Sunday, June 16, 2019

४० हजार नयाँ शिक्षक दरबन्दी थपिदै, राहत र अनुदान शिक्षकलाई दरबन्दीमा ल्याउने तयारी

काठमाडौं । सामुदायिक विद्यालयमा बिद्यार्थी र अभिभावकको आकर्षण घटिरहेका बेला सरकारले शिक्षक दरवबन्दी थप्ने तयारी गरेको छ । विद्यार्थी संख्या घटेर कतिपय सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले ४६ हजार शिक्षक दरवबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो ।

teacher asking question with children in classroom

राहत दरवबन्दीमा रहेका शिक्षकहरुलाई श्क्षिक दरबन्दीमा रुपान्तरण गर्न लागिएको छ । २०६० सालमा एकदेखि १० सम्म ४० हजार राहत दरबन्दीमा नियुक्त गरिएको थियो भने कक्षा ११ र १२ पढाउन अनुदान कोटामा ५ हजार नौ सय ५९ जना शिक्षक राखिएको थियो । ति सवैलाई दरबन्दीमा रूपान्तरण गर्न लागिएको छ ।

शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्यायभार पर्नेछ । मुलुकभर २७ हजार ८ सय ८३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । यी सबै विद्यालयमा १ लाख ९ हजार शिक्षक दरबन्दी स्वीकृत भएको छ । सरकारी अनुदानबाट आधारभूत तहमा एक लाख २६ हजार तीन सय ७२ प्राप्त र निजी तथा स्थानीय स्रोतबाट ६६ हजार नौ सय ९२ जना शिक्षक राखिएका छन् ।

राज्यकोषलाई अर्बौं भार पर्नेगरी नयाँ दरबन्दी थप गर्नु लाजमर्दो भएको शिक्षाविद् प्राध्यापक डा।विद्यानाथ कोइराला बताउँछन् । उनी भन्छन्, ‘कुन विषयका लागि कति शिक्षक चाहिन्छ भन्ने मन्त्रालयलाई थाहै छैन । अस्थायी, राहत तथा अनुदान कोटामा भर्ती भएका शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्ने खुद्रे कार्यक्रममा मन्त्रालय लागेको छ ।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog