Thursday, April 18, 2019

विप्लव नेकपाकाे बन्दका कारण पृथ्वी राजमार्ग ठप्प, राजधानीमा प्रभाव शुन्य

काठमाडौं । विप्लव नेतृत्वको नेकपाको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएपनि काठमाडौं उपत्यकामा भने बन्दको कुनै प्रभाव परेको छैन ।

पृथ्वी राजमार्ग खण्डमा भने बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु मर्कामा परेका छन् । प्रदेश ५ का मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् ।

मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् । प्रदेश ५ का बाह्रवटै जिल्लाका लागि बस जीप छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट सवार्वजनिक सवारीसाधनहरु चलेका छैनन् ।

विभिन्न स्थानमा भेटिएको बम तथा शंकास्पद वस्तुले जनजीवन त्रस्त बनेको छ । काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै भेटिएकाे शंकास्पद वस्तु   नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

The post विप्लव नेकपाकाे बन्दका कारण पृथ्वी राजमार्ग ठप्प, राजधानीमा प्रभाव शुन्य appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog