Monday, April 29, 2019

नेपाल टोस्ट मास्टर्सद्वारा रि-साइटेशन कार्यक्रम

१६ वैशाख, काठमाडौं । टोस्टमास्टर्सले टेबल टपिक वक्तृत्वकला र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता रातो बङ्गला स्कुल ललितपुरमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न १६ क्लबका १२० भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।

यी सदस्यहरु कर्पोरेट, बैंकर, व्यवसायिक व्यक्तित्वहरु, शिक्षकहरु, पर्यटक उद्यमीहरु, कार्यकारीहरु, सल्लाहकारहरु, सल्लाहकारहरू, चाटर्ड अकाउन्टेन्ट, मिडिया व्यक्तित्वहरू र कार्यरत व्यावसायिदेखि  कलेजहरूका  युवा विद्यार्थीहरू रहेका छन् ।

कार्यक्रममा एक प्रतिष्ठित पब्लिक फिगर राजेश हमाललाई अतिथि वक्ता (गेस्ट स्पीकर)को रुपमा आमन्त्रण गरिएको थियो । मेगास्टार हमालले दर्शकहरुलाई आˆनो प्रभावशाली भाषणले प्रभावित पारेका थिए ।

विभिन्न तीन विधाका विजेताले -टोस्टमाटर्स क्लबलाई एक क्षेत्रको रुपमा वर्गिकरण गरिन्छ) टेबल टपिक वक्तृत्वकला र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् जसको मुख्य निर्णायक टोस्टमाटर्सका प्रतिष्ठित (डिटिएम) इन्डियाका नाडाको पिनाकी दास रहेका छन् ।

टेबल टपिक वक्तृत्वकला प्रतियोगिताका विजेता टोस्टमास्टर कृतिषा प्रजापति रहेकी छन् र हृयूमोरस् स्पीच प्रतियोगिताका विजेता टोस्टमास्टर अल्फा मैयाँ शाक्य रहेका छन् । यी दुवै विजेताहरुले मेई महिनामा इन्डियाको कोलकतामा आयोजना हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताका जिल्लास्तरीय प्रतियोगिताका विजेताले क्षेत्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नेछन् । यी सम्पूर्ण प्रतियोगिताहरु अन्तर्राष्ट्रिय टोस्टमाटर्सको निर्देशिका अनुसार आयोजना गरिएको छ ।

कार्यक्रममा टोस्टमाटर्सका सदस्यहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । टेबल टपिक वक्तृत्वकला प्रतियोगितामा टोस्टमास्टर कृतिषा प्रजापतिले प्रथम स्थान हासिल गरेकी छिन्, टोस्टमास्टर निलाद्री पारियलले दोस्रो र श्रेया घिमिरेले तेस्रो स्थान हासिल गरेकी छिन् ।

त्यस्तै अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा टोस्टमास्टर अल्फा मैया शाक्यले प्रथम स्थान, टोस्टमास्टर रौसन कुमार जेस्वालले दोस्रो स्थान र टोस्टमास्टर कुसुमलाल श्रेष्ठले तेस्रो स्थान हासिल गरेका छन् ।

नेपालमा टोस्टमास्टर्सको गतिविधि बढ्दो क्रममा रहेको छ । हाल १६ वटा चाटर्ड क्लबहरुमा ५०० भन्दा बढि सदस्यहरु रहेका छन् र अझै क्लबहरु थपिने क्रममा रहेका छन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog