Thursday, May 30, 2019

किरणले माल्दिभ्सको लिग नखेल्ने, टिसी स्पोर्टस्सँगको सम्झौता रद्द

१६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबीचको सम्झौता रद्द भएको छ ।

नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राख्दा किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाएका हुन् । यो सिजनको लागि किरण र क्लबबीच लिखित सम्झौता भइसकेको थियो तर किरणले माल्दिभ्स गएपछि मात्रै उक्त सम्झौता पत्र पाउने थिए ।

नेपाली टीमको मैत्रीपूर्ण खेल र माल्दिभ्सको लिग एकै समयमा हुने भएपछि किरणलाई समस्या परेको थियो । आफ्नो मुख्य खेलाडी टिममा नहुने भएपछि किरणलाई क्लबले सम्झौता रद्द गर्न आग्रह गरेका थिए । किरणले अनलाइनखबर डटकमसँग भने ‘अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट रिलिज दिएन, उता क्लबले पनि मानेन । दुबै तिरको मुख्य खेलाडी भएको हुँदा क्लबले सम्झौता रद्द गर भन्यो ।’

अब ९९ प्रतिशत आफू माल्दिभ्सको टिसी क्लबबाट नखेल्ने किरणले बताएका छन् । उनले अघि भने, ‘मेरो पहिलो प्राथमिकता भनेकै राष्ट्रिय टीम हो । दुई वटा मैत्रीपूर्ण खेल छ । योमा राम्रो गर्ने हो । हेरौं त्यसपछि के हुन्छ ।’

किरणले टिसी स्पोट्र्स क्लबका अध्यक्षले आफूलाई नेपालको राष्ट्रिय टिमबाट खेल्न नदिने बताएको पनि जानकारी दिए ।

यता, विमल घर्तिमगरले यसै सिजनबाट माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबाट खेल्दैछन् । उनी भने केही दिनमा माल्दिभ्स प्रस्थान गर्ने छन् । उनी चोटका कारण राष्ट्रिय टिमबाहिर छन् ।

नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्दै छ भने जुन ६ मा चाइनिज ताइपेइसँग खेल्दैछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog