Saturday, June 15, 2019

कोपा अमेरिका फुटवलमा कोलम्बियाद्धारा मेस्सीको अर्जेन्टिना २–० ले स्तब्ध

काठमाडौं । कोपा अमेरिका फुटवलमा कोलम्बियाले शक्तिशाली राष्ट अर्जेन्टिनालाई २–० ले पराजित गरेको छ । लियोनल मेस्सी कप्तानीमा उत्रेको अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिता खराब सुरुवात गरेको छ । समूह चरण अन्तर्गत खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो ।

मेस्सीको अर्जेन्टिना कोलम्बियाभन्दा बलियो टोली हो । तर शनिवार राति भएको खेलमा मेस्सीको अर्जेन्टिना कमजोर सावित भएको छ । हामेस रोड्रिग्वेजसहित मैदानमा उत्रेको कोलम्बियाले अर्जेन्टिनालाई स्तब्ध बनाएको छ ।

खेलको ७० औँ मिनेटसम्म दुवै देश गोररहित थिए । त्यसपछिको २० मिनेट समय अर्जेन्टिनाका लागि निकै खराव रह्यो । ७१ औँ मिनेटमा रोजर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए भने ८६ औँ मिनेटमा डुवन जापाताले गोल गर्दै अग्रता दोब्बर पारे ।

कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog