Friday, May 17, 2019

कांग्रेसले ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकासहित देशभर ‘नेपाली कांग्रेस मेला’ को आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले ‘नेपाली कांग्रेस मेला’ को आयोजना गर्ने निर्णय गरेको हो ।

यस्तै कांग्रेसले जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौँंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना समेत गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए ।

कांग्रेसले ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने, क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम संचालन गर्ने लगाएका निर्णय गरिएको दाहालले बताए ।

यसैबीच कांग्रेसले प्रत्यक जिल्लामा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाउने निर्णय पनि गरेको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog