Tuesday, April 30, 2019

अमर यादव नेतृत्वको सिंगो पार्टी नेकपामा समाहित

ललितपुर । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको अमर यादव नेतृत्वको मधेश तराई फोरम नेपाल नेकपामा समाहित भएको छ ।

नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममार्फत यादव नेतृत्वको सिंगो पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताए । उनले भने, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’

अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताउँदै संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिए ।

यसैबीच मधेस तराई फोरम नेपालका अध्यक्ष यादवले संविधानमा देखिएका असन्तुष्टि नेकपा र नेकपा नेतृत्वको सरकारले सम्बोधन गर्ने विश्वासका साथ यो निर्णयमा पुगिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog