Thursday, June 27, 2019

बुहारी बलात्कारको आरोपमा सैनिक कर्मचारी पक्राउ

१३ असार, डोटी । भाइ बुहारी बलात्कार आरोपमा प्रहरीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ । सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो ।

राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

मदिराको नसामा रहेका कृष्णले आफूमाथि कुटपिट समेत गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।

तर, पक्राउ परेका कृष्णले बलात्कार गरेको अस्वीकार गरेका छन् । प्रहरीका अनुसार उनले साली नाता पर्ने महिलालाई जिस्क्याए पनि जबरजस्ती करणी नगरेको बयान दिएका छन् ।

आरोपी विष्ट नेपाली सेनाको कुमार दलगुल्म सुपारीटार हेटौंडामा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog