Friday, June 14, 2019

कानुन मन्त्रालयका कार्मचारीले धुलिखेलमा मच्चाएको हंगमाकाे उप सचिवद्वारा खण्डन

काठमाडौं । कानुन मन्त्रालयका  कर्मचारीहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेको समाचारको कानुन मन्त्रालयका उप-सचिव विनोद भट्टराईले खण्डन गरेका छन् । एसकाठमाडौंसँगको कुराकानीमा धुलिखेको अरनिको होटलमा कानुन मन्त्रालयका सचिव उपसचिवहरुले मादक पदार्थ सेवन गरेर नसाको तालमा हंगमा गरेको भन्ने समाचारको खण्डन गरेका हुन् ।

कानुन मन्त्रालयअन्तर्गतको कानुन सम्बन्धी दुई दिने इन्टेन्सीभ गोष्टीमा प्रमुख अथितिका रुपमा कानुन मन्त्री भानुभक्त ढकाल पुगेका थिए । कार्यक्रम यहि शुक्रबारदेखि शनिवारसम्म हुने उप सचिव भट्टराईले जानकारी दिए ।

उनले भने, ‘हामी खाना खाएर साथिहरु कुराकानी गरेर वेलुकी एघार वजेतिर सुतेको हो । त्यस्तो केही भएकै छैन् । कसरी समाचार आयो । होटलबालाले प्रहरीमा पनि त्यस्तो केही रिपोर्ट छ कि भने बुझ्नु हुँदा त्यहाँ पनि केही रिपोर्ट नभएको बताएको भनेको छ । उनले मादक पदार्थ खाएर हंगमा गरेको समाचार सुनेर आफुहरु अचम्ममा परेको भन्दै यस्तो गलत समाचार लेख्नेहरुलाई घटनाको पुष्टि गर्न चुनौति समेत दिए ।’

होटल अरनीको संचालक रत्नबहादुर कार्कीले होटलमा त्यस्तो कुनै लफडा नभएको जानकारी दिएका छन् । मेरो स्टाफहरुले राती केही फुटेको आवाज आएको जानकारी भने गएका थिए । ‘सरसफाइ गर्दा केही फुटाएछन् कि भनेर सोचेको थिए त्यो पनि होइन रहेछ ।’ उनले भने, ‘पत्रकारहरु सुतेकै विल्डीङको दोस्रो तलामा रहेको फ्रिजमा एक पत्रकार आफैले नियोजित रुपमा लात्तले हानेर फुटाएर समाचार लेखेको रहेछ । होटलमा झगडा भएको र होटलवालाले प्रहरी ल्याएर मिलाएको भन्ने पनि सुने । प्रहरीलाई होटल अरनिको नाममा कुनै रिपोर्ट छ कि भनेर पनि सोधें । प्रहरीले त्यस्तो कुनै रिपोर्ट नआएको बताएको छ ।’

उक्त गाेष्टिमा करिव ५० जनाकाे संख्यामा कानुनसँग सम्बन्धित उपसचिव, सहसचिव, सचिवहरु र अन्यकर्मचारीकाे उपस्थिति रहेकाे हाेटलका संचालकले जानकारी दिए ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog