Saturday, June 29, 2019

स्टार्कको घातक बलिङमा न्यूजिल्याण्ड ८६ रनले पराजित

एजेन्सि । तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ ।

शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३।४ ओभरमा १५७ रनमा अलआउट भयो ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । उनले उस्मान ख्वाजा, मिशेल स्टार्क र जेसन बेहरेनडार्फलाई आउट गरे । वर्ल्ड कपमा ह्याट्रिक गर्ने उनी आफ्नो देशको पहिलो बलर पनि बने ।

जारी वर्ल्ड कपमा यो दोस्रो ह्याट्रिक हो । यसअघि अफगानिस्तानविरुद्ध मोहम्मद शमीले पनि ह्याट्रिक गरेका थिए । लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४० र रोस टेलरले ३० रन बनाए । यी दुईले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे ।

अष्ट्रेलियाका लागि मिशेल स्टार्कले ५ विकेट लिए । स्टिभ स्मिथले एक विकेट लिए । अष्ट्रेलियाका उस्मान ख्वाजाले ८८ रन योगदान गरे । एलेक्स केरी ७१ रन योगदान गरे । ख्वाजा र केरीले छैठौं विकेटका लागि १०७ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका लागि बोल्टले ४ विकेट लिए । फर्गुसन र जेम्स निसमले २(२ तथा केन विलियम्सनले एक विकेट हासिल गरे ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog