Friday, May 17, 2019

डडेल्धुरा बहुमुखी क्याम्पसमा तोडफोड, सभापति ऐरसहित नौ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियुले तोडफोड गरेको छ। तोडफोडमा संलग्न भएको भन्दै स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला ऐरको नेतृत्वमा पुगेको टोलीले ढुंगामुढा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको लागि भइरहेको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए।

पक्राउ परेका विद्यार्र्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। विद्यार्थीहरूले ढुङ्गामुढा प्रहार गरी क्याम्पसका केही झ्यालहरूका सिसा टुटफुट भएको प्रहरीले जनाएको छ।

डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिवीको नियम विपरीत राजनीतीक भागभंडाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि लगायको ताला लगाएको थियो। नेकपा डडेल्धुरा, नेपाली काँग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्ने लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो।

उता क्याम्पसले ताला तोडेर पूर्वनिर्धारीत मितिमै कर्मचारी भर्नाको परिक्षा लिएको बताएका छ। तीनजनाको लागि खुलेको भर्नामा १२ जनाले आवेदन दिएपनि ७ जनाले मात्र परिक्षामा सहभागिता जनाएको क्याम्पसले जानकारी दिएको छ।

क्याम्पसको कर्मचारी भर्ना विज्ञापनमा स्ववियु सभापति ऐरकी श्रीमतीले पनि आवेदन दिएकी थिइन्। सभापति ऐरलाई आफ्नी श्रीमतीलाई कर्मचारीको रुपमा भर्ना गर्न क्याम्पस प्रमुखलाई दवाव दिएको र नमानेपछि चरणबद्धरुपमा आन्दोलन गरेको आरोप लागेको छ।

सभापतिसहित ९ जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै विद्यार्थीहरुले नारावाजीसहित जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका थिए।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog