Friday, June 28, 2019

जमलमा डरलाग्दो दुर्घटना, कार क्षतविक्षत

काठमाडौं । काठमाडौंको जमलमा कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार आज शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भएको बताएको छ । तर मानवीय क्षति भने भएको छैन । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।

दरमार्ग प्रहरी स्रोतका अनुसार ‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना डरलाग्दो भए पनि सबै सकुशल छन्, कार भने क्षतविक्षत भएको छ ।’  कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको थियो । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog