Friday, June 28, 2019

‘परराष्ट्र नीतिमा सिंगै देश एक हुनुपर्छ, एउटै भाषा बोल्नुपर्छ’‍- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा सिंगै देश एक हुनुपर्ने बताएका छन्। परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नक्सालस्थित काठमाडौं म्यारियट होटलमा आयोजना गरेको संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन  गर्दै यस्ता बताएका हुन् ।

मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिबारे साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले सरकारले पहलोपटक शनिबार काठमाडौंमा आयोजना भइरहेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिमा सिंगै देश एक हुर्ने र एउटै भाषा बोल्नुपर्ने धारणा राखेका हुन् ।उनले भने, ‘परराष्ट्र नीतिमा सिंगै देश एक हुनुपर्छ, एउटै भाषा बोल्नुपर्छ।’

कार्यक्रम नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहभागी छन्।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog