Thursday, May 30, 2019

तेश्रो हप्तामा ‘जात्रै जात्रा’को शो झनै बढ्यो

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले आक्रामक व्यापारको गतीलाई निरन्तरता दिइरहेको छ । दोश्रो सातामा चलिरहेको चलचित्रले हरेक दिन मल्टिप्लेक्समा उच्च व्यापार गरिरहेको छ । दोश्रो हप्ताको बिहिबारसम्म आइपुग्दा पनि दर्शकको चाप हलमा कम देखिएको छैन ।

यहीकारणले गर्दा नै यो चलचित्रले तेश्रो हप्तामा मल्टिप्लेक्समा पहिलो साताको तुलानामा शोज बढी पाएको छ । तेश्रो हप्तामा चलचित्रको व्यापार कम हुँदै जाने र शो पनि घट्दै जाने हुन्छ । तर, काठमाण्डौको क्यूएफएक्स चेनमा यो चलचित्रले भोली शुक्रबार २१ शो पाएको छ । यो चलचित्र रिलिजको पहिलो शुक्रबारको भन्दा २ शो बढी हो ।

भोलीबाट ३ नयाँ नेपाली चलचित्र रिलिज हुने भएतापनि क्यूएफएक्समा ‘कुम्भ करण’ले ३ शो पाउनु बाहेक अरु चलचित्रले शो नै पाएका छैनन् । यसैले यसको प्रत्यक्ष फाइदा ‘जात्रै जात्रा’लाई भएको छ । चलचित्रले तेश्रो हप्तामा पनि आक्रामक व्यापार गर्ने संकेत दिइसकेको छ । प्रदिप भट्टराई निर्देशित यो चलचित्रको बलियो वर्ड अफ माउथका कारण दर्शकको विश्वास झनै बढ्दो छ ।

विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, राजाराम पौडेल, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले सुन काण्डको कथालाई रोचक तरिकाले उठाएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog