Friday, May 31, 2019

लोक सेवाको विज्ञापनमा नेकपाको पनि बिरोध

१८ जेठ, जनकपुरधाम । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले पनि बिरोध जनाएको छ ।

विज्ञापनको बिरोध गर्दै प्रदेश २ का मुख्यमन्त्रीले यसको कानुनी उपचार खोज्ने बताएलगत्तै प्रदेशका प्रमुख प्रतिपक्षी नेकपाले पनि लोकसेवा विज्ञापनको बिरोध जनाएको हो ।

लोकसेवा आयोगले संविधानको मर्म र भावना विपरित विज्ञापन निकालेकाले यसलाई कुनै पनि हालतमा नमान्ने नेकपाले जनाएको छ ।

नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहले विज्ञप्ती जारी गर्दै जनताको लामो संघर्ष, त्याग र बलिदानीको प्रतिफलको रुपमा प्राप्त समानुपातिक समावेशी प्रतिनिधधित्वको अधिकारलाई संविधानमै ग्यारेन्टी गरी निजामती ऐन मार्फत विगत कयौं बर्षदेखि व्यबहारिक अभ्यास समेत गर्दै आइरहेको सन्दर्भमा हालै निकालेको विज्ञापन त्यसको विपरित रहेको जनाएका छन् ।

यो विज्ञापनले नेपालको संविधान २०७२ को धारा ३८ को ४, ४० को १, ४२ को १ र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेशी, थारु, जनजाती, मुश्लिम, पिछडावर्ग समेतलाई राज्यको निकायहरुमा समानुपातिक समावेशी हुन पाउने मौलिक हकमा आघात पुगेको साहले उल्लेख गरेका छन् ।

नयाँ संविधान एवं मजबुत सरकार मार्फत् देश स्थायित्वतर्फ अगाडि बढिरहँदा देशको महत्वपूर्ण संवैधानिक निकायले परिवर्तनलाई उल्टाउने र द्वन्द्व बढाउने काम गरेको जनाउँदै विज्ञप्तीमा भनिएको छ, ‘आयोगले एकमुष्ठ रुपमा निकालेको विज्ञापनलाई कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै रुपमा मान्न सकिदैन् । यदि कर्मचारी समायोजन ऐन अनुसार विज्ञापन गर्ने हो भने प्रत्येक प्रदेशलाई एक इकाइ मानेर समानुपातिक समावेशी संख्या निर्धारण गर्न सकिन्थ्यो ।’

तर आयोगले समाजको आवश्यक्ता र सन्दर्भलाई बिर्सेर गलत मनसाय राखी संविधान र कानुन विपरित कार्य गरेको जनाउँदै विज्ञप्तीमा यो विज्ञापनलाई तुरन्त रोकी संविधान र कानुन अनुसार सच्याउन माग गरिएको छ ।

संघीय लोक सेवा आयोगले गत बुधबार स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारीको भर्ना आह्वान गरेको थियो । स्थानीय तहहरुको आग्रहमा कर्मचारीहरुको विज्ञापन गरेको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो
Continue Reading…

ओलीसँगको एकता झन् सुदृढ हुन्छ : प्रचण्ड

१८ जेठ, विराटनगर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका कुरालाई स्मरण मात्र गरेको छु । ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने । बिल्कुल नयाँ विषय मैले बोलेकै छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको र सो सहमति पालना हुने विश्वास व्यक्त गरेका थिए । अबको १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास थियो ।

यो पनि पढ्नुहोस १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका बेला त्यहाँ पत्रकाहरुले पनि यसबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा ओलीले व्यंग्यात्मक शैलीले आफ्नो कार्यकाल चार-पाँच दिन मात्र बाँकी रहेको बताएका थिए ।

ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा शनिबार विराटनगरका पत्रकारहरुले प्रचण्डको प्रतिक्रिया मागे । जवाफमा प्रचण्डले भने, ‘प्रधानमन्त्री जीले कुरा राम्रोसँग बुझ्नु भएको छ । उहाँले अलिअलि प्रतिकात्मक रुपमा भन्नु भएको होला । बढी प्रचार भएको अर्थमा उहाँले भन्न खोज्नु भएको होला ।’

उनले यस विषयलाई अनावश्यक प्रचारबाजी नगर्न सबैलाई आह्वान गरे । प्रचण्डले भने, ‘मैले जे बोलें त्यो कुरा पहिल्यै बाहिर आइसकेको कुरा हो । नयाँ कुरा बोलेको होइन । कयौं किताबमा छापिएको छ, पत्रिकामा आइसकेको छ । हाम्रो बीचमा के समझदारी भएको छ भनेर मैले नौलो कुरा भनेको पनि होइन र यो पहिलो पटक भनेको पनि होइन । त्यसकारण यसलाई अतिरञ्जित ढंगले लैजान जरुरी छैन ।’

प्रचण्डले पार्टी एकताको बेला जे सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता जनाइएको थियो, त्यही लाइनमा अगाडि बढ्दै जाने बताए । प्रचण्डले अब पार्टी कमजोर नहुने बरु झन् सदृढ हुने दावीसमेत गरे । प्रचण्ड र ओलीका पछिल्ला अभिव्यक्तिले पार्टीमा दरार बढ्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘बढी प्रचारबाजी भएको देखेपछि पार्टी र नेतृत्व तहमा अझ बढी सदृृढ एकता बनेरै जान्छ ।’

भारतको विदेशमन्त्री एस जयशंकर बनेपछि दुई देशको सम्बन्धमा पर्न सक्ने प्रभावबारे पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । तर, प्रचण्डले विदेशमन्त्री जो बने पनि नेपाल-भारत सम्बन्धमा असर नपर्ने विश्वास व्यक्त गरे ।

‘नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले शिक्षा लिइसकेको छ । नेपालले पनि त्यसखालको परिस्थिति नदोहोरियोस् भने सतर्कता अपनाएको छ,’ प्रचण्डले भने, ‘त्यसकारण विदेशमन्त्री भारतको को हुन्छ भन्ने कुराले तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन ।’

Continue Reading…

व्यंग्य : फेसबुकमा साथी बन्न पनि जागिर ?

बजेट भाषणले तलब बढायो र जागिरेको महत्व झन् बढ्यो । सबैतिर जागिरेकै चर्चा छ । यसले बेरोजगार र जागीर खान खोजिरहेकाहरुलाई कुन दबाब होला, म जागिरे भएर अनुमान गर्न सक्छु । तर, जागिरेको गुनासोका थाक खोतलेर हेरेपछि पो थाहा हुन्छ, जागिरे हुनुको मज्जा ।

समाज भन्छ :  धेरै पछ्नुपर्छ । पढेपछि जागिर खानुपर्छ । एउटा जागिर पनि नखाई के बिहे गर्नु । एउटा जागिर पनि नहुनेले के गफ गर्नु ? यस्तै केके फतफताइरहन्छ । गनगनाइरहन्छ ।

समाज सान देख्छ : उसको त सरकारी जागिर हो नि ? उसको पहुँच माथिसम्म छ ।  ऊ त आइ अन जी ओ मा जागिर खान्छ । ऊ त बैँकको जागिरे पो त । ऊ मन्त्रालयको जागिरे ।ऊ प्रधानमन्त्री कार्यालयको जागिरे । उसको त बाबु नै लाहुरे ।

समाज उदाहरण दिन्छ : फलानाको जस्तो जागिर खाएर देखा  । चिलानाको जस्तो जागिरे भएर फुर्ती ला । हेर छोरा बाबुको जागिर भए पो बजार जानु । हेर नानी जागिरे बाबुका छोराछोरी हेरेर हामीलाई के गर्नु । उनीहरु तलबबाट पनि कमाउँछन् । टेबलमुनिबाट पनि कमाउँछन् । बैक खाताबाट पनि कमाउँछन् । हामीलाई त्यसो गर्न पुग्दैन बा । जता कुरो घुमाइन्छ, बालबालिकाका दिमाखमा जागिरको भूतको घर बनाइन्छ ।

जागिरको सक्कली अर्थ नोकरी नै हो । आजकाल जागिरको अर्थ फेरिँदो छ । नोकरीबाट सानका रुपमा विस्तार हुँदो छ । वास्तवमा जागिर संस्था वा कार्यलयमा काम गर्ने पेसा । यसको गन्तव्य क्षेत्र सरकारी संस्था र गैरसरकारी संस्था  । जागिरको आकर्षषण काम गरेवापत तोकिने निश्चित रकम । यस्तो रकमलाई भनिन्छ तनखा पनि ललब पनि  वेतन पनि । यी पर्यायका अर्थ आफैमा गहिरा छन् । सुकिला लुगा लाएर कार्यालय छिर्नुको सान नै जागिरको मान । समाजको दृष्टिकोण नै जागिरकोसान । समाजको भूत नै अर्को सान । सानै सान मानै मान , जहाँ गयो उही जागिरको महागान ।

गागिर खाने मान्छेलाई भनिन्छ जागिरदार । त्यही जागिर गर्ने कामलाई कर्म गरेर दिनचर्या चलाउने हुँदा  भनिन्छ कर्मचारी । जागिर खाने अर्थमा भनिन्छ जागिरे । यस पेसाका केही सीमा छन् । थुप्रै  समस्या छन् ।  जागिरमा दुःख छ  तर समाजले खुब शक्तिशाली रुपमा हेरेको छ ।

हेरिल्याउँदा जागिरको अर्थ संकुचन र वस्तारका क्रममा विकसित छ । मुगलकालीन भारतमा त्यहाँका वादशाहले आफ्ना भारदारलाई दिने उच्च पदलाई भनिन्थ्यो जागिर । त्यस्तो भारदारलाई पदसँगै कुनै ठुलै भूभाग बक्सिस दिइन्थ्यो । त्यस अर्थमा जागिरको सान हिमाल चढ्थ्यो ।  आज यसको अर्थ संकुचन हुँदै नोकरीकै तहमा झरेको छ ।  यस संकुचनलाई बुझ्दैन समाजले ।  झन् बुझ्दैन सर्वसाधारणले । उही मोगल कालीन विस्तारकै रुपमा बुझ्छ ।  सानकै रुपमा बुझ्छ । मानिलिउँ कसैले सरकारी जागिर पायो, उसको जीवन सफल भयो । कसैले जागिर पाएन, उसले तरकारी पनि खाएन । कसैले जागिर पायो उको बिहे पक्का । कसैले जागिर पाएन बिहे गर्ने केटो वा केटी पाउने भएन । हुने र नहुने, पाउने र नपाउने, बाँच्ने र मर्ने पक्ष नै जागिरमा निर्भर ।

छोरी दिनु पर्‍यो जागिर के छ ? बुहारी भित्र्याउनु पर्‍यो जागिर के छ ? समाजमा उभिनु पर्‍यो जागिर के छ ? मित लाउनु पर्‍यो जागिर के छ ? साथी बन्नु पर्‍यो जागिर के छ । हुँदाहुँदा फेसबुकमा रिक्वेस्ट एसेप्ट गराउन पनि कुनै न कुनै जागिर बताउनै पर्ने : फेक जागिरै भए पनि आइडीमा टास्नु पर्ने । बैक र सरकारी जागिरे भए मालामाल । गैरसरकारी जागिर भए आंशिक मालामाल । जागिरै नभए वास्ता न वेस्ता । जागिरको भूतले नसताएको मानछे छैन । जागिरको भूतले नपछारेको घर परिवार छैन । जागिरको मोहले नलछारेको समाज र देश छैन ।

बाजेले दसैँको टीका लायैपिच्छे जागिर खानु भनिरहे । बजैले त्यसै गरिन् । मावली बाजे बजै उस्तै । बाआमाको सपना उस्तै  । मैले उनीहरुकै सपनाअनुसार मानसिकता बनाएँ । अरु जीवन छोडेर जागिरे जीवन रोजेँ । मैले एउटा  जागिर खान थाल्दा परिवारका मुहारमा छाएको खुसी सम्झन्छु । उनीहरु ठानिरहेका थिए, अब मेरा मात्र होइन परिवारकै दुःखका दिन गए । मैले पनि ठानेँ अब मेरा दुखका दिन गए । म जागिरे भएँ । पाँच अंकको तलब ल्याएर बाआमाका हातमा राखिदिएँ । त्यसो गर्दा बाआमाका मुखमा देखिएको उज्यालो आहा,  कुनै बिहान लाग्ने घाममा त्यस्तो उज्यालो देखिएन । मैले यही बाटो रोजेँ । म जागिरे भएँ ।

धेरैले जागिरलाई सजिलो पेसा सम्झन्छन् । व्यापार र अरु पक्ष भन्दा कम जोखिमको पेसा ठान्छन् । मैले पनि त्यही ठानेँ । सजिलो पेसा माने । जागिरलाई पैसाको बोट ठानेँ सायद । भरमार कमाइको खानी ठानेँ सायद ।  लाहुरे हुने सपना थिचेर, व्यापारी बन्ने सम्भावना कुल्चेर जागिर खोजेँ । कलाकार लेखक-साहित्यकार, पत्रकार बन्ने मनोकांक्षा निमोठेर जागिर खोजेँ । समाजसेवा र राजनीतिका बाटा थुनेर जागिर रोजेँ ।

सासू ससुरालगायत ससुराली खलक त थाहा  छ नि । उनीहरुले जागिरे छोरीज्वाइँलाई महत्व दिने नै भए । उनीहरु पनि आइजाइ गरिरहने भए । बाबुआमापछिका सासूससुरा । उनीहरुका  अपेक्षा कसरी मर्न दिने ?श्रीमतीजीले बाआमालाई गर्न खोजेको उपहारमा बाधक बन्नु भएन

मेरो जागिर पाँच अंकको । पाँच अंक भन्नेबित्तिकै उनन्सय हजार नौ सय पनि हुन्छ । आफनो भने जागिरको अघिल्लो अक्षर पाँच त के तीन पुग्ने हैसियत  कहिल्यै बनेन । भन्छन् नि पुरुषलाई जागिर नसोध्नु, नारीलाई उमेर नसोध्नु । मलाई भने उमेर र जागिर दुवै नसोध्नु । साना कुरा गर्न पनि आउँदैन जागिरे मान्छे । फेरि जागिर सानो छ । बूढो हुन पनि मन छैन, फेरि बुढो भइसकियो । यसो भन्दा मलाई तेस्रोलिङ्गी भने पनि भन्नुहोस् । तर जागिरको अंक नसोध्नुहोस् ।

जागिर पाएको सुरुसुरुमा म झुक्किएँ । सायद उल्किएँ । बढी फुर्किएँ । त्यसबेला मलाई लागे छ जागिर पाएपछि पढिरहनु पर्दैन । जागिर खाए पुगिहाल्छ । समयक्रमले योग्यता नबढाइ हुँदो रहेनछ । उच्च शिक्षा नहुनुको पीडा पनि यही जागिरसँग जोडिँदो रहेछ । जागिर र पढाइ दुई डुङ्गाको उभ्याई । न दाहिने टेक्न मिल्ने न देब्रे टेक्न मिल्ने । न निहुरिन मिल्ने न सीधा उभिन मिल्ने ।  म जागिरे र विद्यार्थीको दोहोरो यात्रामा रहेँ । न ठूलो हुन पाएँ न सानो हुँन पाएँ ।

मेरो तलब कति छ ? यो मेरा मुखले नभने पनि  यसै क्षेत्रका जानकारलाई थाहा छ ।  अनुमान त तपाईँ पनि लाउन सक्नुहुन्छ  । म अहिले यतिउति नबोलूँ । तपाईँलाई अंक गणित आउँछ  भने म केही सूत्र दिन्छु । मेरो जागिर र खर्च गराईका खालिठाउँ भर्दै जानुहोला । मेरो जागिर मानूँ….हजार छ । त्यसबाट सञ्चयकोषको  यति हजार, नागरिक लगानी कोषको यति हजार, सामाजिक सुरक्षा  कर यति हजार, आय कर यति हजार इत्यादि काटिन्छ । यसरी निकै ठूलो भाग घटेर केही भाग मात्र बच्छ । कर्मचारी संघ सङ्गठनको लेभी ।  लाइन लागेर आउने नेताहरुलाई चन्दा । टोले दादा र गुन्डाहरुको मन पनि राख्नै पर्यो । यसो हाकिम हाकिमनीमा पनि भेटघाट र भेटीघाटी गर्ने पर्यो ।  आफ्नो शैक्षिक योग्यता बढाउनु पर्यो । अनुमान लगाउनुहोस् मसँग कति बच्ला ?

तपाई नआत्तिनुहोस् । कुरै सुनेर आत्तिएर पो के गर्नु । भोग्नेलाई कहाँ छ । कुरा त अरु पनि छन् । सधै नहेरे पनि कहिलेकाहीँ यसो हलमै गएर चलचित्र  हेर्नैपर्यो । चाडबाड अउँछन् अरुको भन्दा कमसल मनाउनु हुँदै भएन, विशेष पार्नै पर्यो । अन्न पानीको शरीर न हो, कहिलेकाहीँ दुःख बिराम भइहाल्छ ।  त्यसमाथि दिनदिनै बढिरहेको प्रदूषित हावा, पानी र विषादि मिसिएको खाना ।

यसको असर तपाई हामीलाई मात्र होइन हाम्रा राष्ट्रपतिलाई पनि थाहा छ । एउटा न एउटा रोग त लाग्छ नै । अफिस छोडेर सरकारी अस्पतालमा घण्टौं लाइन लाग्ने कुरा भएन ।   दिनहुँ विदा लिएर बिरामी छु भन्दै दगुर्ने कुरो  झन् भएन । जमानाअनुसार उपचार गर्न  छिटोछरितो काम गर्ने निजी अस्पतालमै जानुपर्यो । बाँच्नु पनि पर्यो इमान जमान जोगाउनु पनि पर्यो । त्यसमाथि बिरामी आफूमात्र परिने होइन । उमेरले बाजे बजै बिरामी परिरहन्छन् । बाआमाको पनि एक दुई औषधी भइहाल्ने भो । महिलाहरुसँग एक न एक बिराम नभए के महिला ? बालबच्चाको खानपिन मिल्दैन, रुघाखोकी, झाडा पखाला त साझा बिरामै भइगो । अस्पताल त गइरहनु परिहाल्यो । अस्पतालले कसरी मुर्गा बनाउँछन्  ? त्यो त तपाईँलाई पनि थाहा होला ? अहिले यति बुझ्नुहोस्, कमाइको एक भाग अस्पताललाई ।

जागिरे  दाजुभाइ भएपछि दिदी बहिनीले महत्व दिने नै भए । उनीहरु आइरहन्छन् । भाञ्जाभाञ्जी आइरहन्छन् । ज्वाइँ भिनाको इज्जत पनि राख्नै पर्यो ।आउँदा जाँदा दक्षिणा र भाडा व्यवस्थापन पनि गर्नै पर्यो । लुगाफाटो यसो उपहार केही नगरे के जागिरे ? तपाईँ सुन्दा सुन्दै हिसाब टिप्नै बिर्सनुहोला ?जागिरे मान्छे  कहिलेकाहीँ घुम्नु पनि पर्छ । घर भान्सा अरुको भन्दा कम चलाउनुभएन । भित्री बाहिरी वस्त्र आफ्ना र परिवारका पनि फेर्नैपर्छ । आफन्तकामा पुग्नु पनि पर्छ । जागिरे मान्छे रित्तै जानुभएन केही कोसेली लानै पर्छ । जागिरे मान्छेका थुप्रै साथीभाइ हुन्छन् । उनीहरुले विवाह, पास्नी, ब्रतबन्ध, बेलविवाह, सरुवा, बढुवा आदिमा निम्ता गर्ने नै भए । त्यहाँ पनि रित्तो हात जानु भएन ।

सासू ससुरालगायत ससुराली खलक त थाहा  छ नि । उनीहरुले जागिरे छोरीज्वाइँलाई महत्व दिने नै भए । उनीहरु पनि आइजाइ गरिरहने भए । बाबुआमापछिका सासूससुरा । उनीहरुका  अपेक्षा कसरी मर्न दिने ? श्रीमतीजीले बाआमालाई गर्न खोजेको उपहारमा बाधक बन्नु भएन । विवाह पनि एउटा संस्थै त हो । उपाध्यक्षको कुरा नसुने के अध्यक्ष ।  अरुले जे भने पनि सालासालीको प्यारो भिनाजु जागिरे भिनाजु नै हो । आफू भनी धाएर आएपछि घुमाउनै पर्यो । राम्रो रेस्टुरेन्टमा खुवाउनै पर्यो । फर्कने बेलामा यसो केही उपहार टक्रयाउनै पर्यो । कुलको इज्जत पनि राख्नै पर्यो । उखानै छ नि छालो जाला कालो जाँदैन । कालो त कसैलाई पार्नु भएन । अब सम्झनुहोस् कमाइको एक भाग यी शीर्षकलाई ।

अरुलाई हेर्दाहेर्दै आफूलाई बिर्सनु भएन । दैेनिकी त्यति सहज पक्कै छैन । कतै जान यातायातका लागि चाहिने खर्च परिहाल्यो । घरको मात्र खाएर पुगेन । बाहिर खानै पर्यो । बाआमालाई महिनामा एउटा न एउटा तीर्थब्रत गराउनै पर्यो । गाउँमा केही धर्मकर्मका अनुष्ठान हुने नै भए  । त्यहाँ बाआमाको उपस्थिति कमजोर हुन दिनै भएन । त्यति पनि नगरे उनीहरुकै आशीर्वादले पाएको जागिरको के काम ? आशीर्वादकै ऋण लाग्ला भन्ने पीर । पीर पनि कति थोकको अब । अवस्था भने झिँगा मारी धार्नी न बिसौली । तपाईँले टिपेको हिसाबमा यो पनि न छुटोस् ।

जागिरे छोराले बाबुका खर्चमा बिहे गर्नुभएन । बिहे गर्दा सानोतिनो ऋण लागेकै हुन्छ । साधन किन्दा अलिकति रिनपान गर्नै पर्यो । दुई चोटी पत्नी सुत्केरी हुँदाको अस्पताल खर्च अरुले सोध्ने व्यहोर्ने कुरै भएन । सोधे पनि कसरी भन्नु लाजमर्दो कुरा ? मेरै दिन उस्ता कि उनका दिन उस्ता दुवै  सन्तान जन्मँदा अप्रेसन । यस्ता सानातिना रिनको व्याज पनि तिर्नै पर्यो । दिदीहरुले भाञ्जा भाञ्जीलाई तँसँगै पठाउन पाए राम्रो बाटो लिन्थे कि भनेर करकर गरेपछि एउटा दुइटा भाञ्जाभाञ्जी पनि पढाउनै पर्यो । भाइबहिनीका नजरमा जागिरे दाइ गिर्नु हुँदै भएन

उनीहरुको शिक्षादीक्षा र जागिरे दाइको छाँटकाँट त समाजमा देखिनै पर्यो । नेट चलाउन मिल्ने मोबायल किनिदिनै पर्यो । यो आश सबै परपरका आफन्त पनि गरिरहन्छन् । उनीहरुका आश  पनि मार्नु भएन । कोठामा आफन्त र साथीभाइ आउँदा बेहोरा देखिने गरी बस्नुभएन । फर्निचर र कार्पेट म्यान्टेन गर्नै पर्यो । सोफामा नराखे के भन्लान् ? अरुकामा गएर बारम्बार भोज खाएको साटो सम्झेर पनि कहिले काहीँ आफ्नैमा जमघट गर्नु परिहाल्यो । परिवारका सदस्यको जन्मदिन त मनाउनै पर्यो । आफ्नो जन्म दिन मान्नै पर्यो । बच्चा बच्चीका खुसीमा सामेल हुनै पर्यो । चिनीको नाम जपेर मुख गुलिने होइन । तपाईँको हिसाबमा यो पनि नछुटोस् ।

म जागिर खाँदा खाँदै कवि हुन्छु जस्तो भाथ्यो एकबेला । कुनै दिन दिउँसो भोकले रन्थनिएका बेला फायलमा टिप्पणी उठाउँदा उठाउँदै लेखेँछु :

कुम टाल्दा घुँडा फाट्यो,  घुँडा टाल्दा टुपी चुहृयो

ढाड टाल्ने मिल्यो टालो,  फाट्यो पिँध इजोतको ।

Continue Reading…

भेडेटारको झल्को दिने भोजपुरको सुन्तले डाँडा

१८ जेठ, भोजपुर । मोटरबाटो विस्तार भएसँगै पहाडमा सम्भावनाका ढोकाहरु खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमा रहेको सुन्तले डाँडा आन्तरिक र वाहृय पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ ।

समुन्द्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यतालाई बिर्साउने थलो बन्दैछ ।

धरान र धनकुटाको बीचमा पर्ने भेडेटारको झझल्को दिलाउने यो ठाउँको प्राकृतिक सुन्दरताले त्यहाँ पुग्ने जोकोहिलाई पनि मन लोभ्याउँछ ।

भोजपुर बजारबाट पैदल २ घण्टा लाग्ने करिब ११ किलोमिटर टाढा यस ठाउँमा सावरी साधनबाट आधा घण्टामै पुगिन्छ । सदरमुकाबाट नजिकै भएकाले पनि छुट्टीमा घुम्न जाने तथा साथीभाइबीच रमाइलो गर्न जानेको संख्या उत्तिकै छ ।

सुन्तले डाँडाबाट मकालु, कञ्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंलाहरु प्रष्टै देख्न तथा अवलोकन गर्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकनबाट आनन्द त्यत्तिकै मिल्छ । फराकिलो नागी, हरियाली जंगल, सिजनमा फुल्ने गुराँस तथा वरपरको प्राकृतिक दृष्यहरुको यहाँको मुख्य आकर्षणको रुपमा रहेको छ । हिउँ खेल्ने तथा रमित हेर्न पनि मानिसहरुको जमघट हुने गरेको छ ।

वर्षैभरि चिसो हुने यस ठाउँमा लोकल कुखुराको तिते, तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताका रुपमा छन् । प्रायः शनिबार तथा विदाको दिनमा रमाइलो गर्ने, रिफ्रेस हुने र घुमघाम गर्न आउनेको चाप बढी हुने गरेको स्थानीय मचिन्द्र राई बताउँछन् ।

नयाँ वर्ष तथा विशेष पर्वहरुमा बनभोज खान आउनेहरु पनि बढ्दो छ । सुन्तलेमा सेप्टेम्बर १५ देखि डिसेम्बर पहिलो हप्तासम्म घुमफिर गर्ने उपयुक्त मौसम हो ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले पर्यटकीय क्षेत्रको सम्वर्द्धन र प्रवर्द्धन नै आर्थिक विकासको मेरुदण्ड भएकाले आफ्नो नगर क्षेत्रका पर्यटकीय स्थलहरुको पहिचान गरी यसलाई योजनावद्ध ढंगबाट विकास गर्न नगरपालिकाले योजना बनाइरहेको बताउँछन् ।

Continue Reading…

आलोपालो प्रधानमन्त्री बन्ने कुरा पुरानै सहमित हाे, बढी प्रचारबाजी आवश्यक छैन्: प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा आलोपालो प्रधानमन्त्री बन्नेबारे सहमति भएको विषयमा बढी प्रचारबाजी भएको बताएका छन् । प्रचण्डले यसअघि भएको सहमति आफूले स्मरण मात्रै गरेको भन्दै यो चर्चाको विषय नै नभएको बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीमा सहमति पहिल्यै नै भएको भन्दै कुनै नौलो कुरा नभएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले यो विषय प्रचारको लागि नयाँ नभएको बताए।

आलोपालो प्रधानमन्त्री बन्नेबारे भने प्रचण्डले पार्टीले एकीकरणका क्रममा जे सम्झौता गरेको थियो त्यो परिस्थितिअनुसार इमान्दारितापूर्वक कार्यान्वयन गर्दै जाने स्पष्ट पारे। यसमा अरुले खेल्ने मौका पाउँछन् नि भन्ने पत्रकारहरुको प्रश्नमा तपाई पत्रकार साथीहरु नखेल्नुहोला भन्ने अध्यक्ष प्रचण्डको जवाफ थियो ।

Continue Reading…

मोदी सरकारका ५१ मन्त्री करोडपति, १६ मन्त्री जघन्य अपराधका अभियुक्त !

काठमाडौं । लोकसभा निर्वाचनमा शानदार बिजयपछि नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीमा सपथ लिएका छन् । सपथ लिएलगतै ५७ मन्त्रीपरिषद गठन गरेका मोदीले ४० प्रतिशत नयाँ अनुहारलाई स्थान दिएका छन् । मोदीको ५७ मन्त्रीपरिषदमा ५१ मन्त्री करोडपति छन् भने २२ मन्त्री जघन्य अपराधका अभियुक्त छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको मन्त्रीपरिषदमा ५१ मन्त्री धनाड्य छन् । १४.७२ करोडभन्दा बढी सम्पति भएका ५१ जना मन्त्री छन् । एसोसिएशन फर डेमोक्रेटिक रिफाम्स (एडीआर) ले तयार पारेको प्रतिबेदन अनुसार २२ मन्त्रीबिरुद्ध अपराधको मुद्दा चलिरहेको छ । ब्यक्ति हत्यादेखि सार्वजनिक सम्पति नष्ट गरेको अभियोग २२ मन्त्रीलाई लागेको छ । ८ जनामन्त्रीले १० देखि १२ कक्षा पास गरेका छन् भने ४७ मन्त्री ग्रेजुएट गरेका छन् ।

मोदी मन्त्रिपरिषदका २२ मन्त्री अभियोगी छन् भने १६ जनामाथी गम्भीर आरोप लागेको छ । १६ जनाबिरद्ध विभिन्न अदालतमा जघन्य अपराधको मुद्दा चलिरहेको छ । ब्यक्ति हत्या, हत्याको प्रयास, साम्प्रदायिक दंगा जस्ता अपराधिक घटनामा संलग्न भएको आरोप लागेको छ । उनीहरुबिरुद्ध अदातलबाट अन्तिम फैसला नभएसम्म सांसद र मन्त्री भइरहनेछन् ।

Continue Reading…

विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र श्रीलंका भिड्दै

१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

पछिल्लो समयको प्रदर्शनलाई हेर्ने हो भने श्रीलंकाको निराशाजनक प्रदर्शन छ । विश्वकपअघि भएका सिरिजमा एकपछि अर्को खेलमा हार ब्यहोर्दै आएको श्रीलंका विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ । विश्व चर्चित खेलाडी, अनुभवी ब्याट्सम्यान र उत्कृष्ट बलर भएपनि टिम सन्तुलन नहुँदा सोचे अनुरुपको नतिजा ल्याउन श्रीलंका चुकी रहेको छ ।

यता, न्युजिल्यान्ड भने लयमा छ । यो पटक विश्वकप उपाधिको प्रमुख दाबेदारको रुपमा न्युजिल्यान्डलाई हेरिएको छ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डमा मार्टिन गुप्टिल, ट्रेन्ट बोल्ट, कोलिन मुनरो, रोस टायलर जस्ता राम्रा खेलाडी छन् ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी र्फगुसन र इश सोधी ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिस्का फर्नान्डो, सुरंगा लकमाल, लासिथ मालिंगा, एन्जेलो माथेवस, कुसल मेन्दिस, जीवन मेन्दिस, कुसल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उदना, जेफ्रेय भन्दरसय ।

Continue Reading…

बलियो अष्ट्रेलिया, उत्साहित अफगानिस्तान

१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा हुने अफगानिस्तान र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

कमजोर अफगानिस्तानमाथि अष्ट्रेलिया सहजै जित हात पार्ने लक्ष्यमा छ । तर अफगानिस्तान ‘अन्डर डक’ टिम हो ।

जुनसुकै समयमा ठूला टिमलाई पराजित गर्ने सामर्थ्य अफगानिस्तानसँग छ । अफगानिस्तानले आफ्नो पहिलो खेलमै चमत्कारी प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउने लक्ष्यमा छ । एकपछि अर्को सफलता हात पार्दै आईसीसीको फुल मेम्बर भएको अफगानिस्तानसँग अष्ट्रेलियाले कस्तो प्रदर्शन गर्ला ?

अष्ट्रेलिया अहिले सन्तुलित टिम हो । स्टेभन स्मिथ र डेभिड वार्नर बल टेम्परिङ कान्डको एक वर्षे प्रतिबन्धपछि टिममा फर्किएसँगै अष्ट्रेलिया बलियो भएको छ ।

अष्ट्रेलिया र अफगानिस्तानबीच अहिलेसम्म दुई वटा खेलमा प्रतिस्पर्धा भएको छ । सन् २०१२ मा अफगानिस्तानले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा अष्ट्रेलियाले सहजै पराजित गरेको थियो । सन् २०१५ को विश्वकपमा पनि अफगानिस्तान र अष्ट्रेलियाको भेट भएको थियो ।

यो खेलमा अष्ट्रेलियाले ४१७ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको अफगानिस्तान १४२ रनमा अलआउट भएपछि अष्ट्रेलियाले २७५ रनको कीर्तिमानी जित निकालेको थियो ।

अफगानिस्तानको नजर स्मिथ, वार्नर र म्याक्श्वेलमा

अष्ट्रेलियाको लागि यो विश्वकप निकै विशेष हुनेछ । विशेषगरी स्मिथ र वार्नर यो विश्वकपमा आरोन फिन्चको अन्डरमा रहेर खेल्नेछन् ।

बल टेम्परिङ कान्डपछि टिममा फर्किएका स्मिथ र वार्नर अहिले निकै लयमा छन् । २०१५ को विश्वकपमा एक शतक र चार अर्धशतकसहित ४०२ रन बनाएका स्मिथ यो पटक पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

डेभिड वार्नर अष्ट्रेलियाका अनुभवि तथा ओपनिङ ब्याट्सम्यान हुन् । सन् २०१५ को विश्वकप अष्ट्रेलियाले जित्दा महत्वपूर्ण भूमिका निभाएका वार्नर यो पटक पनि आफ्नो देशलाई विश्वकप दिलाउन चाहन्छन् । वार्नरलाई आउट गर्न निकै मुस्किल पर्न सक्छ ।

ग्लेन म्याक्श्वेल अष्ट्रेलियाका सबैभन्दा उत्कृष्ट ब्याटिङ अलराउण्डर हुन् । उनी टिमको अवस्था हेरेर ब्याटिङ गर्न आउँछन् । सन् २०१५ को विश्वकप जिताउँन महत्वपुर्ण भूमिका खेलेका म्याक्श्वेल पछिल्लो समयमा निकै लयमा देखिएको छ । ब्याटिङ मात्रै हैन बलिङ पनि उनको उतकै सशक्त रहेको छ । राइट आर्म अफब्रेक बलर म्याक्श्वेलले एकदिवसीय क्रिकेटमा मात्रै ५० विकेट लिएका छन् भने ब्याटिङतर्फ २७०० रन बनाएका छन् ।

अष्ट्रेलियाका लागि राशिद घातक ?

विश्वका नम्बर एक स्पिनर राशिद खान त्यस्ता बलर हुन् जसले आफ्नो छोटो करिअरमै सफल भए । अफगानिस्तानलाई विश्वकपसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका राशिद अष्ट्रेलियाका लागि घातक सावित हुन सक्छ ।

लेग स्पिनर राशिद जुनसुकै अवस्थामा पनि खेल आफ्नो पक्षमा पर्न सक्छन् । अफगानिस्तानका राशिद मात्रै हैन मोहम्मद नावी मुजिब उर रहमान जस्ता स्पिनर अष्ट्रेलियाका लागि टाउको दुखाई हुन सक्छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

Continue Reading…

नेकपाको संगठन विभागमा बामदेव भर्सेस बादल !

१८ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी एकता प्रक्रिया फलामे ढोका फोरेर अगाडि बढ्यो भनिरहँदा फेरि निर्णायक रस्साकस्सी सुरु भएको छ ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लगाएको नेकपा यतिबेला केन्द्रीय विभागहरु गठनको तयारीमा छ, जसमा शीर्ष नेताहरु नै जोडिएका छन् । संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार-प्रसार विभाग र आर्थिक विभागमा को हो भन्नेमा गाँठो अडि्एको छ ।

विभागहरुको गठनमा सहमतिको सम्भावना नभएपछि भोलि बोलाइएको सचिवालय बैठक सोमबारलाई सरेको छ ।

पोलिटब्यूरो गठनमा ठूलो विवाद नभए पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न पनि सजिलो देखिएको छैन । पार्टीका ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लागे पनि जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज तोक्न बाँकी छ ।

बादल भर्सेस बामदेव

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपामा अहिले नयाँ समीकरण बनेको छ । ९ सदस्यीय सचिवालयमा एकातिर प्रधानमन्त्री एवं पार्टी केपी शर्मा ओली, विष्णु पौडेल र रामबहादुर थापा बादल छन् भने अर्कोतिर प्रचण्ड र माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ छन् ।

प्रचण्डलाई छाडेर आफूतिर आएका कारण ओलीले बादललाई संगठन विभागमा प्रस्ताव गरेका छन् । त्यसको काउन्टरमा अर्को पक्षबाट बामदेव गौतमको नाम आएको छ ।

यो पनि पढ्नुहोस नेकपामा नयाँ ट्वीस्ट ! बादलले छाडे प्रचण्डको साथ

सचिवालयभन्दा तलका पार्टी नेताहरु पनि जिम्मेवारीका हिसावले बामदेव उपयुक्त पात्र भएको तर्क गर्छन् । ‘संगठन परिचालनको हिसावले त बामदेव, केपी ओली र माधव नेपालभन्दा पनि अगाडि छन्’ एक नेता भन्छन् ।
चुनाव हारेका कारण वामदेव अहिले सरकारी जिम्मेवारीमा पनि छैनन् । बादल भने गृहमन्त्री छन् ।

पूर्वएमाले मात्रै नभएर पूर्वमाओवादीकै कतिपय नेताहरु पनि वामदेवकै पक्षमा छन् । तत्कालीन माओवादीका नेताहरुका अनुसार वादल बामदेव जति सक्रिय हुन सक्ने नेता होइनन् ।

अब ‘डिफ्याक्टो महासचिव’को रौनक रहेन

पूर्वएमालेका नेताहरु भने पार्टीमा अहिले संगठन विभागको महत्व पहिलाजस्तो नभएको बताउँछन् । विगतमा मदन भण्डारी महासचिव हुँदा जीवराज आश्रित संगठन विभाग प्रमुख थिए । त्यसबेला संगठन विभाग प्रमुखलाई ‘डिफ्याक्टो महासचिव’ समेत भनिथ्यो ।

माधवकुमार नेपाल महासचिव भएका बेला अमृत बोहोरा संगठन विभाग प्रमुख भए । त्यसपछि ईश्वर पोखरेल र विष्णु पौडेल यो जिम्मेवारी निभाइसकेका छन् ।

एमाले महासचिव प्रणाली छाडेर बहुपदीय संरचनामा गएपछि संगठन विभागको महत्व घटेको एक नेताले सुनाए । अहिले एमाले र माओवादीको तर, अहिले एकता प्रक्रियालाई पूर्णता दिँदै महाधिवेशन गर्नुपर्ने भएकाले दुबै समूहले संगठन विभागलाई महत्वपूर्ण दिएका छन् ।

अन्य विभागमा कोको ?

संगठन विभागमा जस्तै स्कुल विभाग र प्रचार विभागमा पनि कसलाई ल्याउने भन्ने नेकपाभित्र रस्साकस्सी चलिरहेको छ । स्कुल विभागका लागि ओली समूहबाट ईश्वर पोखरेल सम्भावित उम्मेदवार मानिएको छ भने अर्को पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अघि सार्ने सम्भावना छ ।

प्रचार विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै योगेश भट्टराई लगायतका नेताहरुको चर्चा छ । पम्फा भुसाल पनि प्रचार विभागको दाबेदार रहेको स्रोत बताउँछ ।

उता अन्तराष्ट्रिय विभागको प्रमुख माधव कुमार नेपाललाई बनाउन ओली पक्षसमेत सहमत रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

अर्का नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिनुपर्ने माधव नेपाल पक्षको माग रहेको स्रोतको भनाइ छ । ओली पक्षबाट विभागमा व्यवस्थापन गर्नुपर्ने अर्का नेता महासचिव विष्णु पौडेल पनि छन् ।

पोलिटब्यूरो सहज, जिल्ला इञ्चार्जमा लफडा

विभागहरु गठनसँगै नेकपामा पोलिटब्यूरो गठन र जिल्ला इञ्चार्ज तथा सह-इञ्चार्ज तोक्नुपर्नेछ ।

नेताहरुका अनुसार पोलिटब्यूरोमा एमाले र माओवादीको भागवण्डा मिलिसकेको छ । तत्कालीन एमालेको पोलिटब्यूरो सदस्य सबै पर्नेछन् भने २२ जना नयाँ आउनेछन् । यसअघि पोलिटब्यूरो सदस्य भइसकेका नेताहरुलाई ल्याउने भनिएका कारण यसमा धेरै ठूलो सदस्य नरहेको नेताहरु स्वीकार गर्छन् ।

माओवादीको भागमा ६७ जना परेको छ । त्यहाँ पनि नेताहरुले मिलेर नाम टुंगो लगाउनेछन् । तर, जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयनमा भने अध्यक्ष र सचिव चयनमा जस्तै लफडा पर्ने देखिएको छ ।

बादलको नेतृत्वमा बनेको कार्यदल असफल भए पनि पाँच सदस्य कार्यदलले जिल्लाको एकीकरणसम्बन्धी छुट्टै प्रतिवेदन बुझाएका थिए । त्यसमा दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा पोलिटब्यूरो र अरुमा भए पोलिटब्यूरो र नभए केन्द्रीय सदस्यलाई इञ्चार्ज बनाउनुपर्ने भनिएको थियो । प्रचण्ड-माधव नेपाल समूह त्यही अडानमा छ ।

तर, माधव-प्रचण्ड समूहका नेताहरुको गुनासो के छ भने केपी ओली समूहले जिल्ला इञ्चार्जहरुको चयनमा मापदण्ड लागू गर्नु नपरोस् भन्ने चाहिरहेको छ । यसले गर्दा सोमबारको सचिवालय बैठकमा यसबारे रस्साकस्सी पर्न सक्ने नेकपाका नेताहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस वामदेव र प्रचण्ड एउटै लाइनमा, नेकपाको सचिवालय बैठक सर्‍यो यो पनि पढ्नुहोस १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास
Continue Reading…

दुई अध्यक्षको सहमतिबारे गलत टिप्पणी गरेर नेकपाको नेता दावी गर्नेहरु कसैका खेलौना मात्र हुन्: चौलागाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्या युवराज चौलागाईले आफ्ना दुई अध्यक्षहरु स्वयंले पार्टीका जिम्मेवार नेताहरुसहित हस्ताक्षर गरेको सहमतिबारे सार्बजनिक रुपमा नकारात्मक टिप्पणी गर्नु अराजनीतिक सोच र कर्म भएको प्रतिक्रिया दिएका छन् । नेकपाको नेता दाबी गर्ने त्यस्ता मान्छे वास्तबमा नेता नभएर कसैको खेलौना भएको उनको धारणा छ ।

युवा नेता चाैलागाईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफ्ना दुई अध्यक्षहरु स्वयंले पार्टीका जिम्मेवार नेताहरु सहित हस्ताक्षर गरेको सहमतिबारे सार्बजनिक रुपमा नकारात्मक टिप्पणी गर्नु अराजनीतिक सोच र कर्म हो । नेकपाको नेता दाबी गर्ने त्यस्ता मान्छे वास्तबमा नेता होइनन्, कसैका खेलौना मात्र हुन् । सरकार वा पार्टी मात्र होइन, बिचार, राजनीति र नेतृत्वबारे पनि पार्टी भित्र र बाहिर बहस छ, हुँदै जान्छ ।’

केही दिन अघि एक टेलिभिजन कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने सहमति भएको बताए पनि नेपालको राजनीतिमा नयाँ तरंग पैदा भएको थियो । त्यसको प्रतिक्रियास्वरुप प्रधानन्त्री केपी शर्मा लोलीले अब मेरो कार्यकाल ४ ५ दिन मात्र भएको व्यांग्यात्मक जवाफ दिएका छन् ।

Continue Reading…

सिड्नी सपना : पीआर, प्रेम र विवाह !

सृष्टि कलेज जान्थी । काममा जान्थी । ब्रेक भयो कि आदिसँग च्याट गर्थी । के लेख्यो, के पठायो होला भनेर उसको मनले पनि सोचिरहन्थ्यो ।

मोबाइलको ब्याट्री यसरी डाउन हुन थाल्यो कि सृष्टिले पावर ब्याङ्क किनी । कहिलेकाहीँ आदिले कोठामा बोलाउँथ्यो । पहिला- पहिला लजाउँथी । जाऊँ जाऊँ त उसलाई लाग्थ्यो । तर, बोलाउनेबित्तिकै एकदमै भोकाएको मृगजस्तै गइहाल्न उसलाई उसको संस्कार र सोचले छेक्थ्यो । तर, रातको अलिकति अँध्यारोमा ऊ आदिको कोठामा पुगिहाल्थी ।

बिस्तारै सृष्टिलाई आफूभन्दा उमेरमा निकै जेठो, भद्दा शरीर भएको, कालो कालो बाक्लो ओठ, जर्रो छाला भएको, अनुहार, भ्यात्त परेको भुँडीवाल आदि मन पर्न थाल्यो ।

एक रात निकै रमाइलोसँग बिताएपछि भोलिपल्ट बिहान आदिले सृष्टिलाई ग्रिन टी ल्याएर बेडमा टक्रयायो । सृष्टि मुस्काई । ऊसँगै छेउमा रहेको गमलाको पिस लिली पनि मुस्कायो  ।

म हरेक बिहान तिमीलाई यसैगरी ग्रिन टी खुवाउन चाहन्छु- आदिले भन्यो । खुवाएकै छौ त- सृष्टिले उठेर आदिलाई अँगालो मारी अनि कानमा बिस्तारै भनी- थ्याङ्क यु ।

मसँग बिहे गर्छ्यौ ?- आदिले पनि सृष्टिको कानमै बिस्तारै भन्यो ।

अँगालो पारेर आदिको घाँटीमा बाँधेको हात निकाल्दै सृष्टिले भनी- यति चाँडै ?

तिम्रो पो उमेर अझै बाँकी छ । मेरो त ढल्किँदैछ – आदिले अलि गम्भीर अनुहार पारेर भन्यो- उमेरको फरक अलिक देखिए पनि तिमीसँग मेरो मन मिलेको छ । म तिमीसँग बिहे गर्न चाहन्छु ।

सृष्टिले केही नबोली ग्रिन टी सुरूप सुरूप पारिरही ।

ठीकै छ, समय लिएर जवाफ देऊ । तर, नबिर्स म तिमीलाई माया गर्छु । अनि तिमीलाई सामाजिक विवाह गर्न अलि हतार नगरौँझैँ लाग्छ भने कोर्ट म्यारिज भए पनि गरौँ । तिमीलाई पनि पीआरको समस्या  हुँदैन । पछि तिमी मानसिकरूपमा तयार भएपछि हामी नेपाल गएर विवाह गरौँला ।

सुनिताले भनी- सिड्नीमा पीआर नहुन्जेल सारै गाह्रो हुँदोरहेछ । हाम्रो हेर त कस्तो छ ? बुढाबुढी मरीमरी काम गर्‍यो, सबै पैसा कलेजको फी तिर्दै सकिन्छ । उमेर ढल्किन लागिसक्यो । बच्चा पाउनेसमेत फुर्सद छैन । यतिका महिनासम्म रिलेसनसिपमा बसेर उसलाई चिनेपछि, उसको  माया लाग्छ भने उमेरले के गर्छ त !  बिहे गर, ढुक्क हुन्छ । एक वर्षमा पीआर आइहाल्छ अनि पढ्नू । यो कलेजको फी तिर्ने चक्करबाट त छुटकारा पाउँछेस् ।सल्लाह गर्न सृष्टिको साथीबाहेक आफन्तहरू सिड्नीमा कोही थिएन । अतः उसले हार्बरब्रिज पारि बस्ने साथी सुनितालाई फोन गरी ।

निकितालाई पनि सृष्टिले फोन गरी- आदि बिहे गरौँ भन्छ । के गरौँ ? निकिताले तीन पल्ट सोधी- तँलाई  उसको माया लाग्छ ? सृष्टिले जवाफ दिन सकिन ।

सँगै सुत्दा कस्तो लाग्छ ?

खोइ ! हेर्दा बुढो भए पनि बेडमा त फायर छ । मज्जाले सन्तुष्टि दिन्छ । तर, बिहे नै गर्न चाहिँ के गरूँ, कसो गरूँ भा’की छु । बुवा, मम्मीलाई कसरी भन्ने भइरा’छ । कोर्ट म्यारिज गरेर फस्छु कि जस्तो लाग्छ ।

निकिताले भनी- मुख्य कुरा माया हो । माया छ भनेमात्र एजले म्याटर गर्दैन, नत्र गर्छ ।

सृष्टिले शरीरको भोक मेटाउँदै थिई कि माया साट्दै थिई, छुट्टयाउन सकिरहेकी थिइन । माया कस्तो हुन्छ ? यही त थियो गाह्रो प्रश्न ।

माया गर्छु भन्नेहरूको मायाले सधैँ उसलाई रुवाएको थियो । के रुवाउने नै हुन्छ त माया ? सुरुमा निक्कै चेपारो घस्ने, अनि पछि वास्ता नगर्ने चिसो बैगुनी चिज नै हो त माया ? मान्छेहरूले साँचो मायाको कुरा गर्छन् । कस्तो हुन्छ साँचो माया ?

कति सोच्दा पनि, कसैगरी सोच्दा पनि सृष्टिले साँचो मायाको ठ्याक्कै परिभाषा भेटिन ।

आ होस्, कोर्ट म्यारिज गर्छु । अनि पीआर भएपछि मन लागेको विषय पढ्छु । मन लागेजसरी जिउँछु ।

कोर्ट म्यारिज गर्न सिड्नीमा सिभिल सेलिब्रेन्ट पाइँदोरहेछ । सिभिल सेलिब्रेन्टले ठिक्क पारेको पेपरमा साइन गरेर ६५० डलर बुझाएपछि बिहे हुँदोरहेछ । सृष्टि र आदि कोर्ट म्यारिज गरेर वैधानिक श्रीमान् श्रीमती भए ।

कोर्ट म्यारिज गरेको पहिलो रात आदिले सृष्टिलाई कोठामा लग्यो । सृष्टि रातो ड्रेस लगाएर अदालत पुगेकी थिई । कोठामा पुगेपछि आदिले अङ्कमाल गर्दै भन्यो- श्रीमतीजी ! भित्र गएर बेडमा राखेको लुगा लगाएर आऊ ।

बिहान सृष्टि उठ्दा आदि मस्तसँग घुरिरहेको थियो । सृष्टि उठी र नुहाउन गई । सावरमा उसले अघिल्लो रात आदिले लगाइदिएको सिन्दुर स्याम्पु र कन्डिसनरले घोटीघोटी धुन खोजी । जति गरे पनि जाँदै गएन ।

सृष्टिले बुझी, आदि अर्थात् अद्वितीय थापाले उसको जिन्दगीमा जति धोए पनि नजाने रङ पोतिसकेको छ  ।

 

 

Continue Reading…

सरकार ४-५ दिनमै ढल्छ, अब म के भनूँ ?: प्रधानमन्त्री ओली

काठमाडौं । केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार आलाेपालाे गरेर चलाउने सहमति भएकाे कुरा बाेलेपछि नेपालकाे राजनीतिमा नयाँ तर‌ंग पैदा भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका वेला प्रचण्डले यस्ताे वाेलेपछपि ओलीले भारतबाटै त्यसकाे जवाफ दिएका थिए ।  आज राष्ट्रय दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष प्रचण्डलाई फर्काएको जवाफलाई प्राथमिकताका साथ छापेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसको जवाफ ओलीले दिल्लीबाटै दिएका छन् । ओलीले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘मेरो कार्यकाल ४-५ दिन मात्र बाँकी छ ।’

प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पत्र मिडियाहरुमार्फत सार्वजनिक हुनुलाई ओलीले ‘नेपालको राजनीतिको स्तर’ भनेर टिप्पणी गरेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले ओलीले दिएको अभिव्यक्तिको आधारमा ‘सरकार ४-५ दिनमै ढल्छ’ शीर्षकमा प्रमुख समाचार छापेको छ । दिल्लीमा अन्नपूर्ण पोष्टसँग कुराकानीको क्रममा ओलीले सरकार ४-५ दिनमै ढल्छ भनेर प्रचण्डलाई व्यंग्यात्मक जवाफ दिएका हुन् ।

ओलीलाई सोधिएको थियो तपाईंको दिल्ली यात्रा हुँदै गर्दा पुरानो सहमतिको पाँच बुँदे पत्र सार्वजनिक भएको छ नि रु उनले जवाफ दिएका छन्- त्यो पत्र कहिले गोप्य थियो र रु पत्र उहिले नै सार्वजनिक भएको हो । यस्तो विषयलाई अहिले उछालेका छन् । के भनौं र रुअनावश्यक विषय उछाल्ने नेपाली चरित्र हो ।

त्यसपछि ओलीलाई दोस्रो प्रश्न सोधियो- त्यसो भए तपाईंको कार्यकाल अब एक वर्ष मात्र देखिन्छ हैन ? ओली भन्छन्- एक वर्ष हैन, चा-पाँच दिन मात्रै बाँकी छ । अब म के भनूँ ?

कान्तिपुर दैनिकले पनि ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा टेकेर नै मुख्य समाचार छापेको छ । ‘दाहालको दबाबबारे प्रधानमन्त्रीले भने- नेपालको राजनीतिको स्तर’ शीर्षकमा कान्तिपुरले समाचार छापेको हो ।

समाचारमा लेखिएको छ, ‘प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्न झैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली सम्वाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।’

‘मेरो कार्यकाल एक वर्ष हैन, चार-पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले यो कुनै गोप्य दस्ताबेज नभएकाे बताए । उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो ।’

Continue Reading…

भत्काइएको गौतम बुद्ध रंगशालाको बार ठड्याउन सांसददेखि मेयरसम्म जुटे (तस्वीरहरु)

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार पुर्ननिर्माण गर्न सांसददेखि मेयरसम्म जुटेका छन् । केही दिनअघि एक समुहले निर्माणधिन बार भत्काउँदै धुर्मुस सन्तुली फाउन्डेशनका कर्मचारीलाई धम्कि दिएका थिए । बार भत्काउनेलाई कानुनी कारवाही थालेलगतै स्थानीय, सांसद र भरतपुर महानगरपालिकाकी मेयर रणु दाहाल शनिवार विहानै भत्काइएको बार उठाउन थालेका छन् ।

भत्काइएको बार पुर्न निर्माण गर्न शनिबार सांसद, मेयर र स्थानीयबासी जुटेका छन् । शुक्रबार स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको छ ।

चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि शनिबार बिहानैदेखि भत्किएको बार निर्माणमा जुटेका छन् ।

बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएका थिए । बार भत्काउने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीसमेत अगाडि बढाएको छ । स्थानीय भने धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण कार्यमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Continue Reading…

समीक्षा : आत्महत्याको जङ्गलमा जिजीविषाको राग

‘हाम्रो देशमा पनि समुन्द्र भएको भए हामी यत्ति विधि छिमेकी राष्ट्रसँग चेपिएर, थुनिएर्र र गुम्सिएर बस्नुपर्ने थिएन होला कि ? भारत र चीनले चारैतिरबाट थुनेको एउटा बन्द कोठाजस्तो आकृतिमा कैद हुनुपर्दा नै धेरै थोक गुमाएका छौं कि हामीले ?’

(प्रभा बराल : आत्महत्याको जंगल पृ.९८)

नियात्रा विधाको नजिक बसेर लेखिएको आत्महत्याको जंगल पुस्तकमा लेखिका प्रभा बराल जापानको भूमध्यसागरको विशालतामा हराएकी छन् र घरिघरि नेपाल सम्झिरहन्छिन् । नेपाली जनताले सोचे जस्तो देश विकास हुन नसक्नुको कारक समुन्द्र भएको उनको निष्कर्ष देखिन्छ । समुन्द्रसँगको सहज पहुँच नभएकैले अधिकांश कुरामा खुम्चिनु पर्दाको पीडाले उकुसमुकुस भएकी बरालको छटपटी भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणका सन्दर्भमा पनि देखिन्छ ।

नेपाललाई चिनाउने र भएका सौन्दर्य र उपलब्धिभन्दा पर नेपालले लिएर गएको वृत्तचित्रले नेपालको दुर्दशा र दुर्नियतिलाई मात्र देखाएकोमा उनी चिन्तित देखिन्छिन् ।

श्रीमानको उच्चशिक्षा अध्ययन छात्रवृत्तिलाई माध्यम बनाएर दुईपटक जापान पुगेकी प्रभा बरालको यात्रावृत्तान्त नेपालको एयरपोर्टबाट सुरु भएको छ ।

विमानस्थल कर्मचारीप्रतिको असन्तुष्टिसँगै नेपालका अव्यवस्थितताप्रतिको गुनासो र चिन्तामा डुबेकी बराल यात्रा आकासिंदै जाँदा भने रमाएकी छिन् । एहिमे विश्वविद्यालय परिसरमा पुगेर त्रि.वि.को स्मरण गरेकी उनी पानीजहाजको यात्रामा पनि फुरुङ्ग भएकी छिन् ।

दीर्घजीवी जापानीहरूको दिनचर्याको उल्लेख गर्दै जापानको ओफुरो संस्कृतिको चर्चा गरिएको छ । तातोपानीमा निर्वस्त्र भई डुब्ने चलन जसले थकान, तनाव, चिन्ता र भयबाट मुक्ति दिन्छ भन्ने विश्वास रहेको छ । २७ डिग्री सेन्टिगे्रडको तापक्रममा पानीजहाज भित्रको सार्वजनिक ओफुरोमा छोरीसँगै गएकी लेखकले ओफुरोको नाममा एउटा सिङ्गो अध्याय खर्च गरेकी छिन् ।

जस्तोसुकै सामाजिक र आर्थिक हैसियत भए पनि साइकलप्रति जापानीहरूको मोह रहेको देखिन्छ भने कर्मयोगी जापानीहरू वृद्धावस्थामा पनि आफ्नो काम आफैं गर्ने गरेको चर्चा छ । लेखिका वृद्धाहरूप्रति पनि खुबै आकषिर्त भएकी छिन् ।

नदीमा एक्लै फोहोर टिपिरहेकी वृद्धा हुन् या सपिङ मलमा भेटिएकी वृद्धा हुन् उनी तिनीहरुप्रति आकषिर्त हुन्छिन् र वृद्धाहरुको मनोविज्ञान बुझ्न दोभाषे साथीको मद्दत लिएर जापानी वृद्धासँग कुराकानी गर्न पुगेकी छिन् ।

आफ्नै शिक्षण पेसाको नियमित तालिकामा प्रवेश गरेपछि मात्र उनी खुसी भएकी छिन् । विद्यावारिधि सकेर फर्किएका श्रीमानलाई जापान किन नबसेको भनेर गरिएको प्रश्नले दिक्दारिएकी उनी आफ्ना सन्ततिको आधारशिला यहीँ खोज्नुपर्ने धारणा व्यक्त गर्छिन्

पुस्तकभरि आफूले घरमा छोडेर आएकी वृद्ध सासूलाई बारम्बार सम्झिएकी बरालको वृद्धवृद्धाप्रतिको यो आकर्षणलाई अभिभावकप्रतिको श्रद्धाको रूपमा पनि लिन सकिन्छ । दीर्घजीवी जापानीहरूको सक्रिय जीवनशैलीप्रति पनि उनी लोभिएकी छिन् ।

बढ्दै गएको ढिलो विवाहप्रति स्वयम् जापानीहरू नै पनि चिन्तित रहेको पाइन्छ भने योसँगै बढेको एकांकीपनले व्यक्तिमा बढेको चरम निराशाको विसर्जन आत्महत्यासम्म पुगेको र त्यसलाई रोक्न गरिएको पहलका बाबजुद पनि नरोकिएको आत्महत्याको दरले सिङ्गो जापानसँगै लेखिका पनि चिन्तित भेटिन्छिन् पुस्तकमा ।

अति विकसित मुलुकहरूमध्ये सबैभन्दा बढी आत्महत्याको दर रहेको जापानमा यान्त्रिक जीवनशैलीप्रतिको असन्तुष्टि आत्महत्याको रूपमा प्रकट भइरहेको लेखकको ठम्याइ छ । साथै प्राकृतिक प्रकोपको मारमा परेर आफन्त गुमाएका व्यक्तिहरू पनि डिप्रेसनको शिकार बन्दै यो बाटोमा अग्रसर बनेको उल्लेख छ ।

अधिकांश जापानीले इहलीला समाप्त गर्ने गरेको जङ्गलमा पुगेर प्रभाले गरेको जीवन चिन्तन पाठकलाई उत्साहित पार्ने खालको छ।

राष्ट्रिय पोसाकप्रतिको जापानीको प्रेम देखेर मोहित बनेकी बराल हाम्रो राष्ट्रिय पोसाकले चाहिं चाहेजति चर्चा नपाएको उल्लेख गर्छिन् । पछिल्लो समयमा राष्ट्रिय पोसाक प्रधानमन्त्रीले नै नलगाइरहेको नेपालको अवस्था तथा भाषामाथिको खेलबाडले नेपाली भाषा र राष्ट्रिय पोशाकलाई देखिने गरी कमजोर बनाइरहेको परिप्रेक्ष्यमा भाषा र संस्कृति जोगाउने संस्थाको अभाव महसुस गरेकी बराल हरेक पर्यटकीय क्षेत्रमा राष्ट्रिय पोसाकलाई एउटा आकर्षणका रूपमा राख्न सकिने धारणा राख्छिन् ।

हिरोशिमाको यात्राले विछिप्त बनेकी उनी जापानी स्कुलमा आया र पियन नभएको देखेर छक्क पर्दछिन् । जापानमा पनि झारफुक रहेको देखेर आश्चर्यमा परेकी उनी सक्रिय र मेहनती जापानी महिलाहरूको अथक परिश्रमप्रति नतमस्तक भएकी छिन् ।

जापानी फोहोर व्यवस्थापनको तरिकाबाट प्रभावित लेखक ग्राहकप्रतिको जापानी श्रद्धा तथा बिरालोलाई शुभ वा सगुनका रूपमा लिने चलनको पनि चर्चा गर्छिन् ।

दुईपटकको साढे पाँच महिने जापान बसाइमा करिब चार महिना  उनले काम गरेकी छिन् । सुन्तला टिप्नेदेखि होटलमा हाउसकिपिङको काम गर्न भ्याएकी उनी नेपालकी स्नातक स्तरीय प्राध्यापक पनि हुन् । त्यहाँको कामप्रतिको श्रद्धा र मोहले उनलाई पनि आकर्षित गरेको देखिन्छ ।

यद्यपि फर्किएर आफ्नै शिक्षण पेसाको नियमित तालिकामा प्रवेश गरेपछि मात्र उनी खुसी भएकी छिन् । विद्यावारिधि सकेर फर्किएका श्रीमानलाई जापान किन नबसेको भनेर गरिएको प्रश्नले दिक्दारिएकी उनी आफ्ना सन्ततिको आधारशिला यहीँ खोज्नुपर्ने धारणा व्यक्त गर्छिन् ।

जापानको सुव्यवस्थित प्रणालीले लेखकलाई सर्वाधिक आकर्षित गरेको छ । थुप्रै कुराहरू उनले जापानमै पुगेर साक्षात्कार गरेकी छिन् । दु:ख र विपत्तिबाट उठेर पनि छोटो समयमै जापानले गरेको विकाससँग नेपाललाई दाँजेर हेरेकी उनले हामीमा मात्र इच्छाशक्तिको कमी रहेको उल्लेख गरेकी छिन् ।

हामी आफ्नै सुगन्धको पहिचान गर्न नसकेर भौंतारिहेका कस्तुरी हौं भन्ने लेखकको ठहर रहेको छ । आत्मपरक शैलीमा लेखिएको प्रस्तुत कृतिको भाषा सरल र व्याख्यात्मक छ ।

एक्काइस शीर्षकमा विभक्त प्रस्तुत कृतिलाई नेपाली यात्रा साहित्यको महत्वपूर्ण प्राप्ति मान्न सकिन्छ ।

 

Continue Reading…

साताका ४ पुस्तक : ‘युद्धका ती दिन’देखि ‘धम्मपथ’सम्म

१८ जेठ, काठमाडौं । यो साता साहित्यका मुख्य विधा बाहेक बौद्ध ग्रन्थको नेपाली अनुवाद र कम्युनिस्ट विचारधारा मानेर अघि बढेका लेखकहरुको पुस्तक बजारमा आएको छ ।

यो साता पाका लेखकहरुको संयुक्त लेखन भएको उपन्यास ‘विशर्ग’  पनि बजारमा आएको छ ।

बजारको नियमले भन्छ, जहाँ माग उत्पन्न हुन्छ, त्यहीँ उत्पादनको प्रक्रिया पनि सुरु हुन्छ । तर, बजारमा सधैं यही नियम लागू हुन्छ भन्ने हुँदैन । क्रय-विक्रयका केही वस्तु माग नभए पनि बजारमा जान्छन् । साहित्य यस्तै क्षेत्र हो ।

केही अपवाद बाहेक नेपाली साहित्य अहिले पनि व्यवसायिक बन्न सकेको छैन । तर, पनि आफ्ना रचना बजारमा पठाउन लेखक र प्रकाशन संस्था लागिरहेका छन् । यो साता पनि यो क्रम जारी रह्यो । यो साताका केही पुस्तकहरु-

युद्धका ती दिन

मानिसले बाँचेका हरेक क्षण आगामी पुस्ताका लागि पठनीय इतिहास बन्छ । यो कुरा राम्रोसँग बुझेकी पत्रकार संगीता खड्काले माओवादीले सञ्चालन गरेको हिँसात्मक राजनीतिको एउटा पाटोलाई पुस्तकमा उतारेकी छन् । पत्रकारिताको माध्यमबाट माओवादी राजनीतिमा प्रवेश गरेकी संगीता खड्काले ‘युद्धका ती दिन’ पुस्तकमा प्रतिबन्धित अवस्थामा सेना र प्रहरीबाट पाएको यातनालाई आङ् सिरिङ्ग हुने गरि वर्णन गरेकी छन् ।

सबैभन्दा रमाइलो कुरा पहिले युद्ध पत्रकारिता गरेकी सगीताले पुस्तकमा उल्लेख गरेका केही महत्वपूर्ण व्यक्ति अहिले सरकारमा छन् । र, त्यो सरकारले संगीता जस्तै केही लेखक-पत्रकारहरुलाई जेलमा थुनिरहेको छ ।

पुस्तकमा धेरै पटक तत्कालीन पत्रकार तथा चर्चित कवि कृष्ण सेन इच्छुकको निडर स्वभावको वर्णन गरेकी छन् । सरकारले प्रतिबन्धित गरेका युद्धसम्बन्धी सामग्री प्रकाशन गरेबापत कृष्णसेन इच्छुक जेल परेका थिए र त्यहीँ उनको हत्या भएको थियो । यो प्रसङ्ग्रले पुस्तकलाई महत्वपूर्ण बनाएको छ । पुस्तकले भौतिक जीवनलाई केन्द्रमा राखेको छ ।

विशर्ग

०३१ सालमा पहिलो पटक १० जना अग्रणी लेखकहरुले नेपाली उपन्यास ‘आकाश विभाजित छ’ प्रकाशन गरेका थिए । यो पुस्तकले एउटै विषयमा संयुक्तरुपमा साहित्यिक कृति निकाल्ने चलन सुरु गरायो । यस्ता काममा डा.ध्रुवचन्द्र गौतम र परशु प्रधान अघि थिए । यो क्रम उपन्यास ‘अवतार विघटन’ देहमुक्त हुँदै ‘ज्यागा’सम्म रह्यो । ०५० सालमा ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटा मिलेर भुटानी शरणार्थीका विषयमा लेखिएको ‘ज्यागापछि संयुक्त उपन्यास लेखनले बिट मार्‍यो ।

तर, अहिले पुनः परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास ‘विशर्ग’ बजारमा ल्याएका छन् । पुरानो नेपाली समाजलाई नयाँ समाजमा घुलमिल गराएको अमूर्त किसिमको यो उपन्यास विषय वस्तुका कारणले भन्दा पनि संयुक्त लेखनको निरन्तरताका कारणले महत्वपूर्ण मानिएको छ ।

धम्मपथ

यो पुस्तक बुद्ध धर्म र यसका विधिहरुको महत्वपूर्ण संगालो हो । बौद्ध धर्म ग्रन्थको त्रिपिटक मध्ये सुत्तिपिटकमा पर्ने यो पुस्तक बौद्ध धर्मको सार ग्रन्थ पनि हो । यो साता नेपाली सन्दर्भ, भावार्थ र वर्णनसहित यहि पुस्तक बजारमा आएको छ ।

पाली र संस्कृत भाषामा जानकारी राख्ने नारायण ज्ञवालीले यसलाई अनुवाद गरेका हुन् । यो पुस्तक पाली भाषामा इसापूर्व एक सय वर्षअघि लेखिएको मानिएको छ । यहि पुस्तकका कारण चीन, जापान, कोरिया, श्रीलंका, बर्मालगायतका देशमा बुद्ध धर्म फैलिएको मानिएको छ ।

पुस्तकमा बुद्धले दिएको चार आर्यसत्य, आष्टङ्गिक मार्ग र हिन्दु धर्मले यसअघि मान्दै आएको पाप, धर्म स्वर्ग नर्क जस्ता विषयमा पनि बौद्ध धारणा स्पष्ट पारेको छ । पुस्तकको भाषा सरल भएका कारण बौद्ध धर्म र दर्शन बुझ्न चाहनेहरुका लागि यो सङ्ग्रहणीय बनेको छ ।

खुसीको पीरो धुँवा

समालोचना र निबन्धमा स्थापित भइसकेका माधव काफ्लेले यो पटक सस्मरणात्मक कृति ‘खुसीको पीरो धुँवा’ बजारमा ल्याएका छन् । रचना साहित्यिक पत्रिकाले बजारमा ल्याएको यो कृतिमा लेखकले भोगेका ग्रामीण जीवनका अनौठा घटना र अनुभूति सङ्ग्रहित छन् । पुस्तकमा सङ्ग्रीत सामग्रीमा लेखकको निबन्धीय गुण हावी भएको छ ।

प्राध्यापन पेशामा संलग्न काफ्लेको ‘खुसीको पीरो धूँवा’ अघि ‘लिग लिग कोट’, जीवन र थोत्रो स्क्रिन बजारमा आएका छन् ।

माझिएको भाषा भए पनि माधव काफ्लेको यो पुस्तकले परम्परागत संस्मरणहरुको संग्रहलाई नै पछ्याएको छ ।

Continue Reading…

मेघ गर्जन र हुरीसहित वर्षाको सम्भावना

१८ जेठ, काठमाडौं । मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबारसम्मै मौसम सफा हुने छैन ।

मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ । यसैको प्रभावका कारण केही स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने छ ।

शनिबार दिउँसो पूर्वी तथा मध्य भू-भाग लगागत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंसिक बदली रहनेछ । शनिबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना पनि छ ।

शनिबार राति पनि देशैभर बदली भई पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

आइतबार दिउँसो र राति देशैभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पछिल्लो बुलेटिनमा उल्लेख छ ।

सोमबार दिउँसो पनि मेघ गर्जनसहित वर्षाको सम्भावना छ । देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागका केही स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । सोमबार राति भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली मौसमविदको अनुमान छ ।

Continue Reading…

फेरी बजारमा नक्कली नोटको बिगविगी, राष्ट्र बैङ्क नै तनावमा ( यसरी चिनौ नक्कली र सक्कली )

काठमाडौं । पछिल्ला केही बर्षयता नेपाली नोटहरु नक्कली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय नक्कली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी नक्कली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्कली नोटको धन्दा शूरु भएको छ । नक्कली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट नक्कली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।

नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा नक्कली नोट छाप्ने मेसिनसहित केही व्यक्ति पक्राउ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय नक्कली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए ।

-एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय नक्कली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी नक्कली नोटको कारोवार हुने गरेको छ ।
घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ ।
नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अपरिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । नक्कली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको कानुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

यसरी चिन्नुस नक्कली नोट
१ सक्कली नोटको कागज कटनबाट बनेको स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।

२ नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्पm रहेको सेतो भागको बायातर्पmको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्पm फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

३ सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।

४ जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन । सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।

५ नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।

६ नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । सक्कली नोटमा कागजको नोट बन्दा नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्पm फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा अक्षर स्पष्ट देखिँदैन ।

७ सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जाली नोटमा यस्तो हुँदैन ।

८ बैङ्किङ च्यानलमा भने नक्कली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।

Continue Reading…

त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण

१८ जेठ, काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।

३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।

विदेश जानुपर्ने बाध्यता अन्त्य

यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले बताएका छन्।  भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।

कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए ।

वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारी बताउँछन्। सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उनले बताए ।

सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. सिंहले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थालेका थिए । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरेलगत्तै उनी कलेजो प्रत्यारोपणको आवश्यक तालिम अष्ट्रेलिया पुगे । सन् २०१५ मा अष्ट्रेलियाबाट फर्केपछि भण्डारी प्रत्यारोपणको टिम बनाउनतीर लागे । आवश्यक जनशक्ति, तालिम र आवश्यक सामान तयार पार्न झन्डै २ वर्ष लाग्यो । त्यसपछि सेट अप तयार भयो।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपणको लागि आवश्यक सहयोग गरेका थिए । १२ करोडभन्दा बढीको लगानीमा आवश्यकता अनुसारको ‘सेट अप’ तयार भएको थियो। अहिले प्रत्यारोपणको लागि भारतस्थित एपोलो अस्पतालको टिमले सहयोग गरेको छ।

Continue Reading…

अमेरिकाको भर्जिनियामा गोली चल्यो, ११ जनाको मृत्यु

१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।

यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन । ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो ।

भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् ।

यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् ।

अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।

Continue Reading…

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ : ४-५ दिनमै सरकार ढल्छ

१८ जेठ, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ता र नेकपा अध्यक्ष प्रचण्डलाई फर्काएको जवाफलाई प्राथमिकताका साथ छापेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसको जवाफ ओलीले दिल्लीबाटै दिएका छन् । ओलीले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘मेरो कार्यकाल ४-५ दिन मात्र बाँकी छ ।’

प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पत्र मिडियाहरुमार्फत सार्वजनिक हुनुलाई ओलीले ‘नेपालको राजनीतिको स्तर’ भनेर नकारात्मक रुपमा टिप्पणी गरेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले ओलीले दिएको अभिव्यक्तिको आधारमा ‘सरकार ४-५ दिनमै ढल्छ’ शीर्षकमा प्रमुख समाचार छापेको छ । दिल्लीमा अन्नपूर्ण पोष्टसँग कुराकानीको क्रममा ओलीले सरकार ४-५ दिनमै ढल्छ भनेर प्रचण्डलाई व्यंग्यात्मक जवाफ दिएका हुन् ।

ओलीलाई सोधिएको थियो तपाईंको दिल्ली यात्रा हुँदै गर्दा पुरानो सहमतिको पाँच बुँदे पत्र सार्वजनिक भएको छ नि ? उनले जवाफ दिएका छन्- त्यो पत्र कहिले गोप्य थियो र ? पत्र उहिले नै सार्वजनिक भएको हो । यस्तो विषयलाई अहिले उछालेका छन् । के भनौं र ?अनावश्यक विषय उछाल्ने नेपाली चरित्र हो ।

त्यसपछि ओलीलाई दोस्रो प्रश्न सोधियो- त्यसो भए तपाईंको कार्यकाल अब एक वर्ष मात्र देखिन्छ हैन ? ओली भन्छन्- एक वर्ष हैन, चार-पाँच दिन मात्रै बाँकी छ । अब म के भनूँ ?

कान्तिपुर दैनिकले पनि ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा टेकेर नै मुख्य समाचार छापेको छ । ‘दाहालको दबाबबारे प्रधानमन्त्रीले भने- नेपालको राजनीतिको स्तर’ शीर्षकमा कान्तिपुरले समाचार छापेको हो ।

समाचारमा लेखिएको छ, ‘प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्न झैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली सम्वाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।’

‘मेरो कार्यकाल एक वर्ष हैन, चार-पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले यो कुनै गोप्य दस्ताबेज होइन भने । उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो ।’

प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको ४५ औं पुण्य तिथिमा श्यामश्वेतमा छापिएको नेपाल समाचारपत्र दैनिकले पनि प्रधानमन्त्री पदको लडाइँलाई नै मुख्य समाचार बनाएको छ । ‘प्रधानमन्त्री परिवर्तन स्वाभाविक’ शीर्षकको समाचारमा आलोपालो सरकारको नेतृत्व गर्ने भनेर विगतमा गरिएको सहमतिलाई कार्यान्वयनमा जोड दिइएको छ ।

गोरखापत्र दैनिकले राजधानी काठमाडौंमा धुलोभन्दा धुँवाको समस्या गम्भीर रहेको समाचार छापेको छ । धुलोको समस्या अल्पकालीन हो तर सवारी प्रदूषण दीर्घकालीन हो भनेर समाचारमा लेखिएका छ ।

राजधानी दैनिकले नेपालमा नयाँ र जटिल प्रकृतिका रोगको प्रकोप बढ्दै गएको तर जोखिम न्यूनीकरणमा सरकार उदासीन रहेको समाचार छापेको छ ।

नागरिक दैनिकले धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दिइने खाजाको रकम घोटाला भएको भनेर मुख्य समाचार छापेको छ ।

नयाँ पत्रिका दैनिकले सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार रहेको तर सांसद विकास कोषको ४० लाख रुपैयाँ अतिथिगृह निर्माणमा खर्च गरिएको विषयलाई मुख्य समाचारको रुपमा छापेको छ । यस विषयमा सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद हरिबोल गजुरेललाई सोध्दा उनले ‘जेसुकै लेख्नुस् म कसैसँग डराउँदैन’ भनेर जवाफसमेत दिएका छन् ।

हेर्नुस् आजका पत्रिकाका फ्रन्टपेज

Continue Reading…

डडेल्धुरामा साढे दुई हजार बढीले अपाङ्गता परिचयपत्र पाएनन्, सरकारी सुविधाबाट बञ्चित

१८ जेठ, डडेल्धुरा । डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित रहेका छन् ।

२०६८ सालको जनगणना अनुसार डडेल्धुरामा पाँच हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराा अध्यक्ष गणेशप्रसाद अवस्थीका अनुसार हालसम्म २ हजार पाँच सय जनाले मात्र अपाङ्गता परिचय-पत्र पाएका छन् । अझै दुई हजार ६ सय ५० जनाले परिचय-पत्र पाउन नसकेको उनले जानकारी दिए ।

पछिल्लो दुई वर्षयता अपाङ्गता परिचय-पत्र वितरण हुन सकेको छैन । अपाङ्गता भएका व्यक्तिले परिचय-पत्र नपाउँदा राज्यबाट प्रदान भएका विभिन्न सेवासुविधाहरुबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको अध्यक्ष अवस्थीको भनाइ छ ।

०६८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा शारीरिक, दृष्टि, मानसिक, बोलाई, सुस्त श्रवण, दृष्टिविहीन र बहु अपांगता गरी ६७ हजार ८३० जना अपांगता भएका व्यक्ति रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा १५ हजार ३७८ अपांगता भएका व्यक्ति छन् ।

कञ्चनपुरमा ९ हजार ७०, अछाममा ८ हजार ६०२, बैतडीमा ७ हजार ७८८, डडेल्धुरामा ५ हजार १५०, दार्चुलामा ३ हजार ६६९, डोटीमा ७ हजार ३०२, बझाङमा ४ हजार ९७६, र बाजुरामा ५ हजार ८९५ अपांगता भएका व्यक्ति रहेको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झंकरबहादुर रावलले अपाङ्गता भएका व्यक्तिको मानव अधिकारको अवस्था अरुको भन्दा नाजुक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्न र उनीहरुको अवस्थालाई सुधार गर्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

Continue Reading…

अष्ट्रियाको भ्रमण सकेर उपराष्ट्रपति स्वदेश फर्किँदै

१८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो नेपाल आउँदैछन् । स्थानीय समय अनुसार शुक्रबार राति १०:५५ को कतार एयरको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उडान तालिका छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए ।

उपराष्ट्रपति अष्ट्रियामा रहँदा जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुईपक्षीय भेट वार्ता गरेका थिए । उनले जेठ १४ गते जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर समूहगत छलफलमा भाग लिएका थिए ।

उपराष्ट्रपति पुन अष्ट्रियाको टेरोल प्रान्तको इन्सब्रुक सहरमा भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा पनि सहभागी भएका थिए ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, उपराष्ट्रपतिको कार्यालयका सहसचिव तेजराज आचार्य लगायत सहभागी छन् ।

 

 

Continue Reading…

Tips for Avoiding Credit Repair Scams

As someone who’s working to pay off significant credit card balances, as well as student loan debt, there’s rarely a week that goes by when I don’t receive some sort of debt relief marketing.

I often find myself flummoxed by the increasingly creative ways that these companies find to get their message in front of me. In addition to emails and filling my real mailbox with offers, I’ve even received robocalls and text messages.

While I’m sure I’m not alone in receiving this steady stream of advertising, I have become increasingly concerned with how one might actually attempt to sort through all of these offers to find truly legitimate assistance and not fall prey to scams designed to sink already vulnerable people further into debt.

Even more troubling is that perhaps none of them is legitimate. The Better Business Bureau Scam Tracker received more than 740 reports of debt relief and credit repair scams in 2018, costing consumers hundreds of thousands of dollars.

With these questions and concerns in mind, I reached out to several debt repair and personal finance experts and asked them to share the best ways to separate the con artists from legitimate debt relief companies.

Spotting Debt Relief Scams

Debt relief scams come in all forms. Perhaps the most common involve companies promising cash-strapped consumers who have significant credit card debt that they will negotiate with creditors on the consumers’ behalf and reduce repayment obligations.

According to the Federal Trade Commission, these predatory operations often charge consumers a large upfront fee, but then fail to help them settle or lower their debts – if they provide any service at all.

Some companies even promise to create “a new credit identity” for you, says the FTC, suggesting they can “hide” your bad credit history or bankruptcy for a fee.

Bogus auto loan modification offers are another take on the scam theme. This approach involves false promises to reduce a consumers’ monthly car loan or lease payments in order to help avoid repossession.

Step 1: Find out exactly what service is being offered.

When you’re contacted by companies offering debt relief, be sure to find out exactly what type of service they’re seeking to provide, says Leslie Tayne, a consumer debt resolution attorney with more than 20 years of experience.

Are they offering a consolidation loan? Are they going to have you declare bankruptcy (which you may not want to do), or perhaps offering credit counseling?

“If you aren’t sure exactly how the process works after the first phone call, then likely there’s a reason it’s convoluted,” Tayne explained.

It’s also a good idea to ask who will be doing the debt-relief work: Is it outsourced, or done in-house?

“Most of the companies that contact you are really lead generation companies who take your info and sell it to several other companies, which is why you may be inundated with mail and calls,” said Tayne. “You should consider asking if this is a lead generation, or are you the company that will be working with me?”

Reputation and time in the industry are important.

Conduct thorough online research about a prospective debt relief company before signing on for any assistance. If you can’t find information about the company or there’s only scarce history available, there’s probably a reason for that.

“They likely just change names and move when they’re about to be pinched; you’re interviewing someone to do an important job for you, so make sure you ask questions and do some research,” Tayne continued.

While sifting through the information online, avoid putting too much stock in glowing testimonials about a company, which can easily be bought or made up, particularly if you see hundreds or thousands of these sorts of reviews.

“In our experience, most clients… don’t want to write reviews because they’re embarrassed and want to remain anonymous,” said Tayne.

Some of the ways to vet credit repair companies include reading reviews about the company on the Better Business Bureau‘s website and searching the Consumer Financial Protection Bureau’s complaint database, suggests Dana Marineau, vice president and financial advocate at Credit Karma.

“Be diligent in your research of companies to find one you trust and one that will help you reach your financial goals. It’s okay to be picky,” said Marineau.

Google Reviews and Trustpilot are still other places to find out if a company is on the up and up, says James Lambridis of DebtMD.com.

“If they have a bunch of disgruntled customers, you can rest assured you will find many negative reviews online,” said Lambridis. “If you see way too many negative reviews compared to positive ones, you should look elsewhere for credit repair or debt relief services.”

Big promises are red flags.

Scam artists in the debt relief and credit repair world prey on consumers who are stressed out and overwhelmed by their financial situation.

Such individuals are often “easily swayed by callers who assure them that they will resolve the debt for pennies on the dollar,” says Tayne. “That’s completely unrealistic in today’s debt world. The moment there are promises for time frames or settlement amounts, it’s a red flag that the company is trying just to sell you and won’t deliver. It’s impossible to predict what a creditor will do, and anyone who says they can doesn’t know this industry.”

What this means for you as the consumer is that you must do your homework, says Tayne. Don’t jump at any offer you get, particularly from a company making unrealistic claims about resolving your debt. Take the time to read the fine print.

Additional red flags include companies that:

  • are pushy and unprofessional;
  • claim they can stop all debt collections calls and lawsuits;
  • refuse to send you any information about their services unless you provide personal/financial information;
  • have no official name or address on their website, just a 1-800 number.

Mike Pearson, of Credit Takeoff, adds two more red flags to this list. A legitimate company, he says, must provide you with a written contract before they begin services, and give you at least three days to cancel.

In addition, while they can dispute items on your credit report and prove them to be erroneous, they shouldn’t promise to remove correct items.

There should be no upfront cost.

A reputable debt relief company will not make you pay for services before they do anything to help you and will be willing to send you free information about their program and services.

“A very common red flag is the company gets paid before your creditors do, or they charge monthly service fees,” explained Tayne. “No way is that legit, and no way is that necessary other than to make them money. Once they’re paid there’s no real incentive for them to work on your accounts.”

If a company asks you to pay them over the phone right away and won’t answer questions about the fees clearly, avoid working with them. The same goes for companies seeking a large sum of money upfront or monthly service fees.

In fact, Federal Trade Commission rules prohibit a debt relief company from collecting any fees until it has negotiated a settlement on a debt – and the customer has accepted the settlement, says Sean Fox, co-president of Freedom Debt Relief.

“Also watch for companies that claim they can settle all debts for a single interest rate reduction. The debt settlement process is more complex, involving negotiating with each creditor. Each settlement will likely be different, and will depend on the creditor, the amount of the debt and other factors,” said Fox.

There are legitimate debt relief offers.

The best arrangements with a debt relief agency or company are those in which expectations are managed and the company contacting you is the one you’ll deal with throughout the entire debt relief program.

“You can’t go into one of these scenarios with unrealistic expectations, and that’s another way to know if you’re dealing with the right people,” said Tayne. “Are they managing your expectations from the beginning, or are they just telling you, ‘Don’t worry, we do this and that and will save you lots of money,’ and tons of one-liners.”

In addition, all of the company’s practices should adhere to the Federal Trade Commission’s Credit Repair Organizations Act and you should be provided with a copy of those regulations, said Justin Lavelle, chief communications director for Been Verified, the online background check platform.

No two debt cases are the same.

The company you’re working with should treat you as an individual, know your short- and long-term goals, and be able to lay out a clear road to recovery, said Tayne.

“If it doesn’t feel right, then it isn’t, and just move on. There are legitimate companies out there to help you,” said Tayne. “Go with your instincts.”

And one last point to keep in mind – there’s nothing a credit repair service can legally do that you can’t do on your own, said Lavelle.

For instance, it’s your legal right to request a credit report, yearly, free of charge. And once you obtain the reports, you can review them for negative items.

“Then, you can contact the credit bureaus and dispute any items you feel are inaccurate,” said Lavelle. “From there, you can contact the specific company who has your account, possibly a collection agency and negotiate a settlement agreement directly with them.”

Mia Taylor is an award-winning journalist with more than two decades of experience. She has worked for some of the nation’s best-known news organizations, including the Atlanta Journal-Constitution and the San Diego Union-Tribune. 

Read more: 

The post Tips for Avoiding Credit Repair Scams appeared first on The Simple Dollar.

Continue Reading…

चितवन रंगशाला प्रकरणः प्रदेश संसदमै मच्चियो हंगामा

हेटौंडा । बिहीबार बसेको प्रदेश ३ सभामा चितवनको रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला परिसरको तारबार भत्काएको विषय चर्को रुपमा उठेको छ ।

प्रदेश ३ सभामा चितवनबाट प्रतिनिधित्व गर्ने सांसदले क्रिकेट रंगशाला भत्काउनेलाई कारबाहीको माग गर्दै विषय उठाएका थिए । नेपाली कांग्रेसकी सांसद गीता वाग्लेले रंशाला भत्काएकोमा घोर भत्सर्ना गर्दै कारबाहीको लागि माग गरेकी हुन्।

नेकपाकै नेताले रंगशाला भत्काउने कार्य गरेको भन्दै उनले सरकारमा रहेको दुईतिहाइको दम्भका कारण दोषीलाई कारबाही नहुन हो कि भन्ने आशंका व्यक्त गरेकी थिइन्। चितवनबाट नै प्रदेश सभामा प्रतिनिधित्व गर्ने कृष्णप्रसाद भुर्तेलले चितवनको घटना प्रति निन्दा गर्दै नेकपा चितवनलाई यो घटनामा मुछ्नु दुखद भएको बताए।

उनले नेकपाको कुनै संग्लनता नभएको समेत संसदमा बताएका थिए । यस्तै चितवनकै प्रदेश सांसद बलराम पौडेलले चितवनको घटना हुनुमा दुख लागेको बताए। उनले दोषीलाई कारबाही भएन भने ध्वंसात्मक गतिविधि गर्नेलाई प्रोत्साहन हुन सक्ने भन्दैं कारबाही गर्न सरकारसँग माग गरेका थिए।

राप्रपा संयुक्तकी प्रदेशसभा सदस्य रीना गुरुङले चितवनमा नेकपाका कार्यकर्ताको नराम्रो गतिविधि बढ्दै गएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छिन्।

Continue Reading…

नेपालमाथि नाकाबन्दीका मुख्य योजनाकार जयशंकर मोदी सरकारमा मन्त्री (को-को बने मन्त्री ?)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको सपथ लिएका छन् । छिमेकी देशका राष्ट प्रमुखलाई बोलाएर राष्टपतिबाट मोदीले दोस्रो कार्यकालको सपथ लिएका हुन् ।

मोदीसँग ५७ मन्त्रीले सपथ लिएका छन् । सपथ लिनेमा ४० प्रतिशत नयाँ अनुहार छन् भने मोदीको पहिलो कार्यकालमा सफल मन्त्रीरहेका अरुण जेट्ली र सुष्मा स्वराज मन्त्रीमा सपथ लिएका छैनन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र पूर्वअध्यक्ष राजनाथ सिंहले सपथ लिएका छन् ।

मोदीको मन्त्रीपरिषदमा २४ क्याविनेट, ३३ राज्यमन्त्रीले सपथ लिएका छन् । मोदीपछि वरियतामा राजनाथ परेका छन् भने तेस्रो पोजिशनमा अमित शाह परेका छन् । मोदीले पूर्व विदेश सचिव एस जयशंकरलाई मन्त्री बनाएका छन् । सुष्मा स्वराज विदेशमन्त्री हुँदा उनी विदेश सचिव थिएँ । जयशंकरलाई नै विदेशमन्त्री बनाउने तयारी मोदीले गरेका छन् ।

जयशंकर नेपालप्रति कडारुप लिने ब्यक्तिका रुपमा मानिन्छन् । नेपालको संविधान जारी गर्न बेला उनी एकाएक नेपाल आएर रोक्ने प्रयास गरेका थिए । नेपालका नेताहरुलाई संविधान जारी नगर्न उनले दवाव दिएका थिए । तत्कालिन विदेश सचिव एस जयशंकरले जति दवाव दिएपनि नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएपछि उनकै योजनामा नेपालीमाथी भारतले नाकाबन्दी गरेको थियो ।

यी हुन् मोदी सरकारका ५७ मन्त्री

नरेन्द्र मोदी (प्रधानमन्त्री )
राजनाथ सिंह (लखनऊ उत्तर प्रदेश)

अमित शाह ( गांधी नगर गुजरात)

नितिन गडकरी ( नागपुर महाराष्ट्र)

डीवी सदानंद गौड़ा ( बेंगलुरु उत्तर कर्नाटक)

निर्मला सीतारमण ( राज्यसभा सदस्य)

रामविलास पासवान
नरेंद्र सिंह तोमर ( मुरैना मध्य प्रदेश)

रविशंकर प्रसाद ( पटना बिहार)

हरसिमरत कौर बादल (पंजाब)

थावरचंद गहलोत ( राज्यसभा सदस्य)
एस जयशंकर (पूर्व विदेश सचिव)
रमेश पोखरियाल निशंक ( उत्तराखंड)
अर्जुन मुंडा खूंटी (झारखंड )

स्मृति ईरानी ( अमेठी उत्तर प्रदेश )
हर्षवर्धन ( दिल्ली)
प्रकाश जावड़ेकर ( राज्यसभा सदस्य)
पीयूष गोयल ( राज्यसभा सदस्य)
धर्मेंद्र प्रधान ( राज्यसभा सदस्य)
मुख्तार अब्बास नकवी ( राज्यसभा सदस्य)
प्रहलाद जोशी (कर्नाटक)
महेंद्रनाथ पांडेय (उत्तर प्रदेश)
अरविंद सावंत (महाराष्ट्र)
गिरिराज सिंह (बिहार)
गजेंद्र सिंह शेखावत (राजस्थान)
राज्य मन्त्री
संतोष गंगवार
राव इंद्रजीत सिंह
श्रीपद नाइक
जीतेंद्र सिंह
किरेन रिजिजू
प्रहलाद पटेल
आरके सिंह
हरदीप पुरी
मनसुख मांडविया
फग्गन सिंह कुलस्ते
अश्विनी चौबे
अर्जुन राम मेघवाल
वीके सिंह
कृष्णपाल गुर्जर
रावसाहेब दानवे
जी किशनरेड्डी
पुरुषोत्तम रुपाला
रामदास आठवले
साध्वी निरंजन ज्योति
बाबुल सुप्रियो
संजीव बालियान
संजय धोत्रे
अनुराग ठाकुर
सुरेश अंगड़ी
नित्यानंद राय
रतन लाल कटारिया
वी मुरलीधरन
रेणुका सिंह सरुता
सोम प्रकाश
रामेश्वर तेली
प्रताप चंद्र सारंगी
कैलाश चौधरी
देबश्री चौधरी

Continue Reading…

ओली र मोदीबीच आज २० मिनेट भेटवार्ता, रेल उद्घाटनको निम्तो दिने तयारी

काठमाडौँ । भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको दोस्रो सपथग्रहणमा पुगेका प्रधानमन्त्री ओली आज नै स्वदेश फर्किदैछन् ।

स्वदेश फर्किनुअघि भारतीय समकक्षी मोदीसँग २० मिनेट भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास हैदरावाद हाउसमा नेपाली समय अनुसार पौने १२ बजे ओली र मोदीबीच भेटवार्ता हुने भएको छ । भेटवार्तामा द्विपक्षीय हितका बिषयमा छलफल हुने र रेल उद्घाटन गर्न नेपाल भ्रमणको निम्तो दिने नेपाली पक्षले तयारी गरेको छ ।

भारत सरकारको सहयोगमा जयनगर जनकपुर रेल निर्माणको काम सकिएको छ । रेल उद्घाटनका लागि नेपालले मोदीलाई निम्तो दिने कार्यक्रम यसअघि नै तयारी गरेको थियो । विहीबार दिल्ली पुगेका प्रधानमन्त्री ओली मोदीको सपथग्रहण समारोहमा सहभागी भएका थिए भने साँझ भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा पनि पुगेका थिए ।

Continue Reading…

कांग्रेस सांसदमा जन्मियो ६ करोडको विवाद, बहिष्कार गर्न अर्थबिद्को सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसदलाई ६ करोड रकम बहिष्कार गर्न अर्थबिदहरुले सुझाव दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक सांसदलाई मौनमौजी खर्च गर्न ६ करोड रकम विनियोजित गरेका छन् । सांसदले आफुखुसी खर्च गर्ने रकम संविधान विपरित र भ्रष्टाचार हुनेभन्दै ६ करोड रकम बहिष्कार गर्न अर्थबिद्हरुले सु्झाव दिएका छन् ।

विहीबार बजेटका बिषयमा छलफल गर्न कांग्रेसले आफु निकटका अर्थबिद्हरुलाई संसदीय दलको बैठकमा बोलाएको थियो । नेकपा सरकारले ल्याएको बजेटको खरो विरोध गर्ने योजना बनाएको कांग्रेसलाई सांसदबाट वितरण हुने ६ करोड रकम बहिष्कार गर्न आग्रह गरेका छन् ।

राष्टिय सभा र समानुपातिक सांसदहरु ६ करोड रकम बहिष्कार गर्नुपर्ने पक्षमा उभिएका छन् भने प्रत्येक्ष निर्वाचित सांसदहरु बहिष्कार नगर्ने पक्षमा छन् । सांसद बाँडिएको ६ करोड रकम लिने पक्षमा प्रत्यक्ष निर्वाचित सांसदहरु उभिएका छन् ।

बजेट वितरण र जनमुखी भएपनि सांसदलाई ६ करोड बाँडेपछि विरोध भएको छ । सांसदलाई दिइदै आएको रकम अधिकाँस भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचार हुने रकम बढाएर सरकारले ६ करोड पुरयाएको छ ।

Continue Reading…

ओली सरकार संघियताको पक्षमा छैन्- सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन्।

बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले संघीयताको अपमान हुने गरी बजेट ल्याएको भन्दै आपत्ति पनि जनाए। उनले सिंहदरबारको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा ओली सरकारले कटौति गरिरहेको आरोप पनि लगाए।

प्रदेश सरकारका मुख्यमन्त्रीले नै संघीय सरकारले अधिकार नदिएको गुनासो गरिरहेको सभापति देउवाको भनाई छ। सभापति देउवाले संघीयता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भईरहे सरकारलाई हटाउने गरी आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले कांग्रेसले राजतन्त्र हटाएको पनि स्मरण गराए। प्रजातन्त्र र राजतन्त्रसँगै हिँड्ने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने सभापति देउवाको चेतावनी छ।

Continue Reading…

रंगशालाको बार तोफोड गर्नेलाई कारबाहि गर्न भरतपुर महानगरको माग

चितवन । निर्माणधिन गौतमबुद्ध अन्तिर्राष्टि क्रिकेट रंगशाला गरिएको अपराधिक क्रियाकलापप्रति भरतपुर महानगरपालिकाले भत्सना गरेको छ । महानगर प्रमुख रेणु दाहालद्वारा जारी विज्ञप्तिमा निर्माधिन रंगशालामा तोडफोड र डोजर चलाइएको भन्दै घोर निन्दा एवम् भत्सना गरिएको छ ।

महानगर प्रमुख दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारबाहिर क्षतिको एकिन विगो बमोजिम क्षतिपूति भराउने कार्यका लागी सम्बन्धित अनुरोध गर्दछु’

विज्ञप्ति:

Continue Reading…

हवाई चप्पल लगाएर हिँड्ने मोदीका मन्त्री

१७ जेठ, काठमाडौं । २३ मे अगाडि प्रताप षडंगीलाई ओडिशा बाहिर शायद कसैले चिन्थे । तर, पछिल्लो साता उनी भारतमा सबैभन्दा चर्चित अनुहारमध्येमा परे ।

भेषभुषाले राजनेता कम, सन्यासी धेरै लाग्ने बालेश्वरबाट निर्वाचित षडंगीले बिहीबार साँझ राष्ट्रपति भवनमा राज्यमन्त्रीको सपथ लिँदा सुनिएको तालीको गड्गडाहट्ले पनि उनको लोकप्रियता चुलिएको अनुमान लगाउन सकिन्छ ।

६४ वर्षीय षडंगीको सादगी जीवनको बयान गर्दै उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गम्छा बेरेर घर बाहिर नाला छेउमा नुहाइरहेको वा साइकल तथा अटो रिक्सामा चुनाव प्रचार गर्दै गरेको वा मन्दिर बाहिर साधना गरिरहेको तस्वीर सामाजिक सञ्जालमा छाएको छ ।

षडंगीले ओडिशामा बजरंग दलको अध्यक्षको रुपमा समेत काम गरेका थिए । त्यसअघि राज्यमा विश्व हिन्दू परिषद्का एक वरिष्ठ सदस्य थिए ।

बालेश्वरबाछ चुनिएका भाजपा सांसद् मदन मोहन दत्त भन्छन्, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अभार प्रकट गर्छौं । प्रताप नना (षडंगीलाई बोलाउने नाम) जस्ता समाजका लागि समर्पित एक सच्चा कार्यकर्तालाई मन्त्रीमण्डलमा स्थान दिएका छन् । भाजपा कार्यकर्ता मात्र होइन, पूरै बालेश्वर आज खुसी मनाइरहेको छ ।’

बालेश्वर जिल्लाको नीलगिरी क्षेत्रबाट दुईपटक विधायक भइरहेका षडंगी आज पनि आफ्नो गाउँ गोपीनाथपुरमा एक कच्ची घरमा बस्छन् । उनी आमासँग बस्दै आएका थिए । गत वर्ष आमाको निधन भएपछि षडंगी एक्लो भएका छन् ।

सेतो कुर्था पाइजामा, हवाई चप्पल र काँधमा कपडाको झोला भिरेर हिँड्ने उनलाई भुवनेश्वरका मानिसहरु सडकमा हिँडिरहेको, रेल्वे स्टेशनमा ट्रेन कुरिरहेको वा सडक किनारका होटलमा खाना खाँदै गरेको अवस्थामा भेटिन्थे ।

२००४ देखि २०१४ सम्म जब उनी विधायक थिए, त्यसबेला पनि उनको जीवन शैलीमा यही थियो र आज पनि छ । मोदी सरकारमा राज्य मन्त्री बन्दा पनि उनको जीवनशैली नफेरिने अनुमान छ ।

यो पटक षडंगीलाई बोलेश्वर लोकसभा क्षेत्रमा चुनाव जित्न सजिलो थिएन । चुनावी मैदानमा उनको प्रतिस्पर्धा प्रदेश कांग्रेस अध्यक्ष निरंगन पटनायकका छोरा नवन्योती र पछिल्लो पटक उनलाई १ लाख ४२ हजार भोटले हराउने बीजेडीका रवीन्द्र जेना थिए । दुवै उम्मेदवार करोडपति थिए । दुवैको प्रचार त्यसरी नै भएको थियो ।

उनी भने छत हटाएको थोत्रो अटो रिक्सामा उभिएर चुनाव प्रचार गर्थे । तर, अटोरिक्साकै जित भयो । प्रतात षडंगीले १२ हजार भोटले जेनालाई हराए ।

बीबीसी हिन्दीको सहयोगमा

Continue Reading…

प्रहरी जवानविरूद्ध वन्यजन्तु चोरी शिकारी मुद्धा दायर

१७ जेठ, दार्चुला । दार्चुलाका एकजना प्रहरी जवानमाथि वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्धा दायर भएको छ ।

सुदूरपश्चिम प्रहरी गण नम्बर ३ गुल्म, धनगढी दरबन्दी भइ कारागार सुरक्षा गार्डका रुपमा कार्यरत दार्चुलाको व्याँस गाउँपालिका-२ का सिकेन्द्रसिंह धामीविरुद्ध वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालत दार्चुलामा मुद्धा दायर भएको हो ।

गत वैशाख ८ गते पुलघाँटमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लक्ष्मणदत्त भट्ट नेतृत्वको प्रहरी टोलीले धामीलाई २ किलो ६५० ग्राम सुकुटी मासुसहित पक्राउ गरेको थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरले उक्त सुकुटी मासु झारलको भएको पुष्टि गरेपछि धामीमाथि डिभिजन वन कार्यालय दार्चुलाले जिल्ला अदालतमा मुद्धा दायर गरेको सूचना अधिकारी रणेन्द्र सिंहले बताए ।

डिभिजन वन कार्यालय दार्चुलाले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को फदा २६(६) बमोजिम मुद्धा दायर गरेको जानकारी दिएको छ ।

 

Continue Reading…

इटली फर्किए कोन्टे, इन्टर मिलानको प्रशिक्षक नियुक्त

काठमाडौं । इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा एन्टोनिओ कोन्टे नियुक्त भएका छन् ।

चौथो स्थानमा रहेर लिग टुंग्याएको इन्टरले लुसआनो स्पालेटीलाई बर्खास्त गरेको थियो । कोन्टेले उनको स्थान लिनेछन् ।

फेरि इटली फर्किएका ४९ वर्षीय कोन्टे २०१८ मा चेल्सीबाट बर्खास्त भएका थिए । २०११ देखि २०१४ सम्म युभेन्टसको प्रशिक्षक रहेका उनले तीन पटक सिरी ए को उपाधि जिताएका थिए ।

त्यसपछि इटलीको प्रशिक्षक भएका उनी युरो कपपछि लण्डनको क्लबमा आए । उनले चेल्सीलाई प्रिमियर लिग र एफए कपको उपाधि दिलाएका थिए ।

Continue Reading…

अनुपको ‘कब्स’ले मल्टिप्लेक्समा शो नै पाएन

नायक अनुप विक्रम शाही पछिल्लो पुस्तामा चिनिएको नाम हो । चलचित्रको पर्दामा अनुपलाई लिएर काम गर्दा निर्माताले लगानी पनि राम्रै गरेका छन् । अनुप पनि अब आफूलाई निर्माताले १ करोडसम्म लगानी गर्न तयार भएको बताउँछन् । तर, अनुप विक्रम शाहीले अभिनय गरेका चलचित्रले बक्स अफिसमा खरो व्यापार गर्न सकेका छैनन् । अनुपलाई बरु दर्शकले खलनायकको भूमिकामा बढी रुचाएका छन् ।

तर, अनुपले सोलो नायकको भूमिकामा काम गरेका चलचित्रले दर्शक तान्न सकेका छैनन् । यसैविच, उनले अभिनय गरेको चलचित्र ‘कब्स’ आजबाट रिलिज भएको छ । तर, अनुपको स्टारडमलाई मल्टिप्लेक्स संचालकहरुले पत्याएनन् । यो चलचित्रले मल्टिप्लेक्समा शोज नै पाएको छैन ।

काठमाण्डौको क्यूएफएक्स, बीग मुभिज जस्ता चलेका स्टेशनले यो चलचित्रलाई शो नै दिएनन् । अनुपको चलचित्रले मल्टिप्लेक्समा शो नै नपाएपछि नेपालबाट लगानी उठाउने कुरामा त शंका नै व्यक्त गर्न सकिन्छ । तर, अहिलेको जल्दोबल्दो नायकको चलचित्रले मल्टिप्लेक्सले नपत्याउनुलाई कसरी हेर्न सकिएला ? के अब अनुपले चलचित्र छनोट र आफ्नो कामको बिषयमा सोच्नुपर्ने बेला भएको हो ?

Continue Reading…

राष्ट्रिय परीक्षा बोर्डमा शर्माको हाजिरी, नेविसङ्घले माग्यो राजीनामा

१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा पुनः कृष्ण शर्मालाई फर्काइएको छ । कक्षा १२ को परीक्षा सकिएलगत्तै शर्मालाई पुनः परीक्षा नियन्त्रकको जिम्मेवारीमा फर्काइएको हो ।

यसअघि उनकी छोरी १२ कक्षाको परीक्षामा सहभागी हुन लागेको र बुवा प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा संलग्न भएको भन्दै कर्मचारीहरुले नैतिक प्रश्न उठाएपछि शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।

कक्षा १२ को परीक्षा गत वैशाख १५ गतेबाट सुरु भएको थियो । बुबाको नेतृत्वमा प्रश्नपत्र छपाइ सकिएपछि शर्माकी छोरीले ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षा दिन लागेको खुलासा भएको थियो ।

त्यसपछि शर्माले आफू परीक्षा नियन्त्रकको जिम्मेवारीबाट अलग हुने भन्दै बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई लिखित निवेदन दिएका थिए । त्यसलगत्तै घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।

यद्यपि अनलाइनखबरलाई प्राप्त शर्माको हाजिरी रेकर्डमा उनले वैशाख १५ गते पनि हाजिर गरेको देखिएको छ । त्यसपछि उनले एक्कै चोटि वैशाख २४ र २५ गते हाजिर गरेका छन् । जब कि कक्षा १२ को परीक्षा २६ गते मात्रै सकिएको थियो ।

स्रोतका अनुसार शर्मा कक्षा १२ को परीक्षाको प्रश्नपत्र छपाई, प्याकिङमा समेत प्रत्यक्ष संलग्न थिए । अहिले उत्तरपुस्तिका जाँचको बेलामा उनी फेरि कार्यालयमा हाजिर भएका छन् ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माका पालामा आफ्ना सन्तान परीक्षामा सहभागी हुँदा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण लगायतका प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरिएको थियो ।

तर, छोराछोरीले दिने परीक्षामा उनीहरुकै अभिभावक परीक्षा नियन्त्रक भएको यो पहिलो घटना भने होइन । यसअघि दुर्गा अर्याल साविकको उच्च माध्यमिक शिक्षा परिषदमा परीक्षा नियन्त्रक हुँदा आफ्नै सन्तान पढिरहेको परीक्षा प्रक्रियामा सहभागी भएका थिए । अर्याल हाल सदस्य-सचिवका रूपमा बोर्डको कार्यकारी नेतृत्वमा छन् ।

नेविसङ्घले माग्यो राजीनामा

यसैबीच नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले शर्माको राजीनामा माग गरेको छ । बोर्डका सदस्य सचिव अर्याललाई गत बुधबार ज्ञापन पत्र बुझाउँदै सङ्घले राजीनामा माग गरेको हो ।

ज्ञापन पत्रमा आज शुक्रबारसम्म राजीनामा नआए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

बोर्ड भन्छ- शर्मालाई परीक्षाबारे जिम्मेवारी दिइएको छैन

शर्माको हाजिरका सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा बोर्डका सदस्य सचिव अर्याल र नियन्त्रक शर्माले फोन उठाएनन् । कार्यालयमा फोन गर्दा दुबैजना कार्यकक्षमा नरहेको जानकारी दिइयो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने शर्मालाई कक्षा १२ को परीक्षाबारे कुनै जिम्मेवारी नदिइएको दाबी गरे ।

‘उहाँले सर्टिफिकेटमा साइन गर्नुहुन्छ, अन्य प्रशासनिक काम गर्नुहुन्छ । कक्षा १२ को काम चाहिँ कृष्ण घिमिरेले गर्नुहुन्छ,’ पौडेलले अनलाइनखबरसँग भने ।

 रिसइबी साँध्नका लागि मात्रै नेविसंघबाट ज्ञापनपत्र बुझाइएको पाैडेलको दावी छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog