Thursday, June 27, 2019

उपत्यकामा शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा युवतीमाथि श्रङ्खलाबद्ध रुपमा सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले ती युवालाई राति १० बजे महाराजगन्जबाट पक्राउ गरेको हो ।

रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिडेको आरोपमा पक्राउ गरेको हो।

उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्।

उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले दिउसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय उपत्यकामा सिरिञ्ज जस्तो वस्तुबाट युवतमाथि आक्रमण हुँदै आएको छ । अहिलेसम्म ५ जना युवतीहरुले आफूमाथि आक्रमण भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog