Thursday, May 30, 2019

प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल नयाँदिल्लीमा

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन् दिल्ली पुगेका छन् । प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्ड राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपरान्ह तीन बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका थिए। ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीको समेत उपस्थिति थियो। प्रधानमन्त्री ओलीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन्।

ओली राष्ट्रपति कार्यालयमा साँझ करीब सात बजे हुने मोदी र उनको मन्त्रिमण्डलको सफथ ग्रहण कार्यक्रममा सरिक हुने कार्यक्रम छ । कार्यक्रममा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) का सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपतिलगायत विशिष्ट पाहुनाहरु उपस्थिति रहने बताइएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog