Saturday, June 29, 2019

लोकसेवा आयोगको मुद्दा आज सर्वोच्चबाट छिनोफानो

काठमाडौं । सर्वोच्च अदालतबाट आज लोकसेवा आयोगको मुद्दाको छिनोफनो हुने भएको छ ।

आयोगले गएकाे जेठ १५ गते स्थानीय तहका लागी खुलाएको विज्ञापनमाथि चार वटा रिट परेका छन् । ती सबै रिटको सुनुवाई आईतबार (आज) हुदैँछ । आयोगले स्थानीय तहका लागी खुलाएको विज्ञापन रोक्ने वा नरोक्ने भन्ने बारेमा आज सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको हो ।

आयोगले निकालेको विज्ञापनविरु परेका रिटमाथिको सुनुवाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सुचना नपुगेका कारण गत बुधबार सुनुवाई नभएरै स्थगित भएको थियो । सर्वोच्चका न्यायाधिशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले गत बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको थियो ।

आयोगको विज्ञापनसम्बन्धी एउटा रीटमा संदको राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएकाले अन्तरिम आदेशको छलफलका लागि समितिका प्रतिनिधि पनि उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको थियो ।

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । गत आईतबार बहस नै नसकिएपछि ‘हेर्दाहदै’ मा बुधबारका लागि तय भएको थियो । तर, गत बुधबार पनि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सुचना नपुगेका कारण स्थगित भएको हो ।

अब यो विषयमा आइतबार (आज) सबै पक्षसँग छलफल गरिसकेपछि मुद्दाको छिनोपलनो हुने बुझिएको छ । आयोगको यो मुद्दाको विवाद न्यायाधीशहरु हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको छ । यसका लागि आवेदन दिने म्याद यही असार १० गते मंगलवार सकिए पनि आउँदो १७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog