Friday, June 28, 2019

पुणेमा पर्खाल भत्किँदा १७ जनाको मृत्यु

१४ जेठ, काठमाडौं । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।

एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog