Thursday, April 18, 2019

कावासोतीमा बम विस्फोट

५ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले बम निक्कै शक्तिशाली भएको स्थानीयको अनुमान छ ।

विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।

त्यसैगरी गैडाकोट नगरपालिका १४ बेल्डियामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । यता दुम्कौली स्वास्थ्य चौकी अगाडि राखिएको शंकास्पद वस्तु झोलाभित्र भने जेरी पुरी भेटिएको छ ।

त्यसैगरी बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताहरुले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् । बमबाट आगलागी हुँदा ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।

भारतको गुजरातबाट काठमाडौंको लागि प्लाई लिएर आउँदै गरेको जे ०२ जी बि २८७० नम्बरको ट्रकमा आगजनी भएको हो । ट्रकमा लागेको आगो प्रहरीले बेलैमा नियन्त्रणमा लिएको कारण पूर्ण रुपमा ध्वस्त हुन भने पाएन ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog