Thursday, June 13, 2019

पूर्वशिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण निधन

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए।

चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान ५३ वर्षीको उमेरमा उनको निधन भएको हो। शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई उपचारका लागि बगौडा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदासम्म उनको मृत्यु भैसकेको स्रोतले जनाएको छ ।

माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । आज बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन तल्लीन थिए । त्यही क्रममा उनका एक साथी त्यहाँ आइपुगे । उनीसित गफिँदै गर्दा अचानक पौडेल ढल्न पुगेका थिए । त्यसपछि तुरुन्तै उनलाई बगौडा अस्पताल पुर्‍याइएको थियो ।

पौडेलका दुई छोरी र श्रीमती छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।

पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन जादैछन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog