Thursday, May 30, 2019

ओलीजीले अब अध्यक्ष या प्रधानमन्त्री मध्य एक पद छोडनु पर्छ- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफुले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन् ।

पार्टी एकताका बेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति अनुसार नै अब आफूले सरकार वा पार्टी मध्य एको नेतृत्व पाउनु पर्ने बताए । बुधबार प्राईम टाईम्स टेलिभिजनसँगको कुराकानी पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने बताए । उनले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने चेतावनी समेत दिए ।

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका दौरान भएको समझदारी अनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने बताए । उनले सरकारको नेतृत्व आलोपालो गरेर जाने लिखित समझदारी भएको समेत खुलासा गरे । ‘सरकारको नेतृत्व आलोपालो गरेर जाने भन्ने छ। लिखितै छ।’ अध्यक्ष प्रचण्डले भने, ‘बाहिर नै आइसकेको छ। यसमा धेरै प्रश्न गर्नुपर्ने म आवश्यकता नै ठान्दिनँ।’

उनले सम्झौता कार्यान्वयन गर्नेमा प्रधानमन्त्रीसँग आफ्नो कुनै शंका नरहेको पनि बताए । सरकारले जनअपेक्षा अनुसार काम गरे र पार्टीमा आफ्नो भूमिका स्पष्ट भएमा प्रधानमन्त्रीमा ओली नै पाँच वर्षसम्म निरन्तर हुन सक्ने पनि उनले बताए। ‘केपीजी र मेरो कुरा हुँदा सहमति अनुसार जाने नै भन्ने छ। म अहिले आशंका गर्दिनँ। फेरि उहाँ र मबीच सहमति भयो पार्टीमा नयाँ सहमति भयो भने केपीजी नै पाँच वर्ष जान पनि सक्नुहुन्छ’, अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले जनताका कतिपय विषयमा आफूले सार्वजनिक मञ्चमा धारणा राख्दा प्रचण्ड प्रधानमन्त्री पो बन्न लाग्यो कि भन्ने प्रश्न जन्माइएको समेत बताए । आफूलाई प्रधानमन्त्री बन्ने कुनै पनि हतारो नभएको पनि उनले बताए। सरकारले सुशासन र जनअपेक्षाका काम गरेमा ओली प्रधानमन्त्री हुँदा आफूलाई कुनै संकोच नरहेको प्रचण्डले बताए।

तर, प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनको जिम्मेवारी आफूलाई दिन पनि कुनै संकोच मान्न नहुने प्रचण्डको भनाई छ। ‘एकताको सहमतिप्रति इमानदार हुनुपर्छ। अहिले म आशंका गर्दिनँ। समय आएपछि प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो मान्नुहुन्न।’ उनले भने, ‘म लिन पनि अप्ठ्यारो मान्दिनँ। राम्रो काम भएर पार्टीमा सहमति भएमा उहाँलाई नै पाँचै वर्ष सरकार सञ्चालन गर्न र मैले पार्टीको जिम्मेवारी लिन उहाँले संकोच मान्न हुन्न।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog