Thursday, April 18, 2019

कुलमानको निर्देशनः चुनावमा ट्रेड युनियनलाई गाडी नदिनू, दिए कारवाही

५ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियनलाई कार्यालय/आयोजनाको गाडी प्रयोगमा रोक लगाएका छन् ।

कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेढ युनियनलाई गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन् ।

कसैले गाडी उपलब्ध गराएमा विभागीय कारवाही गर्ने चेतावनी पनि घिसिङले दिएका छन् ।  प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ । चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली काँग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ ।

‘चुनावी प्रायोजनका लागि समान्वय सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधनबाहेक त्यस निर्देशनालय र अन्तर्गतका कुनै पनि कार्यालय/आयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउने, निर्देशा विपरित काम कारबाही भए गरेको पाइएमा सम्बन्धितलाई विभागीय कारबाही गरिने छ’, निर्देशनमा उल्लेख छ ।

घिसिङले संस्थाको हित विपरित सार्वजनिकरुपमा  अभिव्यक्ति दिएपछि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको निर्णय फिर्ता नभएसम्म चुनावमा सहभागी नहुने अडान संघले राखेको थियो ।

तर, कार्यकारी निर्देशक घिसिङले निर्णयबाट कुनै पनि अवस्थामा पछि नहट्ने अडान राखेपछि संघ बाध्य भएर चुनावमा सहभागि भएको थियो । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले विहीबार उमेदवारी दर्ता गराएका छन् ।

प्राधिकरणले चुनावलाई स्वतन्त्र, निश्पक्ष र मर्यादित रुपमा सम्पन्न हुने वातावरण बनाई सोही बमोजिक परस्पर सहयोग र समन्वय गरी निर्वाचनमा सहभागि हुन निर्देशन दिएको छ ।

चुनावमा ज्यालादारी, करार, अस्थायी र स्थायी गरी नौ तहसम्मका कर्मचारीले भोट हाल्न पाउने छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog