Monday, June 17, 2019

अदालतमा बयान दिँदै गर्दा बेहोस भएका इजिप्टका पूर्वराष्ट्रपति मुर्सीको सेनाको जंजिरभित्रै मृत्यु

काठमाडौ । अदालतमा बयान दिँदै गर्दा बेहोस भएर लडेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको जेल जिवनमै निधन भएको छ । मुस्लिम ब्रदरहुडका नेता तथा पूर्व राष्ट्रपति मुर्सी आफूविरुद्ध लागेको जासुसीको अभियोगमा बयान दिन कायरो अदालतमा पुगेका थिए । बयान दिँदै गर्दा उनी बेहोस भएर ढलेका थिए । बयान दिँदै गर्दा ढलेका मोर्सी फेरी उठ्न सकेनन् । बन्दी जिवनमै उनको मृत्यु भएको छ ।


सन् २०१२ मा जननिर्वाचित सरकारलाई सेनाले अपदस्त गरेपछि तत्कालिन राष्ट्रपति मोर्सीलाई जेल हालिएको थियो । एकान्त कारावासमा राखिएका मुर्सीलाई परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो । ६७ बर्षीय मुर्सी इजिप्टको सेनाका घेरामै मृत्यु भएको छ । तर उनका समर्थकहरुले उनको मृत्यु नभएर हत्या भएको दावी गरेका छन् । मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा नदिर सेनाले हत्या गरेको बताएका छन् ।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग शंकास्पद सम्बन्ध राखेको भन्दै उनीबिरुद्ध सेना सरकारले मुद्दा चलाएको थियो । त्यही मुद्दाको बयान लिन एकान्तबासबाट उनलाई अदालतमा पुरयाइएको थियो । बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो।


मुर्सीको शवलाई परिवारले चिहान स्थलमा गाड्न सेना सरकारसँग आग्रह गरेका थिए । तर परिवारको आग्रहलाई सेना सरकारले अस्वीकार गरिदिएको मुर्सीका छोराले बताएका छन् । सेना सरकारले उनको मृत्युको कारण पनि सार्वजनिक गरेको छैन । हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहारका निम्ति इजिप्ट कुख्यात रहेको मानवअधिकारकर्मीहरुले बताएको छ ।

टर्कीका राष्ट्रपति रेजेप ताय्यिम अर्दोआनले इजिप्टका नेता अब्देल फतेह अल सीसीलाई जिम्मेदार ठहर्‍याउँदै मुर्सीलाई मृत्युको मुखमा पुर्‍याउने निरंकुश शासकलाई इतिहासले नबिर्सने चेतावनी दिएका छन्। मोर्सीलाई सेनाको निंरकुश सरकारले अन्य तीन मुद्दामा ४५ बर्ष जेल सजाय सुनाईसकेको थियो भने अर्काे जासुसीको मुद्दा चलाएको थियो । टर्कीका राष्ट्रपतिले मुर्सीलाई सहिद घोषणा गरिसकेका छन्।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog