Monday, June 17, 2019

डा.बाबुराम भट्टराईको प्रश्नः चाउचाउको झोलले कहिले समृद्धि आउला ?

काठमाडौं । समाजबादी पार्टी निर्माण गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला आफ्नो निर्वाचन क्षेत्र गोरखामा ब्यस्त भएका छन् । साना बालबालिकासँग बिद्यालय पुगेका छन् भने विकास निर्माणको छलफल गर्न गाउँलेहरुसँग पार्टी पौवामा भेला हुने गरेका छन् ।

कांग्रेससँगको सहकार्यमा चुनाव जितेका भट्टराई बेला बेलामा गृहजिल्ला जाने गरेका छन् । गृहजिल्ला जाँदा उनी सदरमुकामभन्दा बाहिर बढी बस्ने गरेका छन् । सोमबार विहान ७ बजेदेखि राती १२ बजेसम्म उनले जनभेटघाट गरे ।

‘यस पटकको मासिक जनभेटघाट चुनावताका भन्दा पनि बढी धपेडीपूर्ण पो भयो त ! विहान ७ बजेदेखि राति १२ बजेसम्म ( बारपाकदेखि बालुवाबजार, चनौटे, ताकुमाझलाकुरीबोट, ताकु,पाँचखुवा देउराली,मसेल,खोप्लांग,ठाँटीपोखरी हुँदै काठमाण्डौ !’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘जनताका माग बाटो,पानी,स्कूल,काम छन् तर हामी गर्छौं आकाशपातालका कुरा !’

डा. भट्टराईले साना स्कुले बालबालिकासँगको एक तस्विर पनि सार्वजनिक गरेका छन् । तस्विरमा देखिएका बालबालिकाले सानो कटौरीमा चाउचाउ खाइरहेका छन् । एक बालिकासँग डा.भटराईले कुरा पनि गरेका छन् । तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन् ‘यी साना नानीहरूलाई खाजा चाउचाउको झोल मात्रै ! ‘समृद्ध नेपाल सुखी नेपाली’ यसरी नै बन्ला त ?’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog