Friday, May 17, 2019

ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौं । सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ ।

मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा रत्नजित तामाङ र दिपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन् । प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत छन् ।

प्रतियोगितामा दक्षिण एसियाका ३ सहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहने छ ।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासंघ र ब्याडमिन्टन एसियाको वार्षिक साधारणमा भाग लिन चीन जाने छन् । अध्यक्ष श्रेष्ठ मे २१ मा जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसंग चीन गएका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog