Monday, June 17, 2019

विश्वकप क्रिकेट: आज इंग्लयन्ड र अफगानिस्तानबीच भिडन्त

काठमाडौं । जारी विश्वकप क्रिकेट खेलमा आज इंग्लयन्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।

अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई ठूलै चूनौती परेको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले र चौथो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटले अफगानिस्तान पराजित भएको थियो ।

यता, इंग्ल्यान्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो । तर आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले हारेको थियो । त्यसपछि बंगलादेशलाई १०६ रनले हराएको इंग्ल्यान्डले आफ्नो चौथो खेलमा वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog