Friday, June 14, 2019

गाउँपालिकाले चौंरी प्रवर्द्धनमा लगानी गरेपछि कृषक उत्साहित

३२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाले चौंरी प्रवद्र्धनमा लगानी गरेपछि कृषकहरु उत्साहित भएका छन् ।

चौंरीपालन व्यवसायलाई कार्यक्रममा नै समावेश गरेर गाउँपालिकाले योजना अघि बढाएपछि कृषकहरु उत्साहित भएका हुन् ।

गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले यस आर्थिक वर्षमा चौंरी प्रवद्र्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । गाउँपालिकाले गरेको कामलाई थप सहयोग गर्न प्रदेश ३ सरकारले पनि बजेट विनियोजन गरेको उनले बताए ।

लेकको जंगलमा बस्ने चौंरीपालक कृषकलाई प्रोत्साहित गर्न सरकारले बजेट विनोजन गरेपछि कृषकहरु उत्साहित भएका छन् । गोकुलगंगा गाउँपालिका–१, चुचुरेको खहरेका कृषक डुक्पा शेर्पा सरकारले चौंरीका लागि पहिलोपटक बजेट व्निियोजन गरेको बताउँछन् ।
‘गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको रहेछ । प्रदेश सरकारले १० लाख छुट्याएको छ भन्ने सुनियो । हुन त त्यती पैसाले केही हुने हैन । तर चौंरी पाल्ने किसानलाई सम्मान गर्दै सरकारले बजेट छुट्याउन लाग्यो । यसले हामीलाई काम गर्न उत्साहीत बनाएको छ’, शेर्पाले भने ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाको चुचुरे र गुम्देलमा कृषकहरुले चौरी पालन गर्दै आएका छन् । त्यसैगरी, दोरम्बा गाउँपालिकाको शैलुङ क्षेत्रमा पर्ने डडुवा र गौश्वारमा पनि चांैरी पालन छ ।

सरकारी वन सामुदायीक वनमा परिणत भएसँगै जंगलमा चौंरी छाड्न नदिने, बढ्दो तापक्रम तथा जंगलमा घाँसको उत्पादन कम हुँदै जाँदा चौंरीपालन व्यवसाय संकटमा पर्दै गएको छ । यसको प्रवर्धनको लागि सरकारीस्तरबाट पहल नहुने हो भने चौंरी लोप हुने चौंरीपालकहरु बताउँछन् ।

चौंरीको दूधबाट चीज, दुर्खा, छुर्पीलगायत बन्छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog