Friday, May 17, 2019

कुलमानको आक्रोशपछि प्रहरीको सुरक्षामा सबस्टेसनको काम सुरु

काठमाडौं । त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ। स्थानीयले विभिन्न माग राखेर दुई दिनदेखि गरिरहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ।

नुवाकोटको किस्पाङ गाउँपालिका-५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए। त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया-४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए।

नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए। स्थानीयको जायज माग पूरा गर्न आयोजना संधै तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनी घिसिङले दिएका थिए।

उनले त्यहींबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन अनुरोध गरेका थिए। स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो। सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार बिहानैबाट काम सुरु गरेको हो।

‘यो सबस्टेसन एक वर्ष भित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाटको सान्जेन, १४।८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यसबापत प्राधिकरणले करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ,’ घिसिङले भनेका थिए, ‘‘यस्तो महत्वको आयोजनाको काममा अवरोध गर्ने ?’

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहने छ। आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ। आयोजनाको निर्माण अगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

भिडियोः

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog