Saturday, June 15, 2019

गुठी विधेयकः धर्म र संस्कृति राजनीतिक दाउपेजका बिषय होइनन् -पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । राजधानी काठमाडौंमा गुठी विधयेकको तिव्र विरोध भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म र संस्कृतिमाथी राजनीति नगर्न गुठीयार र सरकारलाई आग्रह गरेका छन् । दुई दिनअघि मात्र गुठीका नाममा धर्म संस्कृतिमाथीको आक्रमण सह्य हुन नसक्ने बताएका पूर्वराजाले संवादबाट गुठीको विवाद मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीको विवादलाई राजनीतिक दाउपेज नबनाउन आफु निकटका ब्यक्तिसँग आग्रह गरेका छन् । गुठी आन्दोलनलाई समर्थन गर्दै आएका दल र समुहका प्रमुखहरुलाई सम्वादको बाटोबाट समास्या सामधान गर्न उनले आग्रह गरेको उनी निकट स्रोतले बताएको छ ।

सरकारका निर्णय र राजनीतिक दलका क्रियाकलापमा कुनै प्रतिक्रिया नदिने पूर्वराजाले गुठी विधेयक र गुठीयारको आन्दोलनप्रति गहिरो चासो देखाएका छन् । थाइल्याण्डबाट उनले केही ब्यक्तिलाई टेलिफोन गरी वार्ताबाट समस्याको सामधान खोज्न आग्रह गरेको उनले बताए । -धर्म, संस्कृति, रिति रिवाजमाथी राजनीति गर्नुहुँदैन, आस्थाका धरोहरहरु खलबलिए देश नै डुब्छ,- पूर्वराजाको भनाईलाई उर्दृद गर्दै ति ब्यक्तिले भने -सरकारसँग सम्वाद थाल्न उहाँले आफु निकटका ब्यक्तिहरुलाई आग्रह गर्नुभएको छ ।

पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन यसअघि आग्रह गरेका थिए । मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्यूनिष्ट सरकारलाई उनले आग्रह गरेका छन् ।

पछिल्लो समय धर्म र संस्कृतिका पक्षमा खुलेरै वकालत गर्दै आएका पूर्वराजाले गुठीका बिषयमा धेरै चासो देखाएका छन् । नेपाल बाहिर भएपनि उनले गुठीले बोकेको धार्मिक संस्कारका बिषयमा गहिरो चासो देखाइरहेका छन् । तर सरकारले संसदमा दर्ता भएको गुठी विधेयक सच्याउने तयारी गरेको छैन । ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

देशभर ५ लाख ६० हजार रोपनी गुठी जमिन रहेको छ । गुठी जमिनलाई ब्यवस्थित गर्न सरकारले विधेयक ल्याएको छ । राजधानी काठमाडौंमा विधेयकको विरोध भएपनि बाहिर जिल्लामा भने समर्थन हुँदै आएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog