Thursday, April 18, 2019

नेपालको पहिलो भू-उपग्रह अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण, विश्वभर रहेका नेपालीमा खुशीयाली

काठमाडौं । इतिहासमा पहिलो पटक नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट अमेरिकाबाट प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विहीबार विहान अमेरिकाबाट नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएको छ ।

नेपाली भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण भएपछि विश्वभर रहेका नेपालीले खुशीयाली मनाएका छन् । नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको नासाले जनाएको छ ।

नेपालीस्याट १ नाम राखिएको स्याटेलाइन केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने भएको छ । बर्डस् ३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको छ ।

सानो आकारको नेपाली भू उपग्रह जापानस्थित नेपाली वैज्ञानिकले निर्माण गरेका हुन् । जसको तौल १ किलो रहेको नेपाली बैज्ञानिक आभाष मास्केले बताएका छन् । नेपाल सरकारबाट पहिलो पटक लगानी गरेर आफ्नै भू-उपग्रह अन्तरिक्षमा पठाएको छ । तर लामो समयसम्म राख्ने चुनौती बाँकी नै रहेको मास्केले बताए ।

The post नेपालको पहिलो भू-उपग्रह अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण, विश्वभर रहेका नेपालीमा खुशीयाली appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog