Thursday, May 30, 2019

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध टस जितेर दक्षिण अफ्रिका फिल्डिङमा

१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम इंग्ल्यान्डले ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा बिहीबारदेखि सुरु भएको विश्वकपमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि घरेलु टिमले ब्याटिङ सुरु गरेको हो ।

विश्वकप क्रिकेटमा अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यो पटक उपाधिको दाबेदार राष्ट्रको रुपमा हेरिएको इंग्ल्यान्ड स्पष्ट जितको खोजितमा रहेको छ ।

१० राष्ट्र सहभागी विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै, दक्षिण अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान, भारत, श्रीलंका, वेष्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

इंग्ल्यान्ड प्लेइङ इलाभेन

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, जोफ्रा आर्चर ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, कागिसो रबडा, इमरान ताहिर, लुन्गी नगिडी, डवान प्रेटोरियस, एन्डिल फेहलुकवाओ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog