Sunday, June 30, 2019

आजबाट उठाउन थालियाे राजधानीकाे फाेहाेर

काठमाडौं । उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमतिपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो ।

 

नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर उठ्न सकेको थिएन पाँच दिनदेखि सडक किनारमा थुप्रिएको फोहरले महानगर प्रदूषित बनेको थियो ।

Continue Reading…

उठाउन थालियो काठमाडौंको फोहोर

१६ असार, काठमाडौं । काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमति भएपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर उठ्न सकेको थिएन ।

पाँच दिनदेखि सडक किनारमा थुपि्रएको फोहरले महानगर प्रदूषित बनेको थियो ।

स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गर्ने सहमति भएपछि प्रभावित क्षेत्रका बासिन्दा फोहोर बिसर्जनमा अवरोध नगर्न राजी भएका थिए । महानगर र आन्दोलनरत पक्ष दुवैको प्रतिनिधित्व हुने समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

Continue Reading…

विश्वकप क्रिकेट: इंग्ल्याण्डसँग भरत ३१ रनले पराजित

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले हराएको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद पनि भारत अंक तालिकामा भने दोस्रो स्थानमा छ ।

इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन योगदान गरे । उनी म्यान अफ द म्याच भए ।

यस्तै बेन स्टोक्सले ७९ र जो रुटले ४४ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए । ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले १०२ र बिराट कोहलीले ६६ रन योगदान गरे । कप्तान बिराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरे ।

Continue Reading…

कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१६ असार, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।

सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

Continue Reading…

पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

१६ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।

सोमबार बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुर्व्यवहार गरेका हुन् ।

स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेका थिए । उनले लाइनमा बस्न अनुरोध गरेपछि भट्टले विवाद झिकेको सशस्त्र प्रहरी बल, हल्चोक स्रोतले जनाएको छ ।

कुटपिटपछि भट्ट त्यहाँबाट फर्किएका थिए भने सुवेदीले माथिल्लो निकायमा खबर गरेका थिए ।

गौशाला वृत्तका प्रमुख प्रदीपकुमार सिंहले सामान्य विवादमात्र भएको दाबी गरे । ‘सामान्य विवाद मात्र भएको हो’, उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘म अहिले पशुपतिमै छु ।’

प्रहरीका एक अधिकृतले भने सुवेदी सिभिलमा खटिएका बेला प्रहरी भनेर नचिन्दा धकेलाधकेल भएको बताए ।

Continue Reading…

ट्रिपरले भक्तपुरमा फेरि लियो १ जनाको ज्यान

१६ असार, काठमाडौं । ट्रिपरले भक्तपुरमा गएराति १ जनाको ज्यान लिएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक फ्रेमबहादुर राईको ज्यान गएको हो । राई पञ्चन–९, सोलुखुम्बुका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार, ट्रिपरको ठक्करबाट घाइते राईलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा गएराति नै ज्यान गएकाे हाे ।

दुर्घटनामा संलग्न ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरले अनुसन्धानका लागि भन्दै दुवै सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

ट्रिपरका कारण पछिल्लो समय भक्तपुरमा दुर्घटना निम्तिएको छ । ट्रिपरमाथि नियन्त्रणको प्रयास भए पनि यो क्रम रोकिएको छैन ।

Continue Reading…

जर्मनलाई हराउँदै स्पेनले चुम्याे युरो यू-२१ च्याम्पियनसिप फुटबलकाे उपाधि

काठमाडौं । स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा आज विहान सम्पन्न युरो यू-च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २१ गोलअन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो ।

खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले एक गोल थप्दा जर्मनीले पराजय बेहोर्नुपरेको थियो ।

खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २-० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २-१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन ।

Continue Reading…

जीप दुर्घटनामा पाँच घाइते, तीनको अवस्था गम्भीर

असार । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम ९पश्चिम० का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम ९पश्चिम० मा उपचार भइरहेको छ ।

जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम ९पश्चिम० का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

Continue Reading…

घरेलु मदिरा पोखिँदै, विदेशी मदिरा पोसिँदै

१६ असार, काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा घरेलु मदिरा बिक्री–वितरण तथा ओसारपसार गरेको भन्दै प्रहरीले देशभरबाट ७६ जनालाई पक्राउ गर्यो । पक्राउ परेका उनीहरुबाट ५ लाख ६८ हजार ६३२ लिटर तयारी अवस्थाको मदिरा र २ लाख ३६ हजार २२७ लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि जफत गरेर नष्ट गरिएको नेपाल प्रहरीको विवरण उल्लेख छ ।

यसरी घरेलु मदिरा जफत गरेर नष्ट गर्ने सिलसिला वर्षौंदेखि चल्दै आएको छ । विदेशी मदिराहरुले बजार ढाकेको बेला घरेलु मदिरामा किन कडाइ गर्छ त प्रहरी ?

मदिरा व्यवसाय व्यवस्थित बनाउन बनेको मदिरा ऐन २०३१ लाई टेकेर प्रहरीले अवैध रुपमा उत्पादन र बिक्री–वितरण भएका मदिरा र यसका उत्पादकलाई पक्राउ गर्दै आएको छ । पक्राउ परेकाहरुलाई सरकारी मापदण्डविपरीत मदिरा उत्पादन, बिक्री र वितरण गरेको कसुरमा मुद्दा चलाइन्छ जुन अधिकार उक्त ऐनले दिएको छ ।

ऐनको दफा ४ मा मदिराको बिक्री–वितरणमा कस्तो अवस्थामा नियन्त्रण गर्ने भन्ने उल्लेख छ । उक्त दफाअनुसार कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि त्यसमा तोकिएको शर्तबमोजिम बाहेक मदिरा बिक्री, वितरण गर्न वा मदिरा खुवाउने बार वा रेष्टुरेन्ट वा पसल थाप्न नपाउने भनिएको छ । सरकारी मापदण्डबमोजिम उत्पादन नगरिएको, अखाद्य पदार्थ मिसाइएको भन्दै घरेलु मदिरा प्रहरीले अहिले जफत गर्दै आएको हो ।

३ अर्बको आयात

चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालले ७३ लाख २७ हजार ७ सय ९३ लिटर मदिराजन्य वस्तु र यसको कच्चा पदार्थ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार उक्त आयातमा ३ अर्ब ४४ करोड ८० लाख ८२ हजार रुपैयाँ नेपाली रुपैयाँ विदेशिएको छ । जसमध्ये मदिरा उत्पादनका लागि ल्यााइएको कच्चा पदार्थ ५ लाख २६ हजार ६३९ लिटर र रेडिमेट मदिरा २३ लाख १ हजार १५४ लिटर छ ।

अधिवक्ता एवं उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ घरेलु मदिराविरुद्धको कारवाही प्रहरीको काम देखाउने भाँडो बनेको बताउँछन् । घरेलु मदिरालाई व्यवस्थित बनाउन राज्यले कुनै कदम नचालेर हरेक वर्ष विदेशी मदिरा आयात बढ्दै गएको उनको भनाइ छ ।

४५ वर्ष पुरानो मदिरा ऐन संशोधन गरेर घरेलु मदिरालाई सरकारी तवरबाटै व्यवसायिक प्रयोजनमा ल्याउनुपर्ने उनले बताए । अधिकारकर्मी बानियाँले मदिरा आयात गर्ने ठूला व्यापारीको प्रभावमा प्रहरी परेको हुन सक्ने भन्दै घरेलु मदिरा उत्पादकमाथिको धरपकडको प्रचलन नियम बनाएर तोडिनु पर्ने बताए ।

यद्यपि, घरेलु मदिराको गुणस्तरको पनि नियमन हुनुपर्ने उनको जोड छ ।

‘अहिले घरेलु मदिरा पिएर गम्भीर असर गरेका केसहरु पनि आएका छन्, त्यसैले नियमनको पाटो महत्त्वपूर्ण छ,’ उनले भने ।

नियमन कि नियन्त्रण ?

नेपाल प्रहरीका बाहालवाला एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा घरेलु मदिराविरुद्धको प्रहरी कारवाहीको औचित्यमाथि प्रश्न उठ्न थालेको अनलाइनखबरलाई बताए ।
मदिरा आयातमा नेपालले गुमाएको धनराशि हिसाब गर्ने हो भने घरेलु मदिरा उत्पादनविरुद्ध धरपकड छोडेर उनीहरुको क्षमता विस्तार र गुणस्तरतर्फ ध्यान दिनुपर्ने ती अधिकारीको अनुभव छ । खासगरी अन्तशुल्क अधिकारीको निष्क्रियताका कारण प्रहरी परिचालन हुनुपरेको ती अधिकारीले बताए ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी घरेलु मदिराविरुद्धको कारवाहीमा प्रहरीको सक्रियतालाई अन्तशुल्कका अधिकारीको अकर्मण्यता नै प्रमुख कारण मान्छन् । घरेलु मदिरा पूर्ण नियान्त्रण गर्ने वा यसलाई व्यवस्थित बनाउने भन्नेमा सरकार अन्यौलमा रहेको उनको भनाइ छ ।

‘सरकारी अष्पस्टताका कारण जो कसैले पनि मदिरा नियन्त्रण गर्ने बहानामा व्यक्तिगत वा संस्थागत फाइदा लिनसक्ने अवस्था बनेको छ,’ उनले भने ।

खराब गुणस्तरको मदिराले केही मानिस बिरामी भएपछि प्रहरीले मौसमी धरपकड तीव्र बनाउने प्रचलन रहेको भन्दै अधिकारीले मदिराको गुणस्तरमा सम्झौता नहुने गरी सरकारले कानुन बनाउन जरुरी रहेको औंल्याए । उद्योग मन्त्रालयले भने नेपाली घरेलु मदिरा व्यवसायीकरण गर्नका लागि कुनै योजना नबनाएको जनाएको छ ।

Continue Reading…

गर्मीमा मेकअपः केही उपयोगी काइदा

गर्मीको समयमा मेकअप कस्तो गर्ने ? हेभी मेकअप गर्दा पसिनाले बगाउँछ । धुलो-धूँवा तलपतिन्छ । अर्कोतिर पानी पर्ने टुंगो हुन्न । पानीले पनि मेकअप बिगार्न सक्छ । आकर्षक देखिन प्रयोग गरिएको मेकअपले कुरुप देखियो भने ?

हो त, गर्मीमा गरिने मेकअपमा केही ज्ञान हुन आवश्यक छ । गर्मीमा वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । यसबाट लामो समयसम्म सुन्दर देखिन सहयोग प्राप्त हुन्छ । केही प्रसाधनहरुको छोटो जानकारी यसप्रकार छ ।

आँखाको मेकअप

दिउँसो आँखाको मेकअप गर्दा गाढा रंगको प्रयोग गर्नु हुँदैन । न्यूड अथवा न्युट्रल सेड्सका आइस्याडो प्रयोग गर्नु पर्छ । गर्मी मौसममा रिसम आइस्याडो प्रयोग गर्नु हुँदैन । आँखामा गाजल अथवा हल्का आइलाइनर लगाउनु पर्छ । दिउँसो मस्कारा पनि नलगाएकै बेस, गर्मीमा त्यो बग्ने डर हुन्छ ।

ओठको मेकअप

स्मार्ट लूकका लागि ओठमा हल्का सेड छनोट गर्नुपर्छ । पहिरन अनुसार लिपिस्टिक प्रयोग गर्नुपर्छ । त्यसमा ग्लसी इफेक्ट नहोस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।

फाउन्डेसनः वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्नु पर्छ । फाउन्डेसन आफ्नो अनुहारको रंगभन्दा हल्का सेड भएको हुनुपर्छ । प्राकृतिक लूकका लागि फाउन्डेसनलाई राम्ररी ब्लेन्ड गर्नुपर्छ । त्यसपछि फाउन्डेसनसित मिल्ने कम्प्याक्ट प्रयोग गर्नुपर्छ ।

हाइलाइटरः दिउँसो रोजी ब्लस सेडले गालालाई हाइलाइट गर्दा राम्रो देखिन्छ । यदि छालामा दाग छ भने त्यसलाई कन्सिलरले ढाक्नु पर्छ ।

कन्ट्ररिङः अनुहार तथा आँखाको वरीपरी कन्ट्ररिङ पाउडर प्रयोग गर्नुपर्छ । यसबाट दिनभरि स्मार्ट देखिन सहयोग पुग्छ ।

साँझको लुक

आफ्नो अनुहारलाई साँझ पनि स्मार्ट देखाउन चाहानु हुन्छ भने ओठमा गाढा लिपिस्टिक प्रयोग लगाउनु पर्छ र अनुहारको बाँकी भागमा हल्का मेकअप गर्नु पर्छ ।

फाउन्डेसनः इबन टोनका लागि क्रिम बेस्ड फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसबाट राम्रो परिणाम प्राप्त हुन्छ ।

हाइलाइटरः लिक्विड हाइलाइटरलाई अनुहारका साथै आँखामा पनि लगाउनु पर्छ । यदि तपाईं साँझमा ग्ल्यामरस देखिन चाहानु हुन्छ भने आइलिडमा थोरै सिमर मिसाउन सक्नु हुन्छ ।

कन्ट्ररिङः कन्ट्ररिङ पाउडरलाई चिकबोनमा लगाउँदा अनुहार आकर्षक देखिन्छ ।

आँखाः साँझको समयमा आँखाको मेकअपमा विशेष ध्यान दिनु पर्छ । त्यसका लागि सबैभन्दा पहिला बेस लगाउनु पर्छ । त्यसपछि हल्का खैरो रंगको आइलाइनर पेन्सिल माथिदेखि तलसम्म प्रयोग गर्नुपर्छ । त्यसपछि औंलाको सहायताले त्यसलाई स्मज गर्नुपर्छ । त्यसपछि मस्कारा प्रयोग गर्नुपर्छ ।

ओठः यदि तपाईंको ओठ पातलो छ भने त्यसको वास्तविक सेपबाट हल्का बाहिरसम्म लाइनिङ दिनुपर्छ । ओठलाई भरिएको देखाउन लिप ग्लस प्रयोग गर्नुपर्छ । त्यसबाट ओठ ठूलो र आकर्षक देखिन्छ । रातो रंगको लिपिस्टिक प्रयोग गर्नु उचित हुन्छ । साँझको पार्टिमा रातो ओठले तपाईंलाई आकर्षक देखाउँछ ।

Continue Reading…

वर्षायाममा गरगहनाको प्रयोगः केही ख्याल गर्ने कि ?

मध्य वर्षायाम छ । वर्षायामसँग गहनाको के सम्बन्ध होला ?

हामीलाई थाहै छ, परम्परादेखि नै गहना नारीको श्रृंगार मात्र नभएर नारीको मान र प्रतिष्ठाको विषय पनि रहँदै आएको छ । एउटी नारीलाई त्यसबेला पूर्ण सुन्दर देखिन्छ, जब उनी गहनामा सजिन्छिन् । गहनाले नारीको जीवनमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले होला प्राचिन समयदेखि नै गहनाहरुमा अनेक मणि, रत्न, हिरा, मोतिजस्ता बहुमुल्य वस्तुको प्रयोग हुँदै आएको छ ।

गहना नारीको लागि अति नै महत्वपुर्ण कुरा हो । हरेक विवाह र पार्टीहरुमा नारीलाई आकर्षक देखाउन गहनाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । एउटी नारीको श्रृंगार त्यो बेला पुरा हुन्छ जब उनी गहनामा सजिन्छिन् । प्राचिन कालमा जस्तो भारी गहनाको प्रयोग हिजोआज नभएता पनि गहना नारीको लागि नभइ नहुने अमुल्य धातु हो ।

यो हरेक अवसर, समय र मौसममा आवश्यक पर्छ । त्यसैले यसको ध्यान राख्नु पनि उत्तिकै आवश्यक छ । बर्षायाममा त झन् गहनाको विशेष ध्यान राख्नु पर्छ ।

गहनालाई सफा राख्नु अनिवार्य

गहनाको चमक बनाइराख्नका लागि त्यसलाई राम्ररी सफा गरेर तथा सुख्खा पारेर राख्नु पर्छ । नेक्लेस, औंठी, ब्रासलेट, ईयर रिङ अथवा हरेक प्रकारका गरगहनाहरुलाई कुनै क्रिम, लोशन, तेल अथवा पानीले सफा गरेर राख्नु पर्छ ।

ती गहना लगाउनु भन्दा अघि त्यसमा क्रिम अथवा परफ्यूम लगाउन बिर्सनु हुँदैन । सबै गहनाहरुलाई अलग-अलग बक्समा राख्नु पर्छ ताकि तीनको रंग एक-अर्कासंग मिसिएर खराव नहोस् । यदि तपाईंले चाहानु हुन्छ भने एउटा ठूलो बक्समा अलग-अलग गहनाको स-साना बक्स पनि राख्न सक्नु हुन्छ ।

गहनालाई सतर्कताका साथ राखौं

आफ्ना फेसनेवल गरगहनाहरुलाई कुनै सुरक्षित स्थानमा राख्नु पर्छ । नेक्लेसलाई त्यसको हुकमा छिराएर राख्नु पर्छ, ताकि कुनै पनि गहना एक-अर्कासँग नटाँस्यिोस् । कुनै-कुनै महंगा गहनाहरुलाई त एक-अर्कासँग स्पर्श हुनै दिनु हुँदैन । त्यसो भएमा गहनामा खराबी आउन सक्छ ।

लगाइसकेपछि सफा गर्नै पर्छ

कहिले-काहीँ औंठी, ईयर रिङ तथा नेक्लेस लगाइ सकेपछि त्यसमा साबुन, तेल अथवा परफ्यूम लाग्न सक्छ । त्यसले गर्दा गहनामा कालोपना आउन सक्छ अथवा त्यसको चमक जान सक्छ । त्यसबाट बच्नका लागि गहना लगाइसकेपछि त्यसलाई राम्ररी सफा गर्न बिर्सनु हुँदैन ।

गहना लगाएर सुत्ने गल्ती नगरौं

राती सुत्नु भन्दा पहिला सबै गहना फुकाल्नु पर्छ । यदि तपाईंले सुत्नु भन्दाअघि गहना फुकाल्नु भएन भने तपाईंको यो लापरवाहीले गहना बिग्रन सक्छ । त्यसले गर्दा गहना चुँडिन अथवा टुक्रिन पनि सक्छ । अर्कोतिर गहना लगाएर सुत्दा छाला समेत कोरिन सक्छ ।

मनसूनमा गहनालाई ओसिलो ठाउँमा राख्नु गल्ति गर्नु हुँदैन । यदि तपाईंको गहना नक्कली नै छ भने पनि त्यसलाई सुतीको कपडामा प्याक गरेर राख्नु पर्छ अन्यथा यो मनसुनमा ती गहनाहरु कालो देखिन थाल्छन् ।

Continue Reading…

सरकारी सेवा प्रवेश १६–३० बनाउन सांदको प्रस्ताव

काठमाडौं । सरकारी सेवामा प्रवेश उमेर घटाएर १६ देखि ३० बनाउने प्रस्ताव संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छ । महिला र अपांगताको हकमा ३५ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

राजधानी दैनिकमा समाचार छ, यस विषयमा अन्य कानुन बाझिए–नबाझिएको हेरेर उक्त व्यवस्था गर्न समितिकी सभापति शशी श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकी छिन्। विधेयकको दफा १३ मा रहेको ‘उम्मेदवार हुनका लागि अयोग्यता’ माथि दफावार छलफल गर्दै सांसदले लोकसेवा प्रवेशको न्यूनतमदेखि अधिकतम उमेरसम्म घटाउने प्रस्ताव गरेका थिए।

विधेयकमा राजपत्र अनंकित वा सोसरहको हकमा न्यूनतम उमेर १८ वर्ष रजपत्रांकित वा सोसरहको हकमा २१ वर्ष प्रवेश उमेर छ र अधिकतम उमेर पुरुषका हकमा ३५ र महिलाका हकमा ४० छ।

राज्यले १६ वर्षमै नागरिकता दिने भएकाले सरकारी सेवामा प्रवेश पनि सोही उमेरलाई मान्नुपर्ने प्रस्ताव सांसद प्रेम सुवालले अघि सारेका थिए ।

सांसदहरू राजकिशोर यादव, अमरेशकुमार सिंह, छक्क लामालगायत यसमा सहमत भएका थिए । यसैगरी, सांसदहरू झपट रावल, अमरेश सिंह र रेखा शर्माले अधिकतम उमेर घटाउन प्रस्ताव अघि सारेका थिए।

सांसदद्वय झपट रावल र अमरेश सिंहले सानै उमेरमा सरकारी जागिरका लागि चाहिने औपचारिक शिक्षा पूरा गर्ने भएकाले अधिकतम उमेर घटाउनुपर्ने मत राखेका थिए ।

सरकारी सेवाका लागि आवश्यक अध्ययन २२/२३ वर्षमै पूरा गरिसकिने भएकाले ३० वर्ष अधिकतम उमेर राख्नुपर्ने प्रस्ताव गरे। महिलाका हकमा पनि पाँच वर्ष घटाएर ३५ गर्न सुझाव दिए।

Continue Reading…

अनुष्काको तस्वीरमा विराटको कस्तो कमेन्ट ?

विरुष्का अर्थात अनुष्का शर्मा र विराट कोहली । यो हिट जोडीलाई मिडियाले जहाँपनि पच्छ्याइरहेकै हुन्छ । उनीहरु के गर्छन्, कहाँ जान्छन्, के भन्छन् ? यसबारे चियोचर्चा गरिन्छ । देशमा होस् वा विदेशमा उनीहरु चर्चाको घेराबाट बाहिर हुँदैनन् ।

अहिले अभिनेत्री अनुष्का शर्मा आफनो कामको सिलसिलामा यति बेला ब्रसेल्समा छिन् । त्यहाँ पनि उनले खुलेर मस्ती गरिरहेकी छिन् र आफ्ना लोभलाग्दा तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी छिन् । अनुष्काले हिजो बिहिबार इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरिन् । उक्त तस्वीरमा उनी मेट्रो रेल भित्र देखिन्छिन् । ब्ल्याक एण्ड हृवाइट उक्त तस्बिरमा अनुष्का ट्रेन भित्र पोल समातेर उभिएकी छिन् र निकै आकर्षक मुस्कान दिइरहेकी छिन् ।

उनले उक्त तस्वीर शेयर गर्दै लेखेकी छिन्-‘खुशी रहने युवतीहरु सधैं सबैभन्दा मायालु हुन्छन् ।’ अनुष्काको उत्तः तस्वीरमा उनका श्रीमान् तथा भातरीय क्रिकेट कप्तान विराट कोहलीले कमेन्ट गर्दै लेखे-‘तिमी सधैं सबैभन्दा मायालु हुन्छो मेरी माया ।’

अनुष्का शर्मा तथा विराट कोहली आफ्नो काममा व्यस्त भएपनि फुर्सद हुने बित्तिकै एक-अर्काका लागि समय निकाल्छन् । हालै मात्र अनुष्का आईसीसी वल्र्ड कप २०१९ मा आफ्ना श्रीमान् विराट तथा भारतीय टिमलाई समर्थन गर्न बेलायत पुगेकी थिइन् । अनुष्काको फिल्मको कुरा गर्ने हो भने अनुष्का पछिल्लो पटक शाहरुख खानसँग ‘जिरो’ मा देखिएकी थिइन् । त्इसपछि उनले आफ्नो नयाँ प्रोजेक्ट घोषणा गरेकी छैनन् ।

Continue Reading…

सैन्य शासनविरुद्ध सुडानमा प्रदर्शन, ७ को मृत्यु

१६ असार, काठमाडौं । सैन्य शासनविरुद्ध सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको ज्यान गएको छ । कम्तीमा १८१ जना घाइते भएका छन् ।

आइतबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा हुँदा ७ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सुडानको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

प्रदर्शनको नेतृत्व गरेको विपक्षी दलले भने सरकारी भनाइको खण्डन गरेको छ । सुडान डक्टर्स समर्थक विरोध समितिका अनुसार हिसात्मक प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको ज्यान गएको छ ।

गत अपि्रलदेखि सुडान अशान्त छ । सुरुमा त्यहाँ राष्ट्रपति ओमर अल बसिरविरुद्ध प्रदर्शन भएका थिए । बसिरविरुद्धको प्रदर्शनबाट हौसिएको सेनाले सन् १९८९ देखि अकण्टक सत्तामा हालीमुहाली गरेका उनलाई अपदस्थ गरेको थियो । र, उनकै सरकारका रक्षा मन्त्रीलाई सैन्य समितिको प्रमुख तोक्यो ।

तर, प्रदर्शनकारीले सैनिक कदम रुचाएनन् । प्रदर्शनमा उत्रिए । जनप्रदर्शनबाट हच्किएको सेनाले निर्वाचन गरेर नागरिकलाई सत्ता हस्तान्तरण गर्ने वचन दियो । यद्यपि, त्यसबाट पनि सुडानका नागरिक सन्तुष्ट हुन सकेका छैनन् । उनीहरु सत्ता नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग राखेर संघर्षमा उत्रिएका छन् ।

आइतबारको प्रदर्शन गत जुन ३ मा प्रजातन्त्र पक्षधरहरुले गरेको प्रदर्शनपछिको सबैभन्दा ठूलो भएको बताइएको छ । ३ जुनको प्रदर्शनमा दर्जनौंको ज्यान गएको थियो ।

Continue Reading…

‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

१६ असार, काठमाडौं । पछिल्लो समय बैंकहरुको मर्जरका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । गत बिहीबार बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर उनले मर्जरका लागि चाँडोभन्दा चाँडो पार्टनर खोज्न निर्देशन दिए ।

आगामी २७ गते मौद्रिक नीति आउने र त्योभन्दा अगाडि नै मर्जरका लागि आ–आफ्नो पार्टनर खोज्न गभर्नर नेपालले भनेका थिए । त्यसैले यतिबेला बैंकहरु दबावमा परेका छन् ।

मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरु छन् । यीमध्ये २० बैंकहरु यतिबेला के–कसरी मर्जरमा जान सकिन्छ भन्ने विषयमा भित्रभित्रै छलफल चलाउन शुरु गरिसकेका छन् । तर, ८ बैंकको विषयमा भने अन्योल देखिएको छ ।

किन अन्योल ?

नेपालमा सञ्चालित ८ वाणिज्य बैंकहरुमा विदेशी लगानी भएको र विदेशी लगानी भएका बैंकहरुलाई मर्जर नीति वाध्यकारी हुने/नहुने अन्योल भएको हो । एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र नविल गरी ८ वटा बैंकहरुमा विदेशी लगानीको हिस्सा छ ।

२८ वाणिज्य बैंकमध्ये २० मर्जरबारे छलफलमा जुटिरहे पनि ८ बैंक भने अन्योलमा देखिएका छन्

नेपाल राष्ट्र बैंकले विदेशी लगानी भएका केही बैंकहरुका हकमा मर्जर बाध्यकारी नहुने भए पनि ८ वटै बैंक भने यसबाट जोगिन नसक्ने जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले स्टाण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकमा अग्राधिकार सेयर विदेशी भएका कारण मर्जर नीति लागू हुन नसक्ने बताए । ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका र व्यवस्थापन पनि विदेशीले नै गरिरहेका कारण ती बैंक मर्जरका लागि बाध्य हुन नपर्ने उनको भनाइ छ । अन्य बैंकहरुका हकमा भने फरक निर्णय हुन सक्ने उनी बताउँछन् ।

‘ती बैंकहरुले लगानी बढाउनु पर्‍यो नत्र १०/१५ प्रतिशत विदेशी लगानी भएको भरमा हुँदैन’, प्रवक्ता निरौलाले भने, ‘यी बैंकहरुका लागि छुट्टै नीति लागू पर्ने जस्तो देखिएको छ ।’

२० बैंकले सुरु गरे गृहकार्य

मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुमा २० वटालाई मर्जर नीतिले स्पष्ट प्रभावित बनाएको छ । सरकारी लगानी भएका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक पनि यसमा छन् । यस्तै मेगा बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्र्सियल, प्राइम कमर्सियल, कुमारी बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई राष्ट्र बैंकको मर्जर नीतिले छुन्छ ।

यी बैंकका अध्यक्ष र सञ्चालकहरु यतिबेला मर्जरका विषयमा आन्तरिक छलफलमा जुटिसकेका छन् । राष्ट्र बैंकले सुरुमा मर्जरका लागि आग्रह गर्ने र त्यो नभए जर्बजस्त मर्जरमा जान बाध्य बनाउने रणनीति बनाएको छ । जसको संकेत गभर्नर नेपालले गरिसकेका छन् ।

पछि नयाँ नीति लिएर राष्ट्र बैंकले दबाव दिनुभन्दा पहिले नै आफैंले मर्जरमा जान पाए राम्रो हुने भन्दै बैंकका अध्यक्षहरूले छलफल सुुरु गरेका हुन् । तर गभर्नरले दिएको समयमा मर्जरको प्रतिबद्धता गर्न सक्ने सम्भावना भने कम रहेको बैंकका अध्यक्षहरु बताउँछन् ।

‘गभर्नर सा’पले निर्देशन त दिनु भयो, तर भने जस्तो सजिलो भने छैन’, एक बैंकका अध्यक्षले भने, ‘यति छोटो समयमा सम्भावना त छैन, तैपनि हामीले छलफल सुुरु गरिसकेका छौं ।’

Continue Reading…

सर्वोच्चले लोकसेवाको विवाद आज टुंगो लगाउँदै

काठमाडौं । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादको मुद्दामा सोमबार (आज )पनि सुनुवाइ हुने भएको छ।

आइतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दै सूचीमा आजको लागि राखिएको हो।

लोकसेवा आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु भएको हो। यसअघि न्यायाधीशद्वयको इजलासले असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएका हुन्।

मुद्दाको टुंगो नलागेपनि अन्यौलताका बीच झण्डै चार लाख भन्दा बढीले आवेदन फाराम भरेका छन्।

Continue Reading…

कम खर्चमै आकर्षक फर्निचरको छनौट

कस्तो फर्निचर राम्रो होला ? अक्सर हामी यसको जवाफ मूल्यसँग जोडेर हेर्छौं । महंगो फर्निचर नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ ।

सत्य चाहि के हो भने, महंगो हुँदैमा फर्निचर राम्रो हुन्छ भन्ने छैन । खासमा हामीले कसरी छनौट गर्छौं भन्ने कुरा महत्वपूर्ण हो । साथसाथै आफ्नो घरको रुपरेखा कस्तो छ ? भित्ताको रंग कस्तो छ ? घर-कोठालाई कुन किसिमको सजावटमा ढालेका छौ ? त्यसैमा आवश्यक फर्निचर पनि निर्भर रहन्छ ।

घरको कोठासँग मिल्दो फर्निचर छनौट गर्न सकियो भने त्यसले घर आकर्षक देखिन्छ । कोठा छरितो र खुला देखिन्छ । यसका लागि हामीसँग केही आधारभूत ज्ञान आवश्यक छ ।

हुन त घर त्यतिबेला मात्र पूर्ण देखिन्छ, जब घरभरी फर्निचरहरु राखिन्छन् । बजारमा सस्तादेखि महंगा फर्निचरहरु उपलब्ध हुन्छन् । ती मध्ये हामीले हाम्रो बजेट अनुसारको फर्निचर छनोट गर्नु पर्छ ।

नयाँ फर्निचर किन्दा धेरै प्रकारका योजनाहरु बनाउनु पर्छ । अधिकांश मानिसहरु योजना नै नबनाइ फर्निचरले घर भरिदिन खोज्छन् । जसले गर्दा घर सुन्दर देखिनुको साटो कुरुप देखिन सक्छ । फर्निचरलाई मिलाएर राख्नु पनि एउटा कला हो । यो कला इन्टेरियर डिजाइन अन्तर्गत पर्दछ । आन्तरिक सजावटमा हुने स-साना गल्तिले घरको स्वरुप नै नराम्रो देखिन सक्छ । यहाँ हामी केही जानकारी प्रस्तुत गर्दैछौं, जसबाट तपाईंले घरका कोठामा फर्निचरलाई आकर्षक तरिकाले राख्न सक्नु हुनेछ ।

बैठक कोठाको फर्निचर

-बैठक कोठाको आकार र इन्टेरियरलाईर् ध्यानमा राख्दै फर्निचर किन्नु पर्दछ । बैठक कोठाको भित्ताको रंग तथा भुईँमा ओछ्याएको कार्पेटको रंगसंग मेल खाने फर्निचर किन्नु उचित हुन्छ ।

-बैठक कोठा सानो छ भने कोठाको बीचमा फर्निचर राख्नुभन्दा कोठाको एउटा कुनामा राख्नु उचित हुन्छ । सानो बैठक कोठालाई स-साना सोफाले सजाउनुृ सकिन्छ । सानो कोठामा भने आर्म नभएको अथजा सानो आर्म भएको सोफा राख्नु उचित हुन्छ । यसो गर्दा थोरै ठाउँ पनि व्यवस्थित देखिन्छ ।

डाइनिङ रुमको फर्निचर

-डाइनिङ रुमका लागि डायनिङ सेटको छनोट भान्सा कोठा तथा डाइनिङ रुमका अन्य फर्निचर र भित्ताको रंगलाईर् ध्यानमा राखेर गर्नुपर्छ । डाइनिङ सेटको कुर्सी कम चौडाइ तथा सानै भएको राम्रो हुन्छ । ठूला कुसीले धेरै ठाउँ ढाक्ने मात्र होइन डाइनिङ रुम सानो पनि देखिन्छ ।

-डायनिङ टेबल किन्दा टेबलको लम्बाइमा ध्यान दिनुपर्छ । घरमा स-ससाना बालबालिका छन् भने मध्यम आकारको डायनिङ सेट लिनु उचित हुन्छ । त्यसमा घरका ठूलाबडा तथा केटाकेटीहरु सँगै बसेर खान सकिन्छ ।

-घरमा पाहुनाहरु आउने-जाने क्रम चलिरहन्छ भने उनीहरुका लागि अतिरिक्त डायनिङ कुर्सी राख्नुपर्छ ।

-बैठक कोठा तथा डाइनिङ रुम सँगसँगै छ भने बैठक कोठाको फर्निचरसंग मिल्ने गर्ने डाइनिङ सेट लिंदा राम्रो हुन्छ ।

-घरमा केटाकेटी छन् भने स्क्वायर, रेक्ट्याङगल आकारका अथवा काँच को डाइनिङ सेटको साटो गोलो आकारका काठ अथवा फाइभरका डाइनिङ सेट किन्नु उचित हुन्छ ।

बेडरुमका फर्निचर

-बेडरुममा सजाइने फर्निचरहरु बेडरुमका अन्य सरसामानसँग मेल खाने हुनु पर्दछ । बेडरुममा ओछ्यानबाहेक कम्प्युटर, स्टडी टेबल, सोफा पनि राख्नु पर्ने छ भने ती सबैसंग मेल खाने फर्निचर किन्नु पर्छ ।

-बेडरुमका लागि फर्निचर किन्दा रोजाइका साथै आवश्यकतालाई पनि ध्यान दिनुपर्छ ।

-बेडरुम सानो छ भने कपडा राख्न दराजको साटो ड्रयर्स प्रयोग गर्न सकिन्छ । सानो कोठामा दराज राख्दा कोठा अझ सानो र भरिएको देखिन्छ ।

-बालबालिकाको बेडरुममा लागि मध्यम आकारको फाइबर बोर्डको फर्निचर किन्नु पर्छ । त्यो सुरक्षित र सस्तो पनि हुन्छ ।

-राम्रो गुणस्तरको फर्निचरलाईर् प्राथमिकता दिनुपर्छ । बारम्बार खर्च गर्नुभन्दा गुणस्तरमा ध्यान दिएर केही महंगो फर्निचर किन्नु नै फाइदाजनक हुन्छ ।

-बेडरुमलाईर् फर्निचर शोरुमका रूपमा प्रयोग गरी धेरै फर्निचर राखेर अस्तव्यस्त बनाउनुका साटो आवश्यकता अनुसारका फर्निचर मात्र राख्नु उचित हुन्छ ।

Continue Reading…

समूह विजेता बन्दै इजिप्ट प्रिक्वाटरफाइनलमा प्रवेश

१६ असार, काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलमा समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार विहान भएको खेलमा इजिप्टले समूह ‘ए’ को अन्तिम खेलमा युगाण्डालाई २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टको जितमा मोहमद सलाह र एल मोहम्मदीले गोल गरे ।

खेलको ३६ औ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा इजिप्टले फेरि अर्को गोल थप्न सफल भयो । यो पटक भने माहम्मदीले गोल गर्दै इजिप्टलाई २-० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा दोब्बर अग्रता बनाएको इजिप्टले दोस्रो हाफमा युगाण्डालाई रोक्दै जित हात पारेको हो ।

समूह ‘ए’ मा अपराजित यात्रालाई कायमै राख्दै इजिप्टले तीन खेलमा तीनै खेल जित हात पार्दै ९ अंक बनाएर समूह विजेता बनेको हो । त्यस्तै, पराजित भएपनि युगाण्डा प्रिक्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

Continue Reading…

आजका पत्रपत्रिका : आइफाको खर्च, कसलाई कति पर्छ ?

१६ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले रोपाइँदेखि आइफाको खर्चसम्मका विषयमाथि परिचर्चा गरेका छन् ।

नयाँ पत्रिकाले ‘आइफाको खर्च : कसलाई कति पर्छ ?’ शीर्षक दिएर नेपालमा हुने भनिएको इन्टरनेशसनल इन्डिया फिल्म अवार्ड (आईफा) मा लाग्ने खर्चको हिसाब निकालेको छ ।

नेपाली सैनिक मुख्यालयको खेलकुद मैदान अथवा सैनिक मञ्च टुँडिखेलमध्ये कहाँ आयोजना हुने निश्चित भएको छैन । तर आयोजकले सैनिक मुख्यालयको मैदानलाई रोजेर गएका छन् । समाचार अनुसार जुनसुकै ठाउँमा बनाए पनि अस्थायी स्टेज दुबईबाट आउनेछ । स्टेजको यातायात भाडा तथा प्रतिष्थापनबापत ४४ करोड रुपैयाँ आयोजकले नेपालसँग मागेको छ ।

नयाँ पत्रिकाका अनुसार, यसका लागि काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डले नगद दिने भएका छन् ।

६ सय कलाकारलाई पाँचतारे होटेलमा बस्ने प्रबन्ध गरिँदैछ । यसको जिम्मा होटेल एसोसिएसन नेपाल (हान) लाई दिने तयारी सरकारको छ । भारतबाट करिब ६ सय कलाकार र तिनका सहयोगी गरेर १५०० आउने छन् । कलाकार आउने र जाने हवाई खर्च व्यवस्थापन गर्न पर्यटन बोर्डले नेपाल वायुसेवा निगमलाई जिम्मा दिएको छ ।

नयाँ पत्रिकाका अनुसार, कलाकारहरु काठमाडौंमा उत्रिसकेपछि विमानस्थलबाट होटेलसम्म लैजाने र होटेलदेखि कार्यक्रमस्थलसम्म ल्याउन सुविधासम्पन्न गाडीको व्यवस्था गरिँदैछ । यसको सम्पूर्ण जिम्मा नाटा अटोमोबाइल्स डिलर्सलाई दिएको पर्यटन बोर्डको भनाइ छ ।

रोपाइँबारे मुख्य समाचार बनाएको कान्तिपुरले लुम्बिनी क्षेत्रबारे सर्वोच्चले गरेको फैसलालाई प्रमुखताका साथ आज समेटेको छ । समाचार अनुसार, सर्वोच्चले लुम्बिनी विकास कोष वरपरको १५ किलोमिटर क्षेत्रभित्रका सिमेन्ट कारखानासहित सबै उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ ।

पुनर्निर्माणका प्राविधिकबाटै अनधिकृत रकम असुली भएको राजधानीले छापेको छ । भूकम्पपछिको पुनर्निर्माणको स्थलगत लगत संकलनका क्रममा खटिएका प्राविधिकबाट अनधिकृत रूपमा रकम असुली भएको दाबी उसको छ । त्यसरी अनधिकृत रूपमा रकम असुल्ने १९ कारवाहीमा परेको समाचारमा उल्लेख छ ।

नागरिकले ‘नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा’ शीर्षक दिएर समाचार लेखेको छ । नागरिकका अनुसार घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाको नाममा जम्मा गरेको भेटिएको छ ।

आयुक्त पदको दुरुपयोग गरी आर्ज सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको नागरिक समाचारमा लेखिएको छ ।

Continue Reading…

स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि

१६ असार, काठमाडौं । स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

इटालीमा आज विहान सम्पन्न युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए ।

खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले एक गोल थप्दा जर्मनीले पनि एक गोल फर्काउन सफल भयो तर यो गोल स्पेनलाई रोक्न पर्याप्त भएन ।

खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २-० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २-१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन ।

Continue Reading…

विश्वकप क्रिकेट : वेष्ट इन्डिज र श्रीलंका भिड्दै

१६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ ।

पाकिस्तान र इंग्ल्यान्डको आ-आफ्नो अन्तिम खेल बाँकी छ । पाकिस्तानले बंगलादेश र इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तो अवस्थामा इंग्ल्यान्ड र पाकिस्तान दुवैले हार ब्यहोरेमा र बंगलादेश पनि भारतविरुद्धको खेलमा पराजित भएमा श्रीलंकाको भाग्य चम्किने छ ।

तर यस्तो अवस्थामा श्रीलंकाले आफ्नो बाँकी सबै खेल भने जित्नु पर्ने हुन्छ । श्रीलंकाको आज वेष्ट इन्डिजपछिको खेल भारतसँग छ । त्यो खेलमा पनि चमत्कारी प्रदर्शन गर्दै श्रीलंकाले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने लक्ष्य पूरा हुन्छ । तर यो निकै कठिन यात्रा हो ।

यता, वेष्ट इन्डिज भने विश्वकपबाट बाहिरिसकेको छ । त्यसकारण आजको खेल उसको लागि प्रतिष्ठाको लागि मात्रै हुनेछ । सात खेलबाट एक खेलमा मात्रै जित हात पारेको वेष्ट इन्डिजले पाँच खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ३ अंक मात्रै जोडेको छ ।

यता, ६ अंक जोडेको श्रीलंकाले भने सात खेलबाट दुई खेलमा जित, दुई खेलमा पानीको कारण अंक बाँड्दै र तीन खेलमा हारेको छ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनिल एम्बरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, कसुन रजिथा, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना, जेफ्रिय भन्डर्सी ।

Continue Reading…

Saturday, June 29, 2019

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

१५ असार, बाँके । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन ।

‘ब्याड त राखेका छौँ,’ जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, ‘सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।’

असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी गरेका छैनन् । भर्खर धानको ब्याड राखेका किसानलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । खेतमा भेटिने हुलका हुल पशुचौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसान ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

शनिबार करीब ४० डिग्रीको हाराहारीको तापक्रमको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारी हातमा लठ्ठी लिएर खेतको छेउमा उभिएका थिए । अन्सारीले भने, ‘एकैछिन छाड्ने हो भने पशुले सबै ब्याड खाइदिन्छन्, दिनभर चर्को घाममा पहरा दिइरहनुपरेको छ ।’

अन्सारीले ब्याड नियाल्दानियाल्दै पनि छाडा पशु ब्याडमा छिरिहाले । उनले अर्का ब्याड कुर्न बसेका ओम मिश्रलाई आवाज दिए, ‘छिटो दौड ।’ मिश्र खेतमा पुगुञ्जेल गाईले अलिकति ब्याड चपाइसकेको थियो । मिश्र र अन्सारी मात्रै होइन, धेरै किसान ब्याड कुर्न दिनभरि खेतमा पुग्छन् । राति भने गाई गाउँ पस्ने भएकाले ब्याड सुरक्षित रहने अन्सारीले बताए ।

‘बिहानैदेखि एक जनाको काम नै पशुचौपाया लखेट्ने हुन्छ,’ अन्सारीले भने । ब्याड थोरै ठाउँमा लगाइएकाले निगरानी जसोतसो गरिरहेको किसान बताउँछन् । ‘धान रोपेपछि नकाटुञ्जेलसम्म एकछिन खेत छाड्न मिल्दैन,’ परसपुरका अर्जुन कलवार भन्छन्, ‘छाडा पशुका कारण घरको काम छाडेर दिनभर खेतमा चौकीदारी गर्नुपर्ने अवस्था छ ।’

पछिल्ला वर्षदेखि बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाई, गोरु पाल्ने किसानले तिनको उपयोग हुन छाडेपछि खुला छाडिदिने गरेका छन् । त्योभन्दा छाडा पशु बढ्नुको अर्को कारण चाहिँ भारत पनि हो । भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ ।

त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाईगोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था हुन्छ । ‘सीमा खुला छ, पशुलाई रोक्ने कुरा भएन, अहिले सङ्ख्या बढ्दै जाँदा सास्ती भएको छ,’ राजेन्द्र आचार्य भन्छन्, ‘छाडा पशुका कारण शहरमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, गाउँमा किसानलाई खेती जोगाउन ।’

त्यसो त यस वर्षदेखि सिक्टा सिँचाइले नहरमा पानी छाड्ने भनिएको थियो, त्यो सम्भावना पनि निकै न्यून छ । ‘खोई कहिले आउने हो नहरमा सिक्टाको पानी,’ काँदु भन्छन्, ‘ब्याडमा राखेको धानको बीउ भर्खरै टुसाएको छ । असार अन्तिमतिर मात्रै रोप्नका लागि तयार हुन्छ ।’

बाँकेको मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । ‘पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौँ,’ जानकी गाउँपालिका–६ का किसान बद्रुदिन यादवले भने ।

बाँकेका केही सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । ‘हामीले डिपबोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौँ । रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौँ,’ सीतापुरका किसान दीपक थापाले भने, ‘अब त किसानलाई फुर्सद नै हुँदैन ।’

‘अहिले केन्द्रका कर्मचारीलाई समेत धानको बीउका बारेमा परामर्श दिन भ्याइनभ्याइ छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले भने । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको कृषि प्रसार अधिकृत ढकालले बताए ।

उनका अनुसार गत वर्ष बाँकेमा चार मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उनले भने, ‘यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुनेछ । मौसम प्रतिकूल भए साउन पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ भइसक्नेछ ।’ उनका अनुसार सिँचाइ सुविधा नभएका स्थानमा राखिएको ब्याड असार अन्तिमसम्म रोप्नका लागि उपयुक्त हुनेछ ।

अघिल्ला वर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहुने किसानलाई सुझाव दिने गरेको बताउँदै कृषि प्रसार अधिकृत ढकालले भने, ‘बाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको एवं कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका नयाँ र उन्नतजातको धान लगाउन किसानलाई सुझाव दिएका छौँ ।’
उन्नत जातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अनुकूल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ ।

नार्क खजुराका बाली वैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिए । ‘समयमै पानी परेको र ब्याड राख्नेसमेत समय भएकाले नार्कबाट सिफारिस भएका धानका जात सुक्खा र डुबान सहनसक्ने धान प्रयोग गर्नुस्,’ किसानलाई आग्रह गर्दै उनले भने ।

Continue Reading…

धान दिवस: किसानलाई छाडा पशु लखेट्दै ठिक्क

आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।”


असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी गरेका छैनन् । भर्खर धानको ब्याड राखेका किसानलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । खेतमा भेटिने हुलका हुल पशुचौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसान ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

शनिबार करीब ४० डिग्रीको हाराहारीको तापक्रमको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारी हातमा लठ्ठी लिएर खेतको छेउमा उभिएका थिए । अन्सारीले भन्नुभयो, “एकैछिन छाड्ने हो भने पशुले सबै ब्याड खाइदिन्छन्, दिनभर चर्को घाममा पहरा दिइरहनुपरेको छ ।”

अन्सारीले ब्याड नियाल्दानियाल्दै पनि छाडा पशु ब्याडमा छिरिहाले । उनले अर्का ब्याड कुर्न बसेका ओम मिश्रलाई आवाज दिए, “छिटो दौड ।” मिश्र खेतमा पुगुञ्जेल गाईले अलिकति ब्याड चपाइसकेको थियो । मिश्र र अन्सारी मात्रै होइन, धेरै किसान ब्याड कुर्न दिनभरि खेतमा पुग्छन् । राति भने गाई गाउँ पस्ने भएकाले ब्याड सुरक्षित रहने अन्सारीले बताए ।

“बिहानैदेखि एक जनाको काम नै पशुचौपाया लखेट्ने हुन्छ”, अन्सारीले भने । ब्याड थोरै ठाउँमा लगाइएकाले निगरानी जसोतसो गरिरहेको किसान बताउँछन् । “धान रोपेपछि नकाटुञ्जेलसम्म एकछिन खेत छाड्न मिल्दैन”, परसपुरका अर्जुन कलवार भन्छन्, “छाडा पशुका कारण घरको काम छाडेर दिनभर खेतमा चौकीदारी गर्नुपर्ने अवस्था छ ।”

पछिल्ला वर्षदेखि बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाई, गोरु पाल्ने किसानले तिनको उपयोग हुन छाडेपछि खुला छाडिदिने गरेका छन् । त्योभन्दा छाडा पशु बढ्नुको अर्को कारण चाहिँ भारत पनि हो । भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ ।

त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाईगोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था हुन्छ । “सीमा खुला छ, पशुलाई रोक्ने कुरा भएन, अहिले सङ्ख्या बढ्दै जाँदा सास्ती भएको छ”, राजेन्द्र आचार्य भन्छन्, “छाडा पशुका कारण शहरमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, गाउँमा किसानलाई खेती जोगाउन ।”

त्यसो त यस वर्षदेखि सिक्टा सिँचाइले नहरमा पानी छाड्ने भनिएको थियो, त्यो सम्भावना पनि निकै न्यून छ । “खोई कहिले आउने हो नहरमा सिक्टाको पानी”, काँदु भन्छन्, “ब्याडमा राखेको धानको बीउ भर्खरै टुसाएको छ । असार अन्तिमतिर मात्रै रोप्नका लागि तयार हुन्छ ।” बाँकेको मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

“पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौँ”, जानकी गाउँपालिका–६ का किसान बद्रुदिन यादवले भन्छन् । बाँकेका केही सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । “हामीले डिपबोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौँ । रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौँ”, सीतापुरका किसान दीपक थापाले भन्छन्, “अब त किसानलाई फुर्सद नै हुँदैन ।”

“अहिले केन्द्रका कर्मचारीलाई समेत धानको बीउका बारेमा परामर्श दिन भ्याइनभ्याइ छ”, कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले भने । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको कृषि प्रसार अधिकृत ढकालले बताए ।

उनका अनुसार गत वर्ष बाँकेमा चार मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उहाँले भन्नुभयो, “यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुनेछ । मौसम प्रतिकूल भए साउन पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ भइसक्नेछ ।” उहाँका अनुसार सिँचाइ सुविधा नभएका स्थानमा राखिएको ब्याड असार अन्तिमसम्म रोप्नका लागि उपयुक्त हुनेछ ।

अघिल्ला वर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहुने किसानलाई सुझाव दिने गरेको बताउँदै कृषि प्रसार अधिकृत ढकालले भन्नुभयो, “बाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको एवं कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेका नयाँ र उन्नतजातको धान लगाउन किसानलाई सुझाव दिएका छौँ ।”

उन्नतजातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अनुकूल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् ९नार्क०ले किसानलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ ।

नार्क खजुराका बाली वैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिनुभएको छ । “समयमै पानी परेको र ब्याड राख्नेसमेत समय भएकाले नार्कबाट सिफारिस भएका धानका जात सुक्खा र डुबान सहनसक्ने धान प्रयोग गर्नुस्”, किसानलाई आग्रह गर्दै उनले भताए ।
–––

Continue Reading…

भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।

 

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको हो । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गरेका थिए । उनले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले कृषकलाई आग्रह गरे ।

दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए ।

भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए ।

उहिहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन् ।

Continue Reading…

भरुवा बन्दुकसहित एक पक्राउ

१५ असार संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Continue Reading…

रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ

१५ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् ।

गैडहवा गाउपालिका–८ का २२ वर्षीय थारु घटनाको दुई हप्तापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ परेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

चौधरीमाथि जबरजस्ती करणी कसुरमा मुद्दा चलाइने प्रहरी निरीक्षक पोखरेलले बताए । उक्त बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् ।

असार २ गते साँझ गैडहवा ९ नागेश्वरीचोकको एक रेष्टुरेन्टमा विष्णु चौधरीसँगै दुई युवती राति १० बजेसम्म मदिरा सेवन गर्दै बसेका थिए । घर छोड्ने भनेर दुई युवतीलाई बाइकमा राखेर फर्कने बेला हसनापुरस्थित बोर्डिङ स्कूल नजिकको खेतमा चौधरीले एक युवतीमाथि बलात्कार प्रयास गरेका थिए । अर्की युवती भागेर गाउंमा पुगेर गुहार मागेपछि गाउँका युवाहरु घटनास्थलमा पुगेका थिए । तर उनीहरुले संरक्षण दिनुको साटो आफैं बलात्कारमा संलग्न भएको युवतीहरुले प्रहरीलाई बताएका थिए । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक हुँदा बलात्कारमा १४/१५ जना युवा र पुरुषको समूह संलग्न भएको बताइए पनि युवतीहरु मदिराको नशामा भएका र अँध्यारोमा नचिनेका व्यक्तिबाट घटना भएकाले पीडकहरुको संख्या यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको वयान युवतीहरुले दिएको प्रहरी निरीक्षक पोखरेलले बताए । चौधरीले ती दुई युवतीसँग घटनाको २ दिन अघिदेखि निरन्तर फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको शिकार भएका दुईमध्ये एकजना विवाहित र अर्की अविवाहित हुन् । उनीहरु विपन्न परिवारका भएको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कारमा परेका दुवै युवतीहरुको स्वास्थ्य अवस्था सामान्य छ । भीम अस्पताल भैरहवामा स्वास्थ्य चेकजाँच गरेका उनीहरु अहिले घरमै छन् । उनीहरुको उपचारका लागि गैडहवा गाउँपालिकाले १०–१० हजार रुपैयाँ दिएको अध्यक्ष बच्चुलाल केवटले बताए ।

Continue Reading…

भोज खाँदा तनहुँमा ४१ जना बिरामी

१५ असार, तनहुँ । जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै बिरामी परेकाले माछामा कैफियत हुनसक्ने बताए । ‘अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,’ श्रेष्ठले भने, ‘माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेका छन् ।’

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताउँछन् । घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमूना सङ्कलन गरेको उनले जानकारी दिए ।

Continue Reading…

सैन्य पदमा कोटाभन्दा आधा मात्रै उत्तीर्ण (नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाको सैन्य पदका लागी खुला र समावेशि गरि जम्मा २०० पदका लागी लिएको लिखित परिक्षामा झण्डै अधा मात्रै उम्मेदवार उत्तीर्ण भएका छन् ।


लोकसेवा आयोगको कार्यालय काठमाडौंले नं.६ वाहिनी अड्डा, बैरेनी ब्यारेक धादिङबाट लिखित परिक्षाका लागी छनोट भएका उम्मेदवारकोहरुका लागी असार ६ गते लिएको लिखित परिक्षामा झण्डै आधा मात्रै उम्मेदवार उत्तीर्ण भएका हुन् ।

खुला तर्फ आवश्य संङख्या १०४ मा, उत्तीर्ण ९४, महिला १८ मा, १३ जना उत्तीर्ण आदिवासी जनजातीमा २९ मा २३ जना उत्तीर्ण भएका छन् । यस्तै मधेशि २५ मा, शुन्य उत्तीर्ण, दलित १४ मा ६ जना उत्तीर्ण, पिक्षे ४ मा शुन्य र सन्तती ६ मा शुन्य जना उत्तीर्ण भएका छन् ।

नतिजासहित:

तलकाे लिङ्कमा क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ

http://psc.gov.np/assets/uploads/files/Sainya_Dhading_Result_2076_Asar.pdf

Continue Reading…

देशभर ११ प्रतिशत रोपाइँ, धान उत्पादन घट्ने

१५ असार, काठमाडौं । मध्य असारसम्म पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार हाल उच्च पहाडमा २६.३१ प्रतिशत र मध्य तराईमा १५.१२ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईमा जम्मा ९.५९ प्रतिशत मात्र रोपाइँ भएको छ । जबकि तराईमा धान रोपाइँ १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रमा हुन्छ । तर, १५ असारसम्म जम्मा १ लाख ५ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

यस वर्ष किसानहरुले खडेरी र मलखादको अभाव भोगेका छन् । इटहरी, इलाम, उदयपुर, कलैया, काठमाडौं, धुलिखेल, हेटौंडा, भरतपुर, गजुरी, नेपालगञ्ज, गुलरिया, दाङ घोराही, तुल्सीपुर, लमही, सुर्खेत, धनगढी र महेन्द्रनगरका किसानहरुले मलको अभाव भोगेको कृषि सामाग्री व्यवस्थापन तथा प्रविधि शाखाको तथ्यांक छ ।

सरकारले तामझामका साथ धान दिवस र रोपाइँ महोत्सव मनाइरहँदा धेरैजसो किसानहरुले मल र पानीको अभावका कारण खेती गर्न पाएका छैनन् । अधिकांश खेत बाँझै छन् । सुक्खाका कारण खेतमा धाँजा फाटेका छन् । धानका बेर्नाहरु पनि खेतमै सुक्न थालेका छन् । यस वर्ष नेपालमा १० दिन ढिला गरी मनसुन भित्रिए पनि सक्रिय नहुँदा पर्याप्त पानी पर्न सकेको छैन ।

धान उत्पादन घट्न सक्ने

यस्तै अवस्था रहीरहे यस वर्ष ५ प्रतिशतले धान उत्पादन घट्ने कृषि मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले अनलाइनखबरसँग भने, ‘आजको मौसमअनुसार, आजको रोपाइँअनुसार, आजसम्म प्राप्त तथ्यांकअनुसार ५ प्रतिशत घट्ने अनुमान गरिएको हो । मौसममा हुने परिवर्तनले यो तथ्यांक परिवर्तन पनि हुनसक्छ ।’

आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले धान उत्पादन बढेको थियो । यो उत्पादन अहिलेसम्मकै अधिक र ऐतिहासिक हो ।

यस उत्पादन वृद्धिलाई निरन्तरता दिनु चुनौती रहेको कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले बताए । ‘धान उत्पादन वृद्धि हुनुमा रासायनिक मलखाद तथा उन्नत बीउ बिजनको समयमै उपलब्धता, अनुकूल वर्षा भई समयमै रोपाइँ सम्पन्न हुनु आदि कारणहरु थिए, यस उत्पादन वृद्धिलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिनु पर्ने चुनौति भने हाम्रो सामु विद्यमान छ,’ उनले भने ।

धान आयातमा वार्षिक २५ अर्बभन्दा बढी रकम विदेशियो

धानको उत्पादन एवं उत्पादकत्वमा हासिल भएको उपलव्धि एवं व्यवसायीकरणका लागि गरिएका प्रयासका बाबजुद पनि नेपाल धानमा आत्मनिर्भर हुन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्नेमा करिब ६ लाख मेट्रिक टन चामल अपुग हुने अनुमान छ । केही दशकअघि धान निर्यातको इतिहास बोकेको नेपालले हरेक वर्ष विदेशबाट हुने आयातमा निर्भर छ । यसबाट वार्षिक २५ अर्बभन्दा बढी नेपाली रुपैयाँ विदेशिन पुगेको महानिर्देक पौडेल बताउँछन् ।

धान सिजन भरी नियमित सिँचाइ उपलब्ध हुन नसक्नु, धानको गुणस्तरीय बीउ प्रतिस्थापन दर न्यून हुनु, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको प्रयोग हुन नसक्नु आदि कारणहरुले आशातित रुपमा उत्पादकत्व वृद्धि हुन नसकेको सरकारी अधिकारीहरु बताउँछन् । त्यस्तै प्रतिकुल मौसम र रोग कीराको महामारीले पनि धान उत्पादन प्रभावित हुने गरेको छ ।

Continue Reading…

अन्ततः नेकपाले छाड्यो जबज, मूल कार्यदिशा जनताको जनवाद !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्।

पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चबाट अब जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद दुवैलाई छोड्दै नेकपाले जनताको जनवाद कार्यदिशा बनाएको समाचार नागरिक दैनिकमा छ

अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताए। मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा अयोजित कार्यक्रममा ओली र दाहालले समाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए।

Continue Reading…

१२ करोड लागतमा तयार वीरगञ्जको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा

१५ असार, वीरगञ्ज । वीरगञ्जको छपकैयामा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । १० विगाहा क्षेत्रफलमा फैलिएको १२ करोड रुपैयाँमा निर्माण भएको प्लान्ट सञ्चालनमा आएको हो ।

वीरगञ्जको श्रीपुर, तेजारथटोलदेखि छपकैयासम्मको घरबाट निस्किने प्रदूषित पानीलाई नालामार्फत प्रशोधन केन्द्रमा लगेर सफा गरी सिर्सिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ ।

प्राविधिकहरूका अनुसार ९ मिटर गहिरो ट्रिटमेन्ट प्लान्टमा पानीको सतह ४ मिटरसम्म पुगेपछि अटोमेटिक रूपमा सञ्चालनमा आउँछ । पानी प्रशोधन केन्द्र निर्माणमा एसियाली विकास बैंक र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत लगानी भएको छ । दैनिक एक करोड लिटर फोहर पानी प्रशोधन गर्न सक्ने क्षमता केन्द्रको छ ।

नगर क्षेत्रबाट निस्किएको फोहर पानीलाई प्रशोधन गरेर सिर्सिया खोलामा बगाउँदा पर्यावरण संरक्षणमा मद्दत पुग्ने महानगपालिकाका प्रमुख विजय कुमार सरावगीको विश्वास छ । ‘केन्द्रबाट प्रशोधित भई निस्किने पानीको उपयोगिताबारे अध्ययन गरिरहेका छौं’, सरावगीले भने ।

तर सिर्सिया नदी वीरगञ्ज नगर क्षेत्रको ढलका कारणभन्दा पनि औद्योगिक गतिविधिले प्रदूषित छ ।

सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन योजनामा ‘सिर्सिया करिडोर’ को अवधारणा ल्याए पनि तत्कालका लागि महानगरपालिकाले कुनै ठोस कदम चाल्न सकेको छैन ।

महानगरपालिकाभित्रका घरबाट निस्किने फोहर पानीलाई प्रशोधन केन्द्रमा हालेर ९९ प्रतिशत सफा बनाएर सिर्सिया खोलामा मिसाइने परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए । ‘अहिले मुख्य नालामा बगेको फोहोर पानी प्रशोधनका लागि हालेका छौं । अन्डर ग्राउन्ड नालामा घरको फोहोर पानीलाई जोड्न लिंकेजको व्यवस्था गरेका छौं । क्रमशः घरको फोहोर पानीलाई चरणवद्ध रूपमा जोड्छौं’, उनले भने ।

सञ्चालनमा आएकोे प्रशोधन केन्द्रबाट वार्षिक लाखौं रुपैयाँको मल उत्पादन हुने महानगरपालिकाको भनाइ छ ।

Continue Reading…

धान उत्पादन दोब्बर बनाइँदै, धानका जात थरीथरी

काठमाडौँ । सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ ।

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो ।

विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल मौसमसमेतका कारण कृषि क्षेत्रको योगदानमा बढोत्तरी हुने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वर्षको लक्ष्य राखिएको छ । त्यो लक्ष्य पूरा गर्न अहिले गरिरहेको धान रोपाइँको ठूलो योगदान र महत्व रहने छ ।

गोरखापत्र दैनिक लेख्छ–नेपालमा नयाँनयाँ जातको धान विकास भइरहको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का अनुसार हालसम्म नेपालमा बढी उत्पादन दिने ८३ उन्नत धानका जात छन् । त्यसमा ४८ हाइब्रिड धानका जात सिफारिस भइसकेको छ । तीमध्ये धेरै धान नार्क आफैले उन्मोचन गरेको हो । कतिपय परम्परागत धान भने लोप भइसकेका छन् । १२ जातका धान अलोकप्रिय भई कृषकले लगाउन छाडिसकेका छन् ।

सिफारिस भइसकेको धानका लागि जल, मल, बलको व्यवस्थान हुन सक्यो भने पाँच वर्षमा धान उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्नेछ । बीउबिजनको दीर्घकालीन सोचअनुरूप बीउ विस्थापनदर २५ प्रतिशत पु¥याउन उन्नत जातको धान किसानको पहुँचमा पु¥याउन आवश्यक रहेको नार्कले जनाएको छ । धानको बीउ सिफारिस भए पनि किसानको पहुँचबाट टाढा रहेको नार्कको दाबी छ ।

कृषि विभागका अनुसार धानको जातीय विकासका लागि जिन बैङ्कमा वर्षौंसम्म सुरक्षित गर्न सकिन्छ । विभागका अनुसार नेपालको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा दुई हजार चार सय जातका धान छन् । देशभित्र मात्र होइन नेपालले देशबाहिर पनि धानको बीउ लगेर राखेको छ ।

अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान फिलिपिन्समा तीन हजार ४५०, जपानमा एक हजार २३८, भारतमा ५६०, दक्षिण कोरियामा ४२४, भुटानमा १५०, अमेरिकामा १२१, रसियामा ४० र अफ्रिकामा छ थरीका धान रहेको विभागले जनाएको छ ।

Continue Reading…

भोज खाँदा ४१ बिरामी

तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा खाएका गाउँले बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए । “अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,” श्रेष्ठले भने, “माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेका छन् ।”

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए ।

उनले भने, “घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमूना सङ्कलन गरेका छौ ।”

Continue Reading…

लोकसेवा आयोगको मुद्दा आज सर्वोच्चबाट छिनोफानो

काठमाडौं । सर्वोच्च अदालतबाट आज लोकसेवा आयोगको मुद्दाको छिनोफनो हुने भएको छ ।

आयोगले गएकाे जेठ १५ गते स्थानीय तहका लागी खुलाएको विज्ञापनमाथि चार वटा रिट परेका छन् । ती सबै रिटको सुनुवाई आईतबार (आज) हुदैँछ । आयोगले स्थानीय तहका लागी खुलाएको विज्ञापन रोक्ने वा नरोक्ने भन्ने बारेमा आज सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको हो ।

आयोगले निकालेको विज्ञापनविरु परेका रिटमाथिको सुनुवाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सुचना नपुगेका कारण गत बुधबार सुनुवाई नभएरै स्थगित भएको थियो । सर्वोच्चका न्यायाधिशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले गत बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको थियो ।

आयोगको विज्ञापनसम्बन्धी एउटा रीटमा संदको राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएकाले अन्तरिम आदेशको छलफलका लागि समितिका प्रतिनिधि पनि उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको थियो ।

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । गत आईतबार बहस नै नसकिएपछि ‘हेर्दाहदै’ मा बुधबारका लागि तय भएको थियो । तर, गत बुधबार पनि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सुचना नपुगेका कारण स्थगित भएको हो ।

अब यो विषयमा आइतबार (आज) सबै पक्षसँग छलफल गरिसकेपछि मुद्दाको छिनोपलनो हुने बुझिएको छ । आयोगको यो मुद्दाको विवाद न्यायाधीशहरु हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको छ । यसका लागि आवेदन दिने म्याद यही असार १० गते मंगलवार सकिए पनि आउँदो १७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।

Continue Reading…

असार १५ : धान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा

१५ असार, काठमाडौं । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ ।

सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्षसमेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्वसमेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएकाले आगामी दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल कृषि अनुसन्धान परिषदबाट धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भौगोलिक परिवेशअनुसार विभिन्न जात एवं उन्नत प्रविधिहरु सिफारिस भएता पनि उक्त प्रविधिहरु कृषकमाझ अपेक्षाकृत रुपमा पुग्न सकेको पाइँदैन । यसर्थ, धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि प्रसार र यान्त्रिकीकरणलाई सँगसँगै लैजानु आजको आवश्यकता हो ।’

Continue Reading…

भारतको नजर सेमिफाइनल, इंग्ल्यान्ड रोक्ने दाउमा

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

दुवै देशको एउटै दाउ छ– प्रतिस्पर्धीलाई पराजित गरेर सेमिफाइनल पुग्ने । ६ खेलसम्म अपराजित यात्रालाई कायमै राखेको भारत स्पष्ट जितको खोजीमा हुनेछ । तर इंग्ल्यान्ड भने भारतलाई रोक्न चाहन्छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतको ६ खेलबाट ५ खेलमा जित र एक खेल भने वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै उसले ११ अंक बनाएको छ । इंग्ल्यान्डलाई पराजित गरे भारत दुई खेलअघि नै विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

इंग्ल्यान्ड अंक तालिकाको पाँचौं स्थानमा छ । ७ खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको इंग्ल्यान्डको ८ अंक छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

Continue Reading…

स्टार्कको घातक बलिङमा न्यूजिल्याण्ड ८६ रनले पराजित

एजेन्सि । तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ ।

शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३।४ ओभरमा १५७ रनमा अलआउट भयो ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । उनले उस्मान ख्वाजा, मिशेल स्टार्क र जेसन बेहरेनडार्फलाई आउट गरे । वर्ल्ड कपमा ह्याट्रिक गर्ने उनी आफ्नो देशको पहिलो बलर पनि बने ।

जारी वर्ल्ड कपमा यो दोस्रो ह्याट्रिक हो । यसअघि अफगानिस्तानविरुद्ध मोहम्मद शमीले पनि ह्याट्रिक गरेका थिए । लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४० र रोस टेलरले ३० रन बनाए । यी दुईले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे ।

अष्ट्रेलियाका लागि मिशेल स्टार्कले ५ विकेट लिए । स्टिभ स्मिथले एक विकेट लिए । अष्ट्रेलियाका उस्मान ख्वाजाले ८८ रन योगदान गरे । एलेक्स केरी ७१ रन योगदान गरे । ख्वाजा र केरीले छैठौं विकेटका लागि १०७ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका लागि बोल्टले ४ विकेट लिए । फर्गुसन र जेम्स निसमले २(२ तथा केन विलियम्सनले एक विकेट हासिल गरे ।

Continue Reading…

छापामा आज : सहिद परिवारको दुहुनो भैंसी पूर्वमन्त्रीदेखि कार्यकर्तासम्मको गोठमा

१५ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले प्रदेश २ को दुहुनो भैंसी वितरणमाथि नजर लगाएका छन् भने कुनैले सूचना प्रविधि विधेयक, जवजबारे नेकपा अध्यक्षद्वयले व्यक्त गरेको भनाइ, वृक्षरोपणलगायत विषय समेटेका छन् ।

प्रदेश २ सरकारले सहिद परिवारका लागि ल्याएको ‘दुहुनो भैंसी वितरण’ कार्यक्रमका नाममा भएको अनियमितताकाे अन्तरकुन्तर  नयाँ पत्रिकाले केलाएकाे छ ।

समाचार अनुसार सहिद परिवारका लागि भन्दै भैंसी किनेर प्रदेश २ सरकारले पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । यसरी नेतालाई भैंसी दिन कार्यविधि नै परिवर्तन गरिएको छ । सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।

नयाँ पत्रिकाले खबरको अगाडि लेखेको छ– पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैंसी पाएका छन् । उनीहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैंसी हस्तान्तरण गरेका थिए । मनोमानी ढंगले भैंसी वितरण भएपछि लक्षित सहिद परिवार यसबाट वञ्चित भएकाे नयाँ पत्रिका समाचारकाे सार  छ ।

कान्तिपुरले त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले भवन निर्माण थालेकोलाई चासोका साथ उठाएको छ ।

कान्तिपुरका अनुसार विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको छ ।

त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ मा शिलान्यास गरेका थिए । शिलान्यासपछि पनि त्रिविअन्तर्गतको वनविज्ञान अध्ययन संस्थान हेटौंडाका शिक्षक तथा कर्मचारीले अवरोध गरेकाले काम अगाडि बढाउन सकेको थिएन ।

त्यस्तै, सूचना प्रविधि विधेयकमा राखिएको प्रावधानबारे कान्तिपुरले आज पनि चर्चा गरेको छ । कान्तिपुरका अनुसार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लेख्नेलाई पक्राउ गर्नका लागि दुरुपयोग हुँदै आएको विवादित प्रावधानलाई सूचना प्रविधि विधेयकमा निरन्तरता दिएर सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई थप खुम्च्याउने प्रयास गरेको छ ।

कान्तिपुर लेख्छ– अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन प्रयोग हुँदै आएको दफा हटाउन माग भए पनि सरकारले तयार पारेको सूचना प्रविधि विधेयकमा यसलाई झन् व्यापक पारिएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

Continue Reading…

आज असार १५ , धान दिवस मनाइँदै

काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।

शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ।

यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन्। यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ।

Continue Reading…

अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

१५ असार, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो ।

पाकिस्तानको जितमा इमाद वसिमले सबैभन्दा धेरै ४९ रन योगदान गरे । उनी म्यान अफ द म्याच बने । बाबर आजमले ४५ र इमाम उल हकले ३६ रन बनाए । अफगानिस्तानका लागि मुजिब उर रहमान र मोहम्मद नबीले दुई-दुई तथा राशिद खानले एक विकेट लिए ।

आठ खेलमा पाकिस्तान चार जित, तीन हार र एक बराबरीसहित नौ अंकका साथ चौथो स्थानमा आएको छ । जारी विश्वकपमा अफगानिस्तानले भने लगातार आठौं हार व्यहोरेको छ ।

अफगानिस्तानको शानदार बलिङ

अफगानिस्तानका बलरले शानदार बलिङ गरेका थिए । जसका कारण पाकिस्तानका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । पहिलो ओभरमै मुजिब उर रहमानले पाकिस्तानका फखर जमानलाई आउट गरेर पाकिस्तानको शुरुवाती खेल बिगारिदिएका थिए । त्यसपछि इमाम उल हक र बाबर आजमले टिमलाई सम्हाल्ने कोशिस गरे । यी दुई पनि धेरैबेर टिक्न सकेनन् र पबेलियन फर्किए ।

त्यसपछि मोहम्मद हफिज (१९), हरिस सोहेल (२७) र कप्तान सरफराज अहमद (१८) ले पनि राम्रो रन बनाउन सकेनन् । तर इमाद वसिम (नटआउट ४९) ले पारी सम्हाले र अन्तिममा वहाब रियाजसँग मिलेर उनले पाकिस्तानलाई जित दिलाए । यद्यपि उनी अर्धशतक बनाउन एक रनले चुके ।

अफगानिस्तानको तर्फबाट स्पीनर मुजिब उर रहमान, मोहम्मद नबी र राशिद खानले शानदार बलिङ गरे ।

पहिले ब्याटिङ गर्ने अफगानिस्तानको निर्णय सही साबित भएन । उसले २७ रनको स्कोरमा २ विकेट गुमाइसकेको थियो । ओपरन रहमत शाहले ३५ रन भन्दा बढी बनाउन सकेनन् । टिमको स्कोर जब ५७ रन हुँदा उनी पनि आउट भए ।

इमराम अली खिल २४, असगर अफगान ४२, मोहम्मद नबीले १६, नजिबुल्लाह जादरान ४२ र समिउल्लाह सेनवारीले १९ रन बटुल्दै अफगानिस्तानलाई सम्मानजक स्कोरसम्म पुर्‍याए ।

पाकिस्तानको बलिङ पनि शानदार रह्यो । शाहीद अफि्रदीले १० ओभरमा ४८ रन दिएर चार विकेट झारे । यसैगरी इमाद वसिम र वहाब रियाजले दुई-दुई विकेट लिए । एक विकेट शादाब खानको नाममा रह्यो ।

Continue Reading…

प्राथमिक तहको पाँच जिल्लाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको लिखित परिक्षाको नतिजा निकाल्ने क्रम जारी रहेको छ ।

आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा शनिबार राति पनि राति पनि प्रकातशन गरेको छ । आयोगले खुला तर्फ प्राथमिक तहको सुनसरी, जुम्ला, अछाम र तेह्रथुम जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

यसभन्दा अगाडि आयोगले १६ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले अन्य जिल्लाको नतिजा पनि क्रमस निकाल्ने क्रम जारी रहेको छ ।

नतिजा:

जुम्लाको नतिजा:

तेह्रथुमकाे नतिजा:

सुनसरीकाे नतिजा:

धनकुटाकाे नतिजा:

अछामको नतिजा:

तलकाे लिङ्कमा क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ

http://www.tsc.gov.np/news?id=66

 

Continue Reading…

एउटै मञ्चमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच घोचपेच

काठमाडौँ । पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे ।


मञ्च पुग्नासाथ ओलीले दाहालसँग हात मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे । हल तालीको गडगडाहटले गुन्जियो । दुई अध्यक्षबीच बढेको अविश्वासका कारण उनीहरूले हात मिलाउँदासमेत कार्यकर्ताले लामो समय ताली बजाए ।

बोल्ने क्रममा दुई नेताबीच आपसमा छेडखानीसमेत चल्यो । दाहालले आधा घण्टा र ओलीले ५० मिनेट बोले । ‘जननेता’ स्व.मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठीमा अध्यक्षद्वयका अतिरिक्त कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सूर्य चिहनबाटै चुनाव जितेका सांसद हृदयेश त्रिपाठीसहितका नेता वक्ताका रूपमा उपस्थित थिए ।

दुई अध्यक्षबीचको तिक्ततापूर्ण सम्बन्धको विषय सांसद त्रिपाठीले सुरुमै उठाए । नेकपा र सरकारको सफलता रअसफलताको विषय राजनीतिक कोर्ससँग जोडिएको भन्दै उनले दुई नेतालाई मिल्न सचेत गराए । ‘उहाँहरू निर्वाचनपछि यति ठूलो बन्नुभयो कि आफ्नो क्षेत्रफल कति हो भन्ने थाहा नभए जस्तो छ । अहिले धेरै जञ्जालमा पर्नुभयो, अरूले त उहाँहरूलाई (दुई अध्यक्ष) कलाकार पनि भन्छन्,’ त्रिपाठीले भने, ‘पार्टी एकीकरण र सरकारलाई सफल बनाउन सक्नुभएन भने लोकतान्त्रिक प्रणालीमाथि नै खतरा उत्पन्न हुन्छ । नेकपा असफल भयो भने सम्हाल्न प्रतिपक्ष पनि तयार छैन ।’ असफल हुँदा एउटा सरकार र नेकपा मात्रै होइन, प्रणाली नै असफल हुने र राजनीतिक कोर्स नै बदलिने खतरा रहेको उनले बताए ।

त्रिपाठीका यी भनाइलाई दुवै अध्यक्षले ठीकै हो भन्दै एकअर्कालाई छेडछाड गरे । कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक मदन भण्डारीको गुणगानका क्रममा दुवै अध्यक्षले एकआपसमा अप्रत्यक्ष ढंगले छेडछाड गरेको खवर आजको कान्तिपुर दैनिकले छापेको छ

ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष प्रचण्डलाई व्यंग्य गरे । ‘मदन भण्डारी कुनै नक्कली सिद्धान्तको नाममा गतिहीन हुने, आडम्बर देखाउने, हिँड्न नदिने, भन्न नदिने गर्नु हुँदैनथ्यो । उहाँ ९मदन भण्डारी० सिद्धान्तलाई पिँजडा होइन भनेर त्यसभित्र बस्नुहुन्थेन । सिद्धान्तलाई मार्गदर्शन बनाएर अघि बढ्नुहुन्थ्यो,’ ओलीले भने ।

प्रचण्डले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप लगाए । ‘मदन भण्डारी कुनै आग्रह पूर्वाग्रह र संकीर्णता समातेर होइन, त्यसमाथि विजय हासिल गरेर सबैलाई मिलाएर लैजाने सक्ने क्षमता भएको नेता हुनुहुन्थ्यो,’ ओलीप्रति सांकेतिक प्रहार गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देश, काल, परिस्थितिअनुसार आफ्ना नीति र कार्यक्रमलाई समेत बदल्न तयार हुनुहुन्थ्यो । उहाँको त्यही प्रवृत्ति मिलेर नै पार्टी एकीकरण भएको हो ।’ मदन भण्डारीको उत्तराधिकारी ओली र आफू नै भएको उनले दाबी गरे ।

आफूहरूलाई असफल नबनाउनसमेत पार्टीका नेता९कार्यकर्तालाई उनले आग्रह गरे । ‘सरकारलाई सफल पार्ने, पार्टी निर्माण गर्ने र विदेशी शक्ति सन्तुलनमा राख्नेमा सबैको सामूहिक चिन्ता भएन भने दुई नेता असफल हुनेछन्,’ उनले भने, ‘पार्टीलाई सुदृढ एवं सरकारलाई सफल बनाउन सकेनौं भने यो प्रणालीमाथि नै खतरा आउँछ ।’

नेकपाभित्र एकीकरणका क्रममा पार्टीको सिद्धान्तको विषय पछिल्लोपटक पेचिलो बन्दै गएको छ । सिद्धान्तकै विषय नमिल्दा पार्टीको सैद्धान्तिक दस्तावेज सार्वजनिक हुन सकेको छैन । शनिबार दुई नेताको छेडखानी यसमै केन्द्रित थियो । ओलीले पार्टी एकताको प्रक्रिया १०९१५ दिनमा टुंग्याइने बताए । ‘एकताको विषयले हामीमाथि खिसिट्युरी गर्ने र प्रहार गर्ने काम भएको छ । यसको प्रक्रियामा केही अलमल भएकै हो । निराश हुनुपर्ने कुनै कारण छैन,’ उनले भने ।

सरकारले राम्रो काम गरेको समेत उनले दाबी गरे । लोकतन्त्रका मूल्यमान्यताको कार्यान्वयनमा सरकार दृढ रहेको र जनताले दिएको विश्वासलाई डगमगाउन नदिने उनको प्रतिबद्धता छ । ‘राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा सरकार दृढ छ,’ उनले भने ।

कांग्रेस नेता सिटौलाले भने दुई वर्षमा पनि राम्रो काम देखाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । ‘सरकारलाई कतैबाट असहज भएको छैन । आन्तरिक खैलाबैलाबाहेक बाँकी अवधि सरकारले निर्धक्क काम गर्न पाउँछ,’ उनले भने, ‘तर दुई वर्ष हुन लाग्दा पनि सरकारले कुनै उपलब्धि हासिल गर्न सकेन ।’

मदन भण्डारीको निधन दुर्घटनाबाट नभई उनको हत्या नै गरिएको प्रचण्डले बताए । अझै पनि त्यस्तो घटना हुन सक्ने खतरा टरिनसकेको उनको भनाइ छ । राणाकालदेखि पछिल्लोपटकको दरबार हत्याकाण्डसम्मको वृत्तान्त केलाउँदै भविष्यमा फेरि त्यस्तै घटना नदोरिएलान् भन्ने ग्यारेन्टी नभएको उनले बताए । त्यस्तो घटना आफूहरूप्रति लक्षित हुने खतरासमेत रहेको उनले औंल्याए ।

‘मदन भण्डारीको निधन ४१ वर्षमै भयो । हामी ६०र६५ मा छौं । अहिलेसम्म त मारिएका छैनौं,’ प्रचण्डले भने, ‘मारिन पनि सक्छौं । विचारणीय छ । मदन भण्डारीको जस्तै हत्या नहोला भन्ने कुनै ग्यारेन्टी छैन ।’ माथिल्लो तहको हत्यामा संलग्न पत्ता लगाई कारबाहीको कठघरामा ल्याउन आफू प्रधानमन्त्री छँदासमेत नसकेको उनले बताए ।

अहिले सरकारमा छँदा पनि मदन भण्डारी र राजदरबार हत्याकाण्डजस्ता हत्यामा संलग्नलाई पत्ता लगाउने र कारबाही हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

Continue Reading…

बिरुवालाई सन्तानसरह माया गरेर हुर्काऔं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन् ।

वृक्षरोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षरोपणपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले वृक्षरोपणमाभन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘हामीले रोपेका बिरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेका छन् । सरकारले यस वर्षदेखि असार १४ गतेलाई वृक्षरोपण दिवसको रुपमा मनाउने भएको छ । वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि भएको उनको भनाइ थियो । ‘यो सरकारको मात्र होइन, जनजनको कार्यक्रम हो’, उनले भने, ‘हाम्रा पुर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर उनीहरुले बिरुवा संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।’

उनले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चीकै वन क्षेत्र बनाउनुपर्ने बताए । यो वर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड बोट बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उनले सुनाए ।

Continue Reading…

Friday, June 28, 2019

भरतपुर महानगरका उपमेयर शाह नै बने विकासकाे बाँधक

चितवन– भरतपुर महानगरको ठूला र गौरवपूर्ण योजनाहरुलाई अगाडि बढाउन उपमेयर पार्वती शाह बाधकका रुपमा उभिएकी छन् । महानगरले विकास र गौरवका आयोजनाहरुलाई अगाडि बढाउन छलफल प्रक्रिया अगाडि बढाएका वेला उपमेयर शाहबाट अवरोध हुँदै आएको कांग्रेसकै वडाअध्यक्षहरु बताउछन् ।

उपमेयर शाहका कारण विकास निर्माण र योजनाका काम प्रभावकारी बन्न नसकेपछि महानगरवासीहरु नै चिन्तित बन्न थालेका छन् । उपमेयर शाहको काम गराई र व्यवहारप्रति काँग्रेसकै वडाध्यक्षहरु असन्तुष्ट हुन नसकेको उनीहरुको भनाई छ ।

उपमेयर शाहले सानोसानो विषयमा अवरोध सृजना गरेकाले महानगरका काम कारबाहीमा समस्या हुन थालेको महानगर प्रमुख रेणु दाहालले बताइन् । वडाध्यक्षसँगको विवाद समेत महानगरमा ल्याएर पोख्ने र महानगरमा सधै झगडा मात्रै गर्न खोज्ने उपमेयरको प्रवृत्तिले समस्या भएको दाहालको भनाई छ ।

बिहीबार महानगरको बैठकमा उपमेयर शाहले गरेको अवरोधको काँग्रेसकै वडाध्यक्षहरुले विरोध गरेका छन् । उपमेयरबाट भएको अवरोधबाट महानगरवासीमा राम्रो सन्देश नगएको उनीहरुको भनाई छ । नियमसङ्गत भएको छलफलमा आफूलाई समयमै खबर गरिएन भनेर उपमेयर शाहले आक्रोश पोखेर बिहीबारको बैठक बहिष्कार भन्दै बाहिरिएकी थिइन् । आफू र आफ्ना अध्यक्षबीचको आन्तरिक समस्या समाधान गर्न नसक्ने अनि महानगरका हरेक काममा अवरोध गर्ने उपप्रमुखको कार्यशैली ठीक नभएको मेयर दाहालको भनाई छ ।

महानगरको ७ गतेको बोर्ड बैठकले १० वटा समिति बनाउने निर्णय गरेको र त्यसमा काँग्रेसबाट चित्रसेन अधिकारी र नेकपाबाट अरुणपीडित भण्डारीलाई जिम्मेवारी दिइएको थियो । अधिकारी र भण्डारीले ल्याएको निर्णय अनुमोदन गर्ने उद्देश्यसहित शुक्रबार बसेको बैठकमा उपमेयर शाहले कुण्ठा पोखेर समस्या सृजना गरेको वडा नं १३ का वडाध्यक्ष प्रकाश दवाडीले बताए ।

भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीसँग उपप्रमुख शाहको विवाद भएको र त्यही बहानामा बैठक बहिस्कार भन्दै हिँडेको दवाडीको तर्क छ । उता, वडाध्यक्ष चित्रसेन अधिकारीले उपमेयरले बैठकमा आक्रोश पोखी बैठक बहिस्कार गरेको भन्ने भनाई उचित नभएको प्रतिकृया दिए । उनले उपमेयरले समिति बनाउँदा आफूलाई जानकारी नगराएको भन्दै आफूसँग भनेको भएपनि काँग्रेसले बैठक बहिष्कार नगरेको दावी गरे ।

महानगर प्रवक्ता अरूणपीडित भण्डारीले पनि उपमेयरले बैठकमा भाग नलिएको बताए । असार १० गते नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो नगर सभाको उद्घाटन गरेका थिए ।

Continue Reading…

सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई पनि गरौं : प्रधानमन्त्री

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपण अभियानको शुभारम्भ गर्दै अब काठमाडौं हराभरा बन्ने बताएका छन् । उनले सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई गर्न आह्वान पनि गरे ।

कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेपछि प्रधानमन्त्री ओलीले भने, ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ । अबको प्रतिष्पर्धा विरुवा संरक्षणमा हुनुपर्छ ।’

‘यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्छ ।’

Continue Reading…

माफियाले देशै हडप्न खोजे : सभामुख महरा

१४ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, ‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।’

देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले भने,’अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन् ।’

व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए । आकाशे पानी सङ्कलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिकामुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने उनको भनाइ थियो ।

त्यस अवसरमा प्रदेश सदस्य शशीजङ्ग थापाले करीब २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको रु ७० लाखको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माणकार्य भइरहेकाले यस्ता पार्कको विभिन्न ठाउँमा विस्तार गर्दै लैजाने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापा, दक्षिण बाराही उद्यान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगायले वृक्षरोपण गर्नेमात्र नभइ रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा २०० वटा एभोकाडोका बिरुवा रोपिएका थिए ।

Continue Reading…

सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री ओली

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् ।

नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिएका हुन् ।

ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा बोल्नुपर्छ । सरकारले एकलौटी काम गर्दैन ।’

नेपालको परराष्ट्र नीतिलाई सबैले चासोपूर्वक हेरिरहेको बताउँदै ओलीले छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने नीति एउटै हुनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले भारतसँग बेला-बेलामा भइरहने खटपट अन्त्यको प्रयास भइरहेको जानकारी पनि दिए । नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उनले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए ।

नेपालको अहिलेको आवश्यकता लगानी हो भन्दै उनले त्यहीअनुरुपको परराष्ट्र नीति अवलम्बन गरेको बताए ।

Continue Reading…

कलंकी-कोटेश्वर सडक खण्डमा वृक्षारोपण सुरु, प्रधनमन्त्रीले राेपे नासपती

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी-कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका छन् । वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको रुखको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन मन्त्री भानुभक्त ढकाल, शताव्दी पुरुष सत्यमोहन जोशीलगायतको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा विभिन्न संघसंस्थाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

Continue Reading…

जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

१४ असार, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नं. ४ का ४६ जनाले वृक्षारोपण र सडक मर्मत सम्भारको काम गर्ने गरी रोजगार कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले छ वटै वडामा रोजगार कार्यक्रमको योजना बनिसकेकाले गाउँपालिकाभर नै प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिने जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जानकी गाउँपालिकामा ३ हजार जनाले रोजगारीको लागि निवेदन दिएका छन् । रोजगार संयोजक सीमा चौधरीका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको लागि जानकी गाउँपालिकामा ३१ लाख रुपैयाँ बजेट छ ।

Continue Reading…

साताका तीन पुस्तक : उज्ज्वलीदेखि शकुनीसम्म

असार १५ पछि पुस्तक प्रकाशकहरु जुर्मुराउन थाल्छन् । यसको कारण दशैं हो । दशैंका अवसरमा देश विदेशमा नेपाली पुस्तकको बिक्री उत्कर्षमा हुने भएकाले त्यसको तयारी असार १५ पछि हुने गर्छ । दशैंलाई लक्षित गरेर अहिले धेरै पुस्तकको प्रकाशन तयारी हुन थालेको छ ।

त्यसको पूर्व लक्षण दृष्टिविहीन लेखक कमल लामिछानेको पुस्तकबाट सुरु भएको छ । फाइन प्रिन्टबाट बजारमा आएको अन्तरदृष्टिसँगै यो साता राजेन्द्र थापाको ‘सकुनी’ र पाका साहित्यकार गगन सिंह थापाको ‘उज्ज्वली’ पनि बजारमा आएका छन् ।

उज्ज्वली लेखक गगनसिंह थापाको पाँचौं कृति हो । यो पुस्तकले सुदूरपश्चिम क्षेत्रमा रहेको जातीय छुवाछुतको कुरुप अवस्थाको वर्णन गर्छ । लेखकले आफ्नो समयमा देखेको जातीय विभेदलाई जस्ताको त्यस्तै पस्केका छन् । पुस्तक पढिरहँदा आजका पुस्तालाई यी कुराहरु अविश्वसनीय घटनासँग साक्षात्कार गरेजस्तो अनुभव हुन्छ । पुस्तकलाई लेखकले लघु उपन्यास भनेका छन् । यसअघि लेखकका सोह्र सौगात, कर्णालीका छेउछाउ मेरो मधुशाला र पूर्खाको चिठ्ठी प्रकाशित छन् ।

त्यसैगरी गीतकारका रुपमा परिचित राजेन्द्र थापाले नयाँ उपन्यास शकुनी बजारमा ल्याएका छन् । महाभारतका चर्चित पात्र शकुनीलाई उपन्यासको मूल पात्र बनाइएको छ । पुस्तकले शकुनीकै मुखबाट महाभारतको कथा भन्ने कारणले यसअघि महाभारतको कथा पढिरहेका व्यक्तिलाई यो पुस्तक फरक लाग्न सक्छ ।

तारादेवीको स्वरमा रहेको ‘पोहोर साल खुसी फाट्दा…’ गीतबाट लोकप्रिय भएका थापाले यसअघि महाभारतकै कथाबाट ‘द्रौपदी’ उपन्यास ल्याएका थिए । उनको खेलौना उपन्यास पनि प्रकाशित छ ।

उता, चितवनको जुटपानीमा घर भएका डा. कमल लामिछाने अन्तरदृष्टि नामक पुस्तक बजारुमा ल्याएका छन् । दृष्टिविहीन लामिछानेले अपाङ्गता, शिक्षा र विकासमा जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । अहिले उनी युनिभरसिटी अफ चुकुवामा विकासका विषयमा प्राध्यापन गर्छन् ।

डा. लामिछानेको आत्मकथा ‘अन्र्तदृष्टि’ पुस्तकमा एकजना सामान्य परिवारको अपाङ्ग मानिसले कसरी सपाङ्ग व्यक्तिले पनि कल्पना गर्न नसक्ने उचाइ प्राप्त गर्‍यो भन्ने अविश्वसनीय तवरले ब्याख्या गरिएको छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog