Thursday, April 18, 2019

युद्धकै शैलीमा रोल्पामा प्रहरीको खानतसासी, उर्जामन्त्री पुन हेलिकप्टर चढेर थवाङबाट लिवाङ

रोल्पा । उर्जामन्त्री वर्षमान पुन गृहजिल्ला पुगेपछि प्रहरीले रोल्पाका गाउँमा खानतसाली गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहले विरोधस्वरुप गाउँ आसपास क्षेत्रमा मसाल जुलुस निकालेपछि प्रहरीले थवाङ गाउँमा खानतलासी गरेको स्थानीयले बताएका छन् ।

घर खानतलासी गर्न पुगेको प्रहरीले स्थानीय चन्द समूहका नेता जयप्रकाश रोका प्रताप र अर्का नेता अमित घर्तीमगरको घरमा जबर्जस्ती छिरेको र धम्क्याएको परिवारले बताएका छन् । ‘माथिको आदेश छ, तिमीहरुलाई ठिक पार्छौं भनेर धम्क्याए’ स्थानीय एक महिलाले भनिन् ‘ मेरो घरमा प्रहरीले ढोका फुटाली दिएका छन् ।

घरमा खानतलासी गर्न पुगेको प्रहरीले महिला र बालबालिका युद्धकै शैलीमा थम्क्यिाएको पीडितहरुले बताए । मन्त्री पुन थबाङ पुगेको साँझ गाउँ आसपासका डाँडाहरुमा चन्द समूहले राँके जुलुस र नाराबाजी गरेका थिए ।

जलजला क्षेत्रलाई पर्यटकीय स्थल घोषणा गर्न उर्जामन्त्री पुन त्यस क्षेत्रमा पुगेका थिए । उनीसँग प्रमुख जिल्ला अधिकारी र रोल्पाका प्रहरी प्रमुख पनि थिए । सडक बाटोबाट मन्त्री पुन विप्लवको बन्दमा परेका थिए । त्यसपछि उनी हेलिकप्टर मगाएर थवाङबा लिवाङ पुगेका छन् ।
पार्टीमाथी लागेको प्रतिबन्ध हटाउन र पक्राउ परेका नेता कार्यकर्तालाई रिहाईको माग गरी विप्लव समुहले बुधवार रोल्पा बन्द गरेको थियो भने विहीवार नेपाल बन्द गरेको छ ।

The post युद्धकै शैलीमा रोल्पामा प्रहरीको खानतसासी, उर्जामन्त्री पुन हेलिकप्टर चढेर थवाङबाट लिवाङ appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog