हिन्दुराष्ट्र पुन:स्थापनाका लागि सोमबार राप्रपाले सिंहदरबारमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै चैत २५ गते सिंहदरबारमा धर्ना दिने भएको छ ।

राप्रपा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा आज बसेको बैठकले चैत २५ गते सिंहदवारमा हिन्दु राष्ट्र पुन:स्थापनाको लागी भर्ना दिने निर्णय गरेको हो।

पार्टी अध्यक्ष कमल थापासमेत उपस्थित उक्त बैठकले धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई आग्रहसमेत गरेको छ।

राप्रपाले चैत १७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत मसान्तसम्म जारी राख्ने पनि निर्णय गरेको छ ।

Comments