Wednesday, June 26, 2019

सडकमाथिबाट बालुवा निकालेका कारण लेदाे खसेर प‍ृथ्वी राजमार्ग अबरुद्ध

काठमाडौं । बिहीबार बिहान २ः३० बजे सडकमाथिबाट खसेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडकभन्दामाथिबाट बालुवा निकालेका कारण धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारसम्मको एक किलोमिटर सडक लेदोले पुरिएपछि सडक अवरुद्ध भएको हो ।

फाइल तस्विर

प्रहरीका अनुसार लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ ।दुवैतर्फ सवारीको लामो लाम लागेको छ । कतिपय सवारी सडकमा खसेको लेदोमा समेत फसेका छन् ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका र बालुवा व्यवसायीले डोजर परिचालन गरेर काम गरिरहेको प्रहरीले जनाएको छ । राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध भएको थियो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog