Friday, May 17, 2019

जबजको गहन अध्ययन आवश्यक- मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनताको बहुदलीय जनवादका बारेमा गहिरो अध्ययन गर्न कार्यकर्तालाई निर्देशन दिका छन् ।

नेकपा कास्कीद्वारा छब्बिसौँ मदन–आश्रित स्मृति दिवस एवं पार्टी एकताको प्रथम वार्षिकोत्सवका उपलक्ष्यमा पोखरामा आयोजित प्रवचन गोष्ठीमा उनले समाजको उत्पीडन र शोषण अन्त्यका लागि जबज महत्वपूर्ण कडी भएको बताए । मदन भण्डारीले प्रतिपादन गरेको कम्युनिष्ट पार्टी सिद्धान्त र विचार आयातित नभई मौतिकतामा आधारिता रहेको उल्लेख गर्दै उनले त्यसैका जगमा पार्टी अघि बढेको बताए ।

विनापरिश्रम कमिसनका आधारमा रातारात धनी बन्ने पूँजीवादी सोच कम्युनिष्ट पार्टीको चुनौती रहेकामा जोड दिँदै पार्टी इञ्चार्ज गुरुङले पार्टी कार्यकर्तालाई इमान्दार एवं जिम्मेवार बन्न आग्रह गरे । मुलुकमा गाँस, बास र कपाससहितको समृद्धिको आवश्यक रहेको बताउँदै उहाँले सरकारले समाजको आर्थिक र सामाजिक रुपान्तरण गर्ने किसिमका कार्यक्रम अघि बढाएको जानकारी दिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog