Sunday, June 16, 2019

हेटौंडाबाट पथलैया हिँडेको यात्रुवाहक बस दुर्घटना , २२ यात्रु घाइते

२ असार, हेटौंडा । मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको यात्रुवाहक बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा २२ यात्रु  घाइते भएका छन् ।

ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराकाे सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएको र तीमध्ये १ को अवस्था गम्भीर रहेको मकवानपुरका एसपी मुकेश सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

बसमा ३० यात्रु सवार रहेकाे बताइएकाे छ ।

एसपी सिंहका अनुसारसुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।

बस मोडबाट तल खसेको छ । बढी गति र मोडका कारण बस दुर्घटनामा परेको हुनसक्ने एसपी सिंहले बताए । यसबारे प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog