Friday, June 28, 2019

भरतपुर महानगरका उपमेयर शाह नै बने विकासकाे बाँधक

चितवन– भरतपुर महानगरको ठूला र गौरवपूर्ण योजनाहरुलाई अगाडि बढाउन उपमेयर पार्वती शाह बाधकका रुपमा उभिएकी छन् । महानगरले विकास र गौरवका आयोजनाहरुलाई अगाडि बढाउन छलफल प्रक्रिया अगाडि बढाएका वेला उपमेयर शाहबाट अवरोध हुँदै आएको कांग्रेसकै वडाअध्यक्षहरु बताउछन् ।

उपमेयर शाहका कारण विकास निर्माण र योजनाका काम प्रभावकारी बन्न नसकेपछि महानगरवासीहरु नै चिन्तित बन्न थालेका छन् । उपमेयर शाहको काम गराई र व्यवहारप्रति काँग्रेसकै वडाध्यक्षहरु असन्तुष्ट हुन नसकेको उनीहरुको भनाई छ ।

उपमेयर शाहले सानोसानो विषयमा अवरोध सृजना गरेकाले महानगरका काम कारबाहीमा समस्या हुन थालेको महानगर प्रमुख रेणु दाहालले बताइन् । वडाध्यक्षसँगको विवाद समेत महानगरमा ल्याएर पोख्ने र महानगरमा सधै झगडा मात्रै गर्न खोज्ने उपमेयरको प्रवृत्तिले समस्या भएको दाहालको भनाई छ ।

बिहीबार महानगरको बैठकमा उपमेयर शाहले गरेको अवरोधको काँग्रेसकै वडाध्यक्षहरुले विरोध गरेका छन् । उपमेयरबाट भएको अवरोधबाट महानगरवासीमा राम्रो सन्देश नगएको उनीहरुको भनाई छ । नियमसङ्गत भएको छलफलमा आफूलाई समयमै खबर गरिएन भनेर उपमेयर शाहले आक्रोश पोखेर बिहीबारको बैठक बहिष्कार भन्दै बाहिरिएकी थिइन् । आफू र आफ्ना अध्यक्षबीचको आन्तरिक समस्या समाधान गर्न नसक्ने अनि महानगरका हरेक काममा अवरोध गर्ने उपप्रमुखको कार्यशैली ठीक नभएको मेयर दाहालको भनाई छ ।

महानगरको ७ गतेको बोर्ड बैठकले १० वटा समिति बनाउने निर्णय गरेको र त्यसमा काँग्रेसबाट चित्रसेन अधिकारी र नेकपाबाट अरुणपीडित भण्डारीलाई जिम्मेवारी दिइएको थियो । अधिकारी र भण्डारीले ल्याएको निर्णय अनुमोदन गर्ने उद्देश्यसहित शुक्रबार बसेको बैठकमा उपमेयर शाहले कुण्ठा पोखेर समस्या सृजना गरेको वडा नं १३ का वडाध्यक्ष प्रकाश दवाडीले बताए ।

भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीसँग उपप्रमुख शाहको विवाद भएको र त्यही बहानामा बैठक बहिस्कार भन्दै हिँडेको दवाडीको तर्क छ । उता, वडाध्यक्ष चित्रसेन अधिकारीले उपमेयरले बैठकमा आक्रोश पोखी बैठक बहिस्कार गरेको भन्ने भनाई उचित नभएको प्रतिकृया दिए । उनले उपमेयरले समिति बनाउँदा आफूलाई जानकारी नगराएको भन्दै आफूसँग भनेको भएपनि काँग्रेसले बैठक बहिष्कार नगरेको दावी गरे ।

महानगर प्रवक्ता अरूणपीडित भण्डारीले पनि उपमेयरले बैठकमा भाग नलिएको बताए । असार १० गते नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो नगर सभाको उद्घाटन गरेका थिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog