Thursday, April 18, 2019

आठौँ राष्ट्रिय खेलकुद: बास्केटबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबलाई उपाधि

काठमाडौं । दाङको घोराहीमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि जितेको छ।

घोराही–१८ सालघारीमा गत चैत २८ देखि सुरु भएको प्रतियोगितामा पुलिसले प्रदेश ३ लाई २९ र ५४ स्कोरले पछि पार्दै उपाधि हात पारेको हो।

त्यसैगरी, प्रदेश ३ दोस्रो र आर्मी क्लब तेस्रो स्थान प्राप्त गरेको छ। यस्तै, प्रदेश ३ लाई ५८ र ७६ स्कोरले हराउँदै आर्मी क्लब प्रथम भएको हो। प्रतियोगितामा प्रदेश ३ दोस्रो भयो। त्यसैगरी गण्डकी प्रदेशलाई ५४ र ७४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ। पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल पुलिस क्लव प्रथम भएका छन्। प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम गरी १० समूह सहभागी थिए।

The post आठौँ राष्ट्रिय खेलकुद: बास्केटबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबलाई उपाधि appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog