेत्री श्रद्धा कपूर प्रहरीको भूमिकामा देखिंदैछिन् ।

साहोलाई एक्सनमात्र होइन, मनोरञ्जनले भरिपूर्ण समेत बताइएको छ । एउटा फिल्मलाई ब्लकबष्टर बनाउनका लागि आवश्यक सम्पूर्ण मसला यो फिल्ममा समावेश गरिएको बताइन्छ । यो फिल्ममा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डे आदि कलाकारहरु पनि प्रमुख भूमिकामा छन् ।

साहो यही वर्षको अगष्ट १५ का दिन प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी भाषाका अतिरिक्त तमिल तथा तलुगू भाषामा पनि प्रदर्शन हुनेछ ।

साहोसंगै १५ अगष्टका दिन मिशन मंगल तथा बाटला हाउस पनि प्रदर्शन  हुँदैछन् । तीनै वटा फिल्महरु भिन्दा-भिन्दै कन्टेन्टमा आधारित छन् । अब हेर्नुछ, बक्स अफिसमा ती तीन मध्ये कुन चाहिं फिल्मले बाजी मार्छन् ?

Continue Reading…

पौडी खेल्ने क्रममा डुबेर भोजपुरमा २ जनाको मृत्यु

१ साउन, भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–२ स्थित यूँमा पोखरीमा डुबेर मंगलबार २ जनाको ज्यान गएको छ ।

आमचोक–१, वासिङ्गथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

Continue Reading…

सय शैय्याको प्राकृतिक चिकित्सालय बनाउँदै विन्ध्यवासिनी

१ साउन, पोखरा । पोखरामा करिब ०५४/५५ सालसम्म प्राकृतिक चिकित्सालय थियो, सीमपानीमा । डा चन्द्रकान्त सुवेदीले व्यक्तिगत रुपमा बनाएको उक्त चिकित्सालय त्यतिबेला पोखरामा प्रभाव जमाउन नसकेपछि नवलपुर सर्‍यो ।

भएको प्राकृतिक चिकित्सालय अन्तै सरेपछि प्राकृतिक चिकित्सा विधिमा रुचि भएका पोखरेलीलाई नवलपुर पुग्नुपर्छ । अहिले पनि कैयौं पोखरेली प्राकृतिक उपचारविधि खोज्दै नपवलपुर पुग्ने गरेका छन् । पोखरामै पुनः प्राकृतिक चिकित्सालय खोल्न उनीहरुले माग पनि गर्दै आइरहेका थिए ।

सीमपानीमा भएको प्राकृतिक चिकित्सालय नवलपुर पुगेको करिब १ दशकपछि पोखरामा फेरि प्राकृतिक चिकित्सालय खुल्ने भएको छ । पोखरामा रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय बनाउने भएको छ । १ वर्षभित्रै सेवा दिने गरी मंगलबार चिकित्सालयको उद्घाटन पोखरा महानगरका मेयर मानबहादुर जिसीले गरेका हुन् ।

पोखरा १ नदीपुरमा रहेको विन्ध्यवासिनी धार्मिक गुठीको २१ रोपनी जग्गामा चिकित्सालय बन्ने भएको हो । आधुनिक चिकित्सा विधामा आधारित रहेर ल्याबसहिकतको प्राकृतिक चिकित्सालय बनाउन लागिएको समितिले जनाएको छ । ल्याबको अनुमानित लागत २६ करोड छ ।

चिकित्सालय २ चरणमा बन्ने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । उनले पहिलो चरणमा सय शैय्याको चिकित्सालय बनाउने र बाँकी शैय्या पछि थप्दै जाने जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा करिब १५ करोड लाग्ने अनुमान गरेका छौं । पछि ३ सय शैय्यासम्म बढाउने गरी योजना बनाएका छौं ।’

सचिव श्रेष्ठले चिकित्सालयमा दीर्घ तथा सरल पद्धतिबाट विभिन्न रोगको उपचार हुने जानकारी दिए । उनले भने, ‘यसमा विभिन्न प्राकृतिक उपचार विधि अपनाइन्छ । पञ्चकर्म पद्धति, थेरापी, वाष्प स्नान, माटो लेपन उपचार लगायत विधिबाट उपचार हुन्छ ।’ चिकित्सालय बनाउन प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ । सचिव श्रेष्ठले चिकित्सालय बनाउन दाताहरुको खोजी पनि सँगसँगै भइरहेको सुनाए ।

चिकित्सालय सञ्चालनका जिम्मा लिएका डा विनोद गौतमले बन्न लागेको चिकित्सालय अस्पताल नभई जीवन जिउन सिकाउने विद्यालय हुने बताए । उनले भने, ‘चिकित्सालय भन्ने वित्तिकै धेरैले कस्तो होला ? के होला ? भन्ने जिज्ञासा राख्नु भएको छ । यो अस्पताल भन्दा पनि जीवन जिउज सिकाउने विद्यालय हुनेछ ।’ उनले प्राकृतिक चिकित्सालय औषधिविहीन चिकित्सालय भएको बताए ।

गौतमले प्राकृतिक उपचार पद्धतिबारे आम मान्छेमा गलत धारणा रहेको सुनाए । उनले पहिले सबै ठूला अस्पताल धाउने र अन्तिममा मात्रै प्राकृतिक उपचार विधि लिन आउँदा समस्या थपिने गरेको बताए । ‘सबैतिर धाइसकेपछि बल्ल प्राकृतिक चिकित्सालय जाने मान्यता छ । यो एकदम गलत हो । प्राकृति चिकित्सालयमा सुरुमै उपचार गरे रोगव्याधीबाट छुटकारा पाउन सकिन्छ,’ उनले भने ।

सर्ने रोग करिब न्युनीकरणकै अवस्थामा पुगिसकेपछि पनि हाल नसर्ने दीर्घ रोग प्रमुख समस्याका रुपमा देखा परिरहेको गौतमले दाबी गरे । ‘नसर्ने रोगको प्रमुख समस्या नै हाम्रो अव्यवस्थित जीवनशैली हो । यसलाई अन्त्य गर्न पनि प्राकृतिक चिकित्सालय अत्यावश्यक छ,’ उनले भने । उनले प्राकृतिक चिकित्सालयमा उपचार गर्न विदेशीको बाक्लो उपस्थिति रहने हुनाले स्वास्थ्य पर्यटनलाई पनि प्रवद्र्धन हुने दाबी गरे ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले चिकित्सालय बनाउन प्राविधिक सहयोग गर्ने बताए । उनले भने, ‘चिकित्सालय ६ महिनामै तयार होस् । महानगर यसमा प्राविधिक सहयोग गर्नेछ ।’ उनले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले उल्लेखनीय र प्रशंसायोग्य काम गरिरहेको बताए ।

पोखरा १ वडाध्यक्ष शारदा पराजुलीले चिकित्सालयलाई पोखराकै गौरवको योजना भएको दाबी गरिन् । उनले भनिन्, ‘विन्ध्यवासिनीले पोखराको अस्तित्व र सम्भावना बोकेको छ । चिकित्सालय बनाउन थालेर यसले गौरवको योजना पनि सुरु गरेको छ ।’ उनले विन्ध्यवासिनी क्षेत्रलार्ई व्यापारीकरण नगर्नका लागि समेत रहन समितिलाई सुझाव दिइन् ।

Continue Reading…

नेकपा संगठन विभागमा प्रचण्ड गल्दा बामदेवलाई धोका, मुख्य विभागमा प्रभावशाली नेताको आँखा

काठमाडौं । लामो रस्साकस्सीपछि नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंग्गो लगाएपनि पार्टीका प्रभावशाली विभागमा भने सहमति जुट्न अझै सकेको छैन । पार्टी एकताको १४ महिनापछि नेकपाले एकताका महत्वपूर्ण कामहरु सकिसकेको छ । तर पार्टीका मुख्य विभागमा प्रभावशाली नेताहरुको चाहना बाझिएपछि टुंगो लाग्न नसकेको हो ।

विभागमा सवैभन्दा पेचिला ंसंगठन विभाग बनेको छ । संगठन विभागमा तीन शीर्ष नेताको चाहना बाझिएपछि पेचिलो बनेको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली महासचिव विष्णु पौडेललाई संगठन विभाग प्रमुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिनुपर्ने पक्षमा छन् ।

केही समयअघि पूर्वमाओवादीभित्र विभाजन ल्याउन प्रधानमन्त्री ओलीले संगठन विभागको प्रमुखमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रस्ताव गरेका थिए । तर बादलले पार्टी महासचिव भएका कारण संगठन विभागको जिम्मेवारी पौडेलेले नै लिनु पर्ने बताएपछि ओलीलाई सजिलो भएको छ । तर ओलीको चाहनालाई दाहाल र नेपालले स्वीकार गरिसकेका छ्रैनन् ।

तीन दिनसम्म लगातार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष, महासचिव पौडेल र सचिवालय सदस्य बादलबीच सम्वाद भएको थियो । सम्वादमा अन्य पदमा टुंगो लागेपनि संगठन विभागमा भने टुंगो लागिसकेको छैन । तर संगठन बिभागमा अध्यक्ष प्रचण्ड केही लचिलो बनेका छन् । दाहाल लचिलो बनेपछि फेरी बामदेव गौतममाथी धोका हुने भएको छ ।

दाहाल र नेपालले जिम्मेवारी नपाएका नेतालाई संगठन बिभागको जिम्मेवारी दिनुपर्ने भन्दै गौतमको नाम लिएका थिए । गौतमका पक्षमा नेपाल उभिएपनि दाहल भने गलेका छन् । उनी पछिल्लो समय संगठन विभागको प्रमुख महासचिव पौडेललाई दिन सहमत भएको बालुवाटार स्रोतले बताएको छ । तर महासचिव पौडेल भने आर्थिक विभागको जिम्मेवारी लिने पक्षमा छन् ।

पाटीको विदेश बिभाग, स्कुल विभाग, प्रचार विभाग, आर्थिक बिभागमा पार्टीका प्रभावशाली नेताले आँखा लगाएका छन् । विदेश बिभागमा बरिष्ठ नेता माधव नेपाललाई दिने यसअघि नै सहमति भइसकेको छ भने स्कुल विभागमा सचिवालय सदस्य इश्वर पोखरेलले चासो देखाएका छन् । त्यसैगरी प्रचार बिभागमा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

Continue Reading…

तपाईंको बच्चाको उचाइ त ठीक छ ?

आजको युगमा आफ्ना सन्तानको शारीरिक उचाइ अर्थात हाइट धेरै होस् भन्ने चाहाना कुन आमा-बुबाको हुँदैन होला ?

आफ्ना सन्तान अरुको अगाडि अग्लो देखियोस् भन्ने चाहाना त सबैको हुन्छ । तर चाहेर पनि कति अभिभावकले आफ्ना सन्तानको हाइट अग्लो बनाउन सकिरहेका हुँदैनन् ।

धेरै जसो बच्चाको हाइट उनीहरुका आमा-बुबाको अनुसार नै हुन्छ, जसलाई हामी बंशाणु (जेनेटिक) गुण भन्छौ । तर कहिलेकाहिं अग्ला आमा-बुबाका सन्तान पनि होचा हुने समस्या हुन्छ, जसको कारण हो हार्मोन ग्रोथ नहुनु ।

आफ्ना बच्चाको उमेर अनुसार हाइट नबढ्नु अहिलेको अभिभावकमा चिन्ताको बिषय बनेको छ । त्यसो त केटाको हाइट २५ वर्षसम्म र केटीको हाइट १८ वर्षसम्म बढ्छ भन्ने आम मान्यता रहँदै आएको छ ।

कम हाइटका कारण बच्चाको व्यवहार पनि परिवर्तन हुन सक्छ । कम हाइट भएका बच्चाले अरुको अगाडि आफुलाई कमजोर सोच्न थाल्छन् । बच्चामा हाइट कम हुनाले उनीहरुको व्यवहारमा चिढचिढापन आउन थाल्छ । यदि तपाईको बच्चाको पनि उमेर अनुसार हाइटमा बृद्धि भएको छैन भने यि कुराहरुमा ध्यान दिनुहोस् ।

व्यायाम आवश्यक

बच्चालाई बिहान व्यायाम गराउन अति नै आवश्यक छ । बच्चा बिहान उठ्न गाह्रो मान्नु स्वभाविक नै हो, तर आफ्नो बच्चाको राम्रो स्वस्थको लागि अभिभावकको पनि केहि दायित्व हुन्छ । बच्चालाई डोरि खेल्न लगाउने, उर्फने र दौडने जस्ता व्यायामहरु गराउन सकिन्छ । बच्चाको राम्रो शारीरिक विकासका लागि साइक्लिङ पनि आवश्यक छ । आफ्ना बच्चाहरुलाई बिहान-बेलुका केही समय साइक्लिङ गराउनु उपयुक्त हुन्छ ।

खानपानमा ध्यान दिनुपर्छ

बच्चाले गर्ने खानपानले उसको शारीरीक विकास संग-संगै मानसिक विकासमा पनि प्रभाव पर्छ । तपाईको बच्चाको खानपान राम्रो छ भने उसको हाइट त बढ्छ नै, साथै उ स्वस्थ र एक्टिभ पनि देखिन्छ । त्यसैले बच्चाको बाल्यवस्थाबाट नै खानपानमा ध्यान दिनु पर्छ । बच्चालाई कस्ता किसिमका खानेकुरा दिने बारेमा केही जानकारीः

-बच्चलाई चना भिजाएर खान दिनुहोस् । चनालाई त्यसै खाँदा मीठो लागेन भने प्याज र गोलभेडा मिसाएर टिफिन पनि पठाउन सक्नु हुन्छ ।

-दुध र दुधबाट बनेका चीजहरु बच्चालाई खान दिनुहोस् जस्तै दही, ध्यु, पनीर इत्यादि । दुधमा क्याल्सियमको मात्रा धेरै हुने भएकोले हड्डी बलियो बनाउनुको साथै हड्डीको विकास पनि हुन्छ ।

-बच्चाको विकासको लागि भिटामिन डी पनि अति आवश्यक हुन्छ । भिटामिन डीको लागि बिहान र साँझको घाम राम्रो मानिन्छ । तपाई बच्चालाई बिहानको घाम राख्न सक्नुहुन्छ, यसले बच्चालाई भिटामिन डी प्राप्त हुन्छ । त्यस्तै बच्चाको खानामा मसरुम, पनीर, भटमास, बदाम र सुन्तला समावेश गर्न सक्नु हुन्छ ।

-बच्चालाई अण्डाको पहेंलो भाग र हरीयो सागपात पनि खान दिनु पर्छ ।

पर्याप्त निद्रा आवश्यक

शरीर विकासको लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । सुतेपछि हाम्रो शरीरको ग्रोथ हार्मोनले राम्रो काम गर्छ । त्यसैले बच्चालाई सुताउनु अगाडि यी कुराहरुमा ध्यान दिनु आवश्यक छः

-राम्रो निद्राको लागि बच्चालाई खुकुलो कपडा लगाईदिनु पर्छ ।

-सुत्नु अगाडि हात मुख धुवाएर मात्र सुताउनु पर्छ ।

-पर्याप्त निद्राका लागि ओछ्यान सफा र आरामदायक हुनु पर्छ ।

Continue Reading…

फर्छ्योट भएनन् गोरखा अदालतका २५९ मुद्दा

१ साउन, गोरखा । चालु आर्थिक वर्ष ०७५/७६ मा २५९ मुद्दा फछ्र्याेट हुन नसकेको जिल्ला अदालत गोरखाले जनाएको छ । अघिल्लो आर्थिक वर्षको बाँकी ९३ र यस वर्ष दर्ता भएको ४७७ मध्ये २५९ मुद्दा फर्छ्योट हुन नसकेको हो ।

‘गत वर्ष ९३ मद्दा फर्छ्योट हुन बाँकी थियो,’ जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले भने, ‘यस वर्ष ४७७ नयाँ दर्ता भए । यीमध्ये ३ सय २१ मद्दा फर्छ्योट भएको छ ।’

देवानीतर्फको २ सय १४ मुद्दा फर्छ्योट भएका छन् । ‘देवानीतर्फ ३ सय ३३ नयाँ र गत वर्षको ५२ गरी कुल ३ सय ८५ मुद्दा थिए, त्यीमध्ये १ सय ७१ फर्छ्योट हुन सकेन,’ अधिकारीले भने ।

त्यस्तै, फौजदारीतर्फ ५४ मुद्दा फर्छ्योट भएका छन् । नयाँ ५० र गत वर्षको २८ गरी कुल ७८ मुद्दा रहेका थिए । २४ मुद्दा यस वर्ष फर्छ्योट हुन नसकेको जिल्ला अदालतले जनाएको छ ।

सरकारवादी फौजदारीतर्फको १ सय ७ मध्ये ५३ वटा मुद्दा फर्छ्योट भएको जिल्ला न्यायाधीश अधिकारीले बताए । गत वर्ष फर्छ्योट नभएका १३ मुद्दा थिए । यस वर्ष ९४ मुद्दा दर्ता भएको हो । १८ महिना नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको उनले जानकारी दिए ।

देवनीतर्फ सम्बन्धविच्छेद, जग्गा खिचौला, अंशलगायतका मुद्दा पर्छन् । फौजदारीअन्तर्गत कुटपिट, ठगी, लुटपाटलगायतका मुद्दा पर्ने जिल्ला न्यायाधीश अधिकारीले बताए । त्यस्तै, सरकारवादी फौजदारी तर्फ ज्यान मार्ने, जवरजस्ती करणी, बहुविवाहजस्ता मुद्दा पर्छन् ।

Continue Reading…

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

१ साउन, काठमाडौं । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।

१८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा खेद प्रस्ताव २४० मतले पारित भएको बीबीसीले जनाएको छ । यसबाट के बुझिन्छ भने ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि उनीविरुद्धको प्रस्तावको पक्षमा भोट दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदहरुविरुद्ध ट्वीटरमा कडा टिप्पणी गर्दै अमेरिका छोड्न भनेका थिए । त्यसको व्यापक आलोचना भइरहेको छ । खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको छ । यद्यपि ट्रम्पले त्यसलाई नश्लवादी नभएको जिकीर गर्दै आएका छन् ।

सोमबार आयोजित एक प्रेस कन्फरेन्समा ट्रम्पले भनेका छन्, ‘म नश्लवादी होइन । मेरो कुरालाई गम्भीर रुपमा नलिनु होला ।’

Continue Reading…

प्रदेश २ को बजेट सर्वसम्मतले पारित

१ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मतिका आधारमा बजेट पारित गरेको हो ।

प्रदेश १ सरकारले गत असार १ रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो ।

सरकारले प्रस्तुत गरेको विधेयकउपर प्रतिपक्षी सांसदहरुले उठाएको सवालमा मुख्यमन्त्री लालबाबु राउतसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएपछि बजेट सर्वसम्मतिले पारित भएको हो ।

मंगलबार संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा मन्त्रीहरुले जे गरे पनि आगामी दिनमा सांसदहरुको सहभागितामा बजेट खर्च गर्ने प्रतिवद्वता जनाए । उनले आगामी दिनमा सबै सांसदको रोहवरमा बजेट खर्च हुने बताएपछि सत्तासीनका साथै प्रतिपक्षी सांसदहरुले सहमति जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद् शिवचन्द्र चौधरी र नेकपाकी सदस्य सीता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तापक्षको आग्रहपछि उनीहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश सरकारले यसपटक निर्वाचित सांसदले रु ३ करोड र समानुपातिक सांसदले रु १ करोडका दरले पाउने गरी बजेट ल्याएको छ । यसमध्ये निर्वाचित सांसदले रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रमअन्तर्गत पाउने भएका छन् ।

यस्तै, समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने भएका छन् । यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् । प्रदेश २ मा ६४ जना समानुपातिक र ४१ जना समानुपातिक गरी १०७ जना सांसद छन् ।

Continue Reading…

वीपी राजमार्गमा शव बरामद

१ साउन,  बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । वीपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् ।

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१ प ३०५४ नम्बरको स्कुटर ठीक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घटना सडक दुर्घटना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Continue Reading…

अनलाइनमा पोर्न हेर्नु पृथ्वीको लागि खतरा !

काठमाडौं । अनलाइनमा पोर्न सामाग्रीहरु हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ । विश्वभर अनलाइनमा हुने पोनोग्राफीको स्टि्रमिङ्गका कारण युरोपेली देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन हुने गरेको छ ।

अर्थात् बेल्जियमले जति कार्बन डाइअक्साइड उत्पादन गर्दछ, विश्वभर हुने पोनोग्राफी स्ट्रिमिङ्गबाट पनि त्यति नै मात्रामा पोनोग्राफीको उत्सर्जन हुने गरेको छ ।

फ्रान्सस्थित थिंक ट्याङ्क द शिफ्ट प्रोजेक्टले हालै सार्वजनिक गरेको रिपोर्टले यो तथ्यको खुलासा गरेको हो । यो वर्षको सुरुवातमा द शिफ्ट प्रोजेक्टले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व कार्वन उत्सर्जनको ४ प्रतिशत हिस्सा डिजिटल टेक्नोलोजीले ओगटेको जनाएको थियो । यो दर सन् २०२५ सम्ममा वृद्धि भई ८ प्रतिशत पुग्नेछ ।

अनलाइन भिडियोका कारण कार्बन उत्सर्जन

पछिल्लो पटक थिंक ट्याङ्कले अनलाइन भिडियोका कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ ।

यसका लागि शोधकर्ताहरुले फोन तथा टेलिभिजनदेखि अन्य खाले डिजिटल डिभाइससम्म भिडियो डाटा पुर्‍याउन खर्च हुने बिजुलीको परिमाणको आँकलन गरे । तत् पश्चात् कूल उत्सर्जन अनुमान गर्नका लागि विद्युत उत्पादनबाट हुने कार्बन उत्सर्जनको विश्वव्यापी औसत निकाले ।

हरेक वर्ष भैरहेको छ वृद्धि

अनुसन्धानको नेतृत्व गरेका कम्प्युटर मोडलिङका जानकारी इन्जिनियर म्याक्सिम एफू हेस्सका अनुसार डिजिटल प्रविधिका कारण विश्वमा ऊर्जाको खपतमा वार्षिक ९ प्रतिशतले वृद्धि भैरहेको छ र विश्वमा हुने डाटा फ्लोको ६० प्रशित अनलाइन भिडियोमार्फत आउँदछ ।

उक्त रिपोर्टमा स्काइपी तथा यस्तै अन्य भिडियो सर्भिसहरुलाई भने समावेश गरिएको छैन । यदि त्यसलाई पनि सामेल गर्ने हो भने विश्वको डाटा फ्लो ६० प्रतिशतबाट बढेर ८० प्रतिशतमा पुग्दछ ।

हाई रिजोलुसन सामाग्रीबाट नोक्सानी

एट के रिजोलुसन तथा अन्य हाई क्वालिटी भिडियोका कारण कार्बन उत्सर्जनमा झनै बढोत्तरी हुनेछ । त्यस्तै न्ययनभि क्तबमष्ब जस्ता गेम स्टि्रमिङ्ग सर्भिसले पनि कार्बन उत्सर्जनको अवस्थालाई झनै खराब बनाउनेछन् ।

केही सुझाव

द शिफ्ट प्रोजेक्टले कार्बन उत्सर्जन कम गर्नका लागि केही सुझाव पनि दिएको छ । यसका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको अनलाइन भिडियोहरुको अटो प्लेलाई बन्द गर्नु हो । साथै आवश्यकता पर्दा मात्रै एचडी क्वालिटीमा भिडियो खोल्ने ।

अहिले केही डिभाइसहरु यस्ता छन् कि जसमा मानिसको आवश्यकताभन्दा पनि हाई रिजोलुसन डिस्प्ले हुन्छ । त्यसैले आवश्यकता पर्दा मात्रै उच्च रिजोलुसनमा भिडियो स्टि्रमिङ्ग गर्ने गर्नुपर्दछ ।

परिवर्तन आवश्यक

शोधकर्ताहरुले ग्लोबल भिडियो ट्राफिक पत्ता लगाउनका लागि सिस्को तथा कबलखष्लभ द्वारा जारी सन् २०१८ को एक रिपोर्टलाई आधार मानेका थिए ।

शोधकर्ताहरु भन्छन्, ‘जलवायु परिवर्तन तथा पृथ्वीको सीमालाई हेरेर पोर्न, टेलिमेडिसिन, नेटफि्लक्स तथा इमेलको पक्ष विपक्षमा बाँडिन खोजेको होइन । तर अनावश्यक चिजहरुको अधिक प्रयोगलाई कम गरेर अन्य आवश्यक चिजहरुलाई कसरी बचाउने भन्ने चुनौति चाहिँ हाम्रो सामु अवश्य रहेको छ ।’

-एजेन्सी

Continue Reading…

गरीव तथा विपन्नको बजेटमा मन्त्रीका स्वकीय र सिडिओले कोट सिलाए

काठमाडौं । गरीव तथा विपन्न बर्गका लागि छ्ट्याइएको बजेटमा मन्त्रीका स्वकीय सचिवदेखि प्रमु्ख जिल्ला अधिकारीले कोट सिलाइएका छन् । हुम्लाका गरीव तथा विपन्न बर्गलाई लक्षित गरी आयआर्जनकाको तालिम सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले रकम विनियोजित गरेको थियो । त्यही बजेटबाट मन्त्रीका स्वकीय सचिवदेखि प्रमुख जिल्ला अधिकारीसम्मले कोट सिलाएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले २०७५, ०७६ का लागि दिएको नियमति बजेतबाट कोट सिलाइएको हो । गरीव तथा विपन्न बर्गको तालिमका लागि सुर्खेतबाट प्रशिक्षक बोलाइएको थियो । प्रशिक्षक हुम्ला पुगेका पनि थिए ।

तर तालिमको रकम कोट सिलाएर सकिएको छ । कोट सिलाउने कपडा घरेलु कार्यालयले किनेको थियो भने सामाजिक विकास मन्त्रीका स्वकीय सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखले कोटका लागि नाप दिए । र कोट तयार पनि भयो ।

तर तालिममा सहभागी भएकाहरुले बजेटमा अनिमितता भएको भन्दै विरोध गरेभने पत्रकारले सूचना पाएपछि सिलाइएका कोट पनि उनीहरुले लिएका छैनन् ।

Continue Reading…

सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई नयाँ गाडी

१ साउन, काठमाडौं । आज पत्रिकामा फरक-फरक समाचार प्रकाशित भएका छन् । कान्तिपुर दैनिकमा असार महिनामै साढे २ खर्ब बजेट सरकारले सकेको समाचार छ । नागरिक दैनिकमा सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई सरकारले नयाँ गाडी उपलब्ध गराएको समाचार छ ।

मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ भएको र खर्च भएको बजेटको करिब २४ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ असारमै सकिएको कान्तिपुरले लेखेको छ ।

विकासतर्फको कुल पुँजीगत खर्चमध्ये ३५ प्रतिशत असारमै सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले असार अन्तिम साताको एकै दिनमा ३२ अर्ब रुपैयाँ खर्चिएको छ । असार २६ गते सबैभन्दा बढी अर्थात ३२ अर्ब, २९ गते ३१ अर्ब र ३० गते २४ अर्ब रुपैयाँसम्म खर्चियो ।

कान्तिपुर लेख्छ- यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत् संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सकेन । त्यसमा १२ प्रतिशतले राजस्व संकलन कम भयो ।

कान्तिपुरले नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देश साउदी अरब, यूएई, ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको समाचार पनि छापेको छ । आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६.९५ प्रतिशतले कम भएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले संघीय संसदअन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्काउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको समाचार छापेको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ । सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको समाचारमा उल्लेख छ ।

नागरिकमा विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लगाएका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको समाचार पनि छ ।

राजधानी दैनिकले सीटीईभीटीबाट तालिम लिएर पाँच लाख प्राविधिक जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार हुने गरेका समाचार छापेको छ । राजधानीमै न्याय प्रणाली सुधार्न सर्वोच्च अदालतले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको समाचार पनि छ । योजनाअनुसार ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्नैपर्ने समाचारमा उल्लेख छ ।

Continue Reading…

टिकटकमा भुल्ने कर्मचारीको तलब कटौती

काठमाडौं । टिकटकका बारेमा अनेक खालका समाचार आइरहन्छन् आज भोलि । अहिले फेरि यस्तो खबर आएको छ कि त्यो सुन्नुभयो भने तपाईं सायद अब अफिसमा टिकटकको प्रयोग नगर्ने प्रण गर्नुहुनेछ ।

घटना भारतको हो । तेलंगानाको खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएको र अरु सोसल मिडिया एप चलाएर समय बिताएको आरोपमा तलब कटौती गर्ने तथा सरुवा गरेर कारवाही गरेको छ ।

निगम प्रमुखले करारमा भर्ना गरिएका ११ जना कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश दिएका हुन् । यस्तो कारवाही भोग्ने कर्मचारीमा महिला र पुरुष दुवै छन् ।

उनीहरुलाई कार्यालय समयमा सोसल मिडियामा च्याट गरिरहेको तथा टिकटकमा भिडियो रेकर्ड गरिरहेको बेला पटक पटक फेला पारिएको थियो । साथै ती कर्मचारीले टिकटकमा अपलोड गरेका भिडियोहरु सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो । एजेन्सी

Continue Reading…

अन्तिम तीन दिनमा ७६ अर्ब २१ करोड विकास बजेट भूक्तानी, ४६ हजार चेक काटियो

काठमाडौं । आर्थिक बर्षको अन्तिम तीन दिनमा कुल बिकास बजेटको २४ प्रतिशत रकम खर्चको भएको छ । कानुनले नै बंचित गरेको समयमा पनि धमाधम विकास बजेट खर्च गरियो । महालेखा परीक्षकको कार्यालयका अनुसार मंगलबार साँझसम्म बर्षभरी कुल विकास बजेटको १० खर्व ८२ अर्ब, ८५ करोड विकास खर्च भएको छ ।

बर्षभरी खर्च भएको १० अर्ब ८२ अर्ब, ८५ करोड विकास बजेट मध्ये असार महिनामा मात्र २ खर्व ५६ अर्ब ४० करोड ५३ लाख बजेट खर्च भएको छ । अघिल्ला बर्षभन्दा यो बर्ष अन्तिममा विकास बजेट धेरै खर्च भएको छ । अन्तिम खर्च हुने बजेटले संस्थागत भ्रष्टाचार निम्त्याउने बिज्ञहरु बताउँछन् । यो बर्षपनि विकास बजेट असारे भेलमा बगेको छ ।

असारको अन्तिम तीन दिनमा निकै ठुलो बजेट खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अन्तिम तीन दिनमा ७६ अर्ब २१ करोड रकम भूक्तानी भएको छ । अन्तिम तीन दिनमा भूक्तानी दिन ४६ हजार चेक काटिएको छ भने मध्यरातसम्म विकासे अड्डा र बंैकहरु खुल्ला रहे । रातदिन लागेर विकासे बजेल असारे भेलमा बगाइएको छ । नियमन गर्ने निकाय कमजोर भएका कारण भ्रष्टाचार संस्थागत हुन थालेको छ ।

कुल बिनियोजित १३ खर्व १५ अर्बमध्ये १० खर्व ८२ अर्ब, ८५ करोड खर्च भएको छ । कुल बजेटको ८३ प्रतिशत रकम खर्च भएको छ ।

Continue Reading…

Monday, July 15, 2019

ललितपुरका बाढीपीडित भन्छन्- ढुङ्गेयुगमा पुगेको महसुस भएको छ

३१ असार, ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् ।

यसैगरी ग्वार्को किष्ट अस्पताल नजिक पर्ने महानगरपालिका र महालक्ष्मी नगरपालिका जोड्ने पुलमा पानी बग्ने निरन्तरतामा बाधा पर्दा यहाँका ४०० घर डुबानमा परी करीब एक हजारदेखि एक हजार २०० मानिसको जीवन प्रभावित भएको महालक्ष्मी–४ का वडाध्यक्ष लक्ष्मण रोक्काले जानकारी दिए ।

गोदावरी नगरपालिकाभित्र कुनै मानवीय क्षति भएको छैन तर वडा नं‍. ७ देवीचौरका १२ घरपरिवार पहिरोमा परी विस्थापित भएका छन् । देवीचौरका १२ घरपरिवारलाई त्यहाँ गएर खाद्यान्न वितरण गरिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

दक्षिण ललितपुरका वनपाखामा डोजर लगाएर सडक निर्माण गरेका कारण यहाँ बढी क्षति भएको स्थानीयवासीको भनाइ छ । तीन दिनदेखि यातायात सडक अवरुद्ध भएका कारण टीकाभैरवदेखि तीनपाने भञ्ज्याङसम्म १३ किलोमिटरको सडक खुलाइएको वाग्मती गाउँपालिकाका वडाध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । लोप्चनले भने, ‘यहाँ दुई जनाको मृत्यु भएको छ, सडक अवरुद्ध भएका कारण कति घर पहिरोमा परे भन्ने तथ्याङ्क सङ्कलन गर्न मिलेको छैन ।’

सो गाउँपालिका वारपार गर्ने मुख्य सडक कान्ति लोकपथ पूरै ठप्प भएको लोप्चनले जानकारी दिए । हेलिकप्टरबाट बिरामी काठमाडौँ ल्याउनुपर्ने बाध्यता भएको बताउँदै लोप्चनले भने, ‘सामाजिक सञ्जाललगायत टेलिफोन सेवा अवरुद्ध भइ ढुङ्गेयुगमा पुगेको महसुस भएको छ ।’

कोञ्ज्योसोम गाउँपालिकाको अवस्था अन्य सरह एकदमै नाजुक बनेको छ । यहाँ दुई जनाको मृत्यु भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सडक दुई दिनपछि खुलाउने योजनामा अघि बढेको गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए ।

महाँकाल गाउँपालिकाभित्र पानी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । सो गाउँपलिकाभित्रको विद्युत् प्रवाहमा समस्या परेका कारण कोहीकसैसँग सम्पर्क गर्न सकिएको छैन । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक रामकृष्ण सापकोटाका अनुसार दक्षिण ललितपुरका मानिस पैदलयात्रा गरी चापागाउँ बजार आउने क्रम दिनानुदिन बढेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीका अनुसार गोदावरीमा १२ थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ । त्यसैगरी कोञ्ज्योसोममा ३० थान र महाँकाल अनि वाग्मतीमा २०–२० थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ ।

Continue Reading…

बाढीपीडितलाई खाना र  पीउने पानीको समस्या

३१ असार, महोत्तरी । महोत्तरीमा वर्षा र बाढीमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । जलेश्वर नगरपालिका ८ बझराहीका प्रशान्त ठाकुरको शव सोमबार फेला परेपछि जिल्लामा मृतकको संख्या चार पुगेको हो ।

यसअघि गत शुक्रबार रातु खोलाको बाढीले बगाएका बलवा नगरपालिका २ का ७० वर्षीय हनिफ बैठाको शव आइतबार साँझ नै फेला परेको थियो ।

त्यसैगरी सोनमा गाउँपालिका १ मा वर्षाको जमेको पानीमा डुबेर ६ वर्षीय अजरुदिन नदाफ र ५ वर्षीय इन्तफाक नदाफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबार शव भेटिएका प्रशान्तसँगै बगेका जलेश्वर नगरपालिका ८ का १३ वर्षीय युवराज ठाकुर भने अझै बेपत्ता रहेका छन् । उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।

त्यस्तै जिल्ला विपद व्यवस्थापन समिति महोत्तरीले वर्षाको कारण बालबालिकाहरु असुरक्षित रहेको भन्दै अभिभावकहरुलाई सुरक्षित रुपमा ध्यान दिन समितिले अनुरोध गरेको छ ।

त्यस्तै वर्षा नरोकिएको कारण महोत्तरीमा बाढी प्रभावित थप समस्यामा परेका छन् । दैनिक खाद्यान्न, खानेपानीको समस्या रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

खाना र  पीउने पानीको सबैभन्दा बढी समस्या

जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिका, बर्दिवास नगरपालिका, लोहरपट्टी नगरपालिका र महोत्तरी गाउँपालिका, एकडारा, पिपरा लगायतका बासिन्दा सबै भन्दा बढी प्रभावित भएका छन् । प्रभावित स्थानहरुमा दैनिक खाना र  पीउने पानीको सबैभन्दा बढी समस्या छ । बाढीले खानेपानीको स्रोत डुबाएको कारण खानेपानीको सबैभन्दा बढी अभाव भएको छ ।

बाढीको कारण महोत्तरीमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीको कटान र डुबानले ४० हजार परिवारका दुई लाख स्थानीय प्रभावित भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । तथ्यांक संकलनको कार्य भैरहेकाले प्रभावितको संख्या अझै बढ्नसक्ने उनले बताए ।

Continue Reading…

एक वर्षअघि धनुषामा भएको डकैतीमा संलग्न ३ जना पक्राउ

३१ असार, जनकपुरधाम । एक वर्ष अगाडि धनुषामा भएको डकैतीमा संलग्न तीन जना पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा हातहतियारसहित डकैती गर्नेमध्ये एक जना पछिल्लो पटक धनुषाकै मिथिला नगरपालिका ६ ढल्केबरबाट पक्राउ परेका छन् । अन्य दुई जना यसअघि नै पक्राउ परिसकेका थिए ।

पछिल्लो पटक पक्राउ पर्नेमा सर्लाहीको साविक नोकैलवा गाविस ६ बस्ने ४९ वर्षीय गनेरु माझी रहेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

माझीसहितका व्यक्तिहरुले २०७५ साल साउन २५ गते मिथिला नगरपालिका ८ का पुष्पलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, नवराज श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठको घरमा लाखौं धनमाल डकैती गरेका थिए । उनीहरुले एकै परिवारका चार जना श्रेष्ठ दाजुभाइको घरबाट नगद २ लाख ५० हजार, साढे ६ तोला सुनका गहना, ५६ तोला चाँदीका गहना, ६ थान मोबाइल, जग्गा जमिनको लालपूर्जा, नागरिकता, सवारी साधनको ब्लू बुकसहितका कागजात समेत लुटेका थिए ।

पेस्तोल, खुकुरी र लाठीसहित लुट्न आएकाहरुलाई समात्न खोज्दा उनीहरुले चलाएको गोली लागेर पुष्पलाल श्रेष्ठ घाइते भएका थिए ।

उक्त डकैतीमा संलग्न सर्लाहीकै चन्द्रनगर गाउँपालिका ६ का ३६ वर्षीय देवलाल कापडलाई यसअघि नै पक्राउ गरिसकिएको र उनलाई इलाका प्रहरी कार्यालय वर्दिवासको नियन्त्रणमा राखी अनुसन्धान भइरहको डिएसपी कार्कीले बताए ।

डकैतीमा संलग्न अर्काे व्यक्ति मनोज कुमार कुसवाहालाई धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुर खोलाबाट बालुवा, गिट्टी उत्खनन् गर्न आउँदा स्वचालित पेस्तोलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।

श्रेष्ठमाथि प्रहार गरिएको गोलीको खोका केन्द्रीय प्रहरी विधी विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा कुशवाहाकै पेस्तोलबाट फायर भएको देखिएको प्रहरीको भनाइ छ ।

कुशवाहा हाल पुर्पक्षका लागि जलेश्वर कारागारमा छन् । उक्त डकैतीमा संलग्न भएका अन्यहरुको पहिचान भइसकेको र खोजतलास भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Continue Reading…

प्रदेश ३ को योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

३१ असार, काठमाडौं । प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रिय समाचार समितिका अनुसार डा. देवकोटाले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेललगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आˆनो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन् ।

उनले मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेशको प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको र प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको बताएका छन् ।

Continue Reading…

सिड्नीमा गोल्ड स्टार जुत्ताको ब्यापार सुरु

सिड्नी । यसै सप्ताहान्तमा सिड्नीमा खुलेको नेपाली गोल्ड स्टार जुत्ताले शनिबार र आइतबार राम्रो ब्यापार गरेको छ । बिदाका दुई दिन ग्राहकहरुको भिड भएको र स्टोरमा  आउने नेपाली र अस्ट्रेलियन दुवै ग्राहकले नेपाली जुत्ता मन पराएको सञ्चालक प्रदीप शाह सुडीले बताए ।

शनिबार बिहान नेपाली मुलका अस्ट्रेलियन युवक प्रमेज श्रेष्ठले नेपालीको बाक्लो बस्ती भएको रक्देलमा रिबन काटेर गोल्ड स्टार जुत्ताको स्टोर उदघाटन गरेका थिए । नेपाली ब्राण्ड अस्ट्रेलियामा प्रतिस्पर्धी भएर आउनु निकै खुशीको कुरा भएको भन्दै ब्यापारमा नेपालीहरुको  प्रगतिको कामना गरे । ‘नेपालीहरु नेपालका राम्रा ब्राण्ड यहाँ ल्याएर नेपाल चिनाइ रहेका छन्,’ प्रमेजले भने । प्रमेज संघीय संसदको हालै भएको चुनावका पहिलो नेपाली उम्मेदवार हुन् ।

कार्यक्रममा अस्ट्रेलियाको पहिलो पुस्ताका नेपाली डा. नारायण प्रधानले आफूले ४० वर्षअघि अर्को नेपाली भेट्न दुई वर्ष लागेको पुरानो स्मरण गर्दै अहिले यहाँ नेपालीको संख्या बढेकोमा खुशी व्यक्त गरे ।

अर्डर अफ अस्टे्रलिया पाउने पहिलो नेपाली इन्द्रा वनले दशकौं वर्षअघि यहाँको राजनीतिमा नेपाली अघि आउने सपना मात्रै देखेकोमा अहिले संघीय चुनावको उम्मेदवार बन्नेसम्ममा  नेपाली पुगेको स्मरण गर्दै सबै क्षेत्रमा नेपाली अघि आउने विश्वास व्यक्त गरिन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नन्दु गुरुङले अस्ट्रेलियामा नेपाली उत्पादन आइपुग्नु खुशीको कुरा भन्दै सबै युवाले उद्यमशीलतामा ध्यान दिनुपर्ने बताए ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियामा सचिव देव गुरुङले नेपाली युवाहरुको उद्यमशीलता विकासमा एनआरएनले सहयोग गर्ने बताए ।

गोर्खाज हार्ली ग्रुप नामक अस्ट्रेलियाका नेपाली मोटरसाइकल चालकहरुको टीमका सदस्य सहिल शाहीले नेपाली युवा हरेक क्षेत्रमा अघि बढिरहेकोमा गौरव गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्ट्रेलियन नेपाली पत्रकार संघले अन्तर्रास्टि्रय खेलकुद पत्रकार दिवस जुलाई २ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलका सहभागी ५ जनालाई उपहार स्वरुप गोल्ड स्टार जुत्ता प्रदान गरिएको थियो । जुत्ता प्राप्त गर्नेहरुमा नारायण प्रधान, म्यारिकभिल कलबकासुमन गुरुङ र गोपाल श्रेष्ठ तथा पत्रकारको तर्फबाट फुटबल खेल्ने सहिल कार्की  र राज खनाल थिए ।

उदघाटन कार्यक्रममा उपस्थित नेपाली तथा अस्ट्रेलियनहरुलाई धन्यवाद दिँदै गोल्ड स्टार अस्ट्रेलियाका तीनजना डाइरेक्टरहरुका तर्फबाट प्रदीप शाह सुडीले भने, ‘अस्ट्रेलियामा  नेपाली उत्पादन तथा स्थापित ब्रान्डलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपालको निर्यात ब्यापारलाई सानै भएपनि योगदान गर्ने, अस्ट्रेलियाको नेपाली समाजसँग हातेमालो गर्ने र मुख्यतया नेपाललाई नबिर्सने अनि नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारबाट उदाहरण सहित टेवा पुर्याउने हाम्रो लक्ष हो ।’

उनले भने, ‘अहिले हामीसँग महिला, पुरुष र बालबालिकाका लागि जम्मा २९.९९ अस्ट्रेलियन डलरदेखि ५९.९९ अस्ट्रेलियन डलरसम्मका बिभिन्न साइज र स्टाइलका जुत्ता छन् । भबिष्यमा  खेलाडीहरुलाई पनि लक्षित गरी स्पोर्ट्स सुज पनि आयात गरिने छ भने हाम्रो समाज र हाम्रो मातृभूमिप्रतिको दायित्वलाई समेत बुझेर भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्न ‘हाइकिंग नेपाल अभियान’ पनि सञ्चालन गर्ने छौं ।

उद्योग स्थापनाको झन्डै आधा शताव्दी र गोल्ड स्टार ब्राण्ड उत्पादनको तीन दशकपछि गोल्ड स्टार अस्ट्रेलिया आइपुगेको छ । नेपाल तथा भारतका करोडौं मानिसको जीबन शैलीसँग जोडिएको गोल्ड स्टार जुत्ता अब शनिबारदेखि अस्ट्रलियाली जनताको पनि जीवन शैलीको एक अंग बनेको छ ।

नेपालमा करिब तीन हजार जनशक्तिले प्रतिदिन ७५ हजार जोर गोल्ड स्टार जुत्ताको उत्पादन गर्दछन् । अहिले झन्डै पच्चीस हजार जोर जुत्ता अस्ट्रेलिया ल्याइएको छ । यो हिसाबले नेपालको एक हजार जनशक्तिलाई एक दिनको रोजगारी दिन अस्ट्रेलियामा खुलेको स्टोर सफल भएको छ । तर अस्ट्रेलियामा झन्डै एक लाख नेपाली छन् र लाखौं अस्ट्रेलियन नेपाली ब्रान्डका उत्पादनहरुलाई माया गर्छन् ।

स्टोर सञ्चालक प्रदीपले भने- गोल्ड स्टार जुत्ताको अस्ट्रेलियामा भविष्य गोल्डेन छ ।

उदघाटन सत्र सकिएपछि गोर्खाज हार्ली नामक नेपाली मोटर साइकल चालकहरुको एक दर्जनको समूहले नेपाली राष्ट्रिय झण्डा र गोल्ड स्टारको ब्यानरसहित रक्देल, कोग्रा, हर्सभिल लगाएतका स्थानहरुमा मोटरसाइकल र्‍याली निकालेका थिए ।

गत शुक्रबार हिन्दु परम्परा अनुसार पूजाआजा गरेको गोल्ड स्टार अस्ट्रेलियाले शनिबार शो रूम उदघाटन र आइतबारदेखि आफ्नो अनलाइन बिक्री पनि सुरु गरेको छ ।

नेपालबाट गोल्ड स्टारको कन्टेनर प्रशान्त महासागरको यात्रा पार गर्दै जुन १७ मा सिड्नी आइपुगेको थियो ।

Continue Reading…

फलफूल तथा तरकारी खानुअघि ध्यान दिनैपर्ने कुरा

विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड,  आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् ।

त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ ।

आँप: अहिले आँको सिजन छ । बजारभरी थरि-थरिका आँप उपलब्ध छन् । यद्यपि, हामीले खाने ती आँपहरुलाई प्राकृतिक रुपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनु पर्छ ।

आँका पारखीहरु त्यसको रंग हेरेरै खान योग्छ छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छन् । आँपलाई जबर्जस्ती पकाउनका लागि क्याल्सियम कार्वाइड नामक विषादीको प्रयोग गरिन्छ । त्यसैले उक्त विषादीबाट बच्नका लागि हामीले काँचैं आँप किन्न सक्छौं । काँचो आँप किनेर घरमा ल्याएपछि त्यसलाई चामलको बोरा अथवा पत्रिकाले बेरेर अँध्यारो ठाउँमा राख्ने हो भने केही दिनपछि आफैं पाक्छ ।

स्याउ: हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फालिदिने हो भने  उक्त स्याउ विषादीरहित हुन्छ ।

आलु: आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एक पटक राम्ररी पखालेर पकाउनुपर्छ ।

गोलभेंडा: काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएर मात्र खानु पर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ ।

पालुङ्गो: पालुंगोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नु पर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनु पर्छ ।

गाजर: काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नु पर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुन पानीमा डुबाउन पनि सकिन्छ ।

भन्टा: बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ ।

बन्दाकोभी: बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच-छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ ।

Continue Reading…

घाटगद्दी गरिएका सालका गोलिया सामुदायिक वनबाटै गायब

३१ असार, लमही । घाटगद्दी गरेर राखिएका सालका गोलिया दाङको देउखुरीस्थित एक सामुदायिक वनबाट गायब भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहको करिब १०० क्वुफिट काठ हराएको हो ।

कर्री सामुदायिक वनका अध्यक्ष किशोरकुमार घर्तीले भने, ‘गाडिमै लोड गरेर काठ लगेको जस्तो देखिन्छ । कसले कहाँ लग्यो थाहा भएन ।’ उनले सव-डिभिजन वन कार्यालयमा रिपोर्ट गरिसकेको र थप अनुसन्धान सुरु भएको जानकारी दिए ।

जिल्ला वन कार्यालय दाङको आपूर्ति समितिलाई आर्थिक वर्ष ०७३/७४ मा सो काठ छुट्याइएको थियो । तर आपूर्ति समितिले बिक्री गर्न नसकेपछि काठ पुनः वन समितिलाई फिर्ता आएपछि उपभोक्तालाई वितरण गर्ने निर्णय गरिएको थियो । आर्थिक वर्ष ०७५/७६ को कटान काठसँगै वितरण गर्ने निर्णय गरिएको उक्त चोरी भएको हो ।

स्थानीयकै मिलोमतोमा काठ चोरी भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog