Friday, June 28, 2019

कोपा अमेरिका फुटबल: कोलम्बियालाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली अन्तिम चारमा पुगेका हुन् ।

शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुयलालाई २ ० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाका लागि १० औं मिनेटमा लौटारोमार्टिनेजले गोल गर्दै पहिलो हाफमा १ ० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा सब्सिच्युट खेलाडी जोभानी लोसेल्सोले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

अर्को क्वाटर फाइनल खेलमा साविकको विजेता चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५ ४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । कोलम्बियाका विलियम टेसिलोले पेनाल्टी मिस गरेपछि नतिजा चिलीको पक्षमा गएको थियो ।

अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog