Friday, May 17, 2019

संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टले देशलाई डुबाए- मोहन वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्टहरु देशको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि देशमा जनवादी क्रान्ति सम्पन्न गर्ने बताएका छन् ।

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाण्डौमा सार्वजनिक गर्दै बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी समेत दिए । महासचिव वैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले देशमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दाबी पनि गरे । ।

उनले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टहरुले देशलाई डुबाएको समेत आरोप लगाए । महासचिव बैद्यले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेको बताए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog