Saturday, June 29, 2019

बिरुवालाई सन्तानसरह माया गरेर हुर्काऔं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन् ।

वृक्षरोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षरोपणपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले वृक्षरोपणमाभन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘हामीले रोपेका बिरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेका छन् । सरकारले यस वर्षदेखि असार १४ गतेलाई वृक्षरोपण दिवसको रुपमा मनाउने भएको छ । वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि भएको उनको भनाइ थियो । ‘यो सरकारको मात्र होइन, जनजनको कार्यक्रम हो’, उनले भने, ‘हाम्रा पुर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर उनीहरुले बिरुवा संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।’

उनले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चीकै वन क्षेत्र बनाउनुपर्ने बताए । यो वर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड बोट बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उनले सुनाए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog