Monday, June 17, 2019

चिनमा भूकम्प जाँदा ११ जनाकाे मृत्यु, १२२ घाइते

एजेन्सी। चीनको सिचुआन प्रान्तमा सोमवार राति शक्तिशाली भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ । त्यसैगरी १२२ जना घाइते भएको चिनीया सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

पहिलो भूकम्प ६ म्याग्निच्युडको थियो र त्यो सोमवार राति ११ः५५ मा गएको थियो । त्यसले चाङनिङ काउन्टीको यिबिन शहरलाई हल्लाएको थियो ।

त्यसैगरी चाइना अर्थक्वेक सेन्टरका अनुसार, दोस्रो भूकम्प ५.३ म्याग्निच्युडको थियो र त्यो मंगलवार बिहान गएको थियो ।

प्रान्तीय राजधानी छङ्दुमा भूकम्प आउनुभन्दा एक मिनेटअघि चेतावनी जारी गरिएको थियो । चेतावनीको काउन्टडाउन सकिनेबित्तिकै भूकम्पको झड्का अनुभव गरिएको थियो ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog