Wednesday, June 26, 2019

लेदोले छोपियो पृथ्वीराजमार्गको १ किलोमिटर सडक, आवागमन ठप्प

१२ असार, काठमाडौं । बिहीबार बिहान २ः३० बजे सडकमाथिबाट खसेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारसम्मको एक किलोमिटर सडक लेदोले पुरिएपछि सडक अवरुद्ध भएको हो ।

लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ । प्रहरीका अनुसार दुवैतर्फ सवारीको लामो लाम लागेको छ । कतिपय सवारी सडकमा खसेको लेदोमा समेत फसेका छन् ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका र बालुवा व्यवसायीले डोजर परिचालन गरेर काम गरिरहेको प्रहरीले जनाएको छ ।

यो क्षेत्रमा सडकभन्दा माथिबाट बालुवा निकाल्ने गरिएको छ । जसका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।

त्यस्तै, राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध भएको थियो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog